२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

बाह्य लगानी भित्र्याउन वौद्धिक सम्पत्ति संरक्षण

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल सरकार उद्योग विभाग र जेनेभास्थित विश्व बौद्धिक संगठनद्वारा संयुक्त रूपमा आयोजित व्यापार क्षमता अभिवृद्धि तथा आर्थिक विकासमा बौद्धिक सम्पत्तिको भूमिका विषयक राष्ट्रिय परामर्श बैठक तथा कार्यशाला सोमबारदेखि महासंघको सचिवालयमा सुरू भएको छ।

उपाध्यक्ष अग्रवाल जेनेभातर्फ

नेपाल उद्योग परिसंघका उपाध्यक्ष तथा परिसंघ रोजगारदाता परिषद्का संयोजक राजेशकुमार अग्रवाल अन्तर्राष्ट्रिय श्रम संगठनको १०९ औँ महासभामा भाग लिन जेनेभा गएका छन् ।

कांग्रेसलाई निःशुल्क सल्लाह

कांग्रेस आफ्नो मूल्य, पद्धति र इतिहासबाट विमुख भएकै हो त ? यसको छिनोफानो जरुरी छ। यो कांग्रेसको हितमा छ र छ, राष्ट्रको हितमा पनि।

मुवाँथाइ प्रशिक्षण मंगलबार

नेपाल राष्ट्रिय मुवाँथाइ संघको आयोजनामा मुवाँथाइ प्रशिक्षण त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को सेमी कभर्डहलमा मंगलबार हुने भएको छ ।

करारमा कर्मचारी भर्ना गर्न खोजे त्यो सह्य हुँदैनः पुर्वउपाध्यक्ष शाह

लोकसेवा आयोगले स्थानीय तहका लागि खालेको विज्ञापन समावेशी नभएको भन्दै संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले सोमबार नै आयोगको पदपूर्ति प्रक्रिया रोक्न निर्देशन दिइ सकेकाे छ।

गुनासो गर्न गएका उपभोक्ता कुटिए

नेपाल विद्युत् प्राधिकरण कलैया वितरण केन्द्रमा सोमबार गुनासो गर्न गएका उपभोक्ता कुटिएका छन्।

गुट अन्त्यको सुझाव

नेताहरू गुटको राजनीति त्यागेर जनतासामु जानुपर्ने कार्यकर्ताहरूको सुझाव छ। कतिपय कार्यकर्ताले यो अभियान आगामी महाधिवेशनलाई लक्षित गरेर आएको समेत आरोप लगाएका छन्।

गुठी विधेयकले धर्म, संस्कृति र परम्परामा गम्भीर प्रहार गर्यो: कांग्रेस

प्रस्तावित गुठी विधेयकको विरोध गर्नेहरुमाथि आइतबार माइतीघर मण्डलामा सरकारी पक्षबाट भएको दमनको विरोध गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले उक्त घटनाबारे सरकारसँग जवाफ माग गर्दै संसद बैठकमा अवरोध गरेको छ।

नेपालकाे स्याटलाइटले पृथ्वीको परिक्रमा गर्ने

नेपालले पहिलो पटक प्रक्षेपण गरेको भूउपग्रह नेपाली स्याट–१ ले असार २ गतेदेखि पृथ्वीको परिक्रमा गर्ने भएको छ। जापानको क्युटेक विश्वविद्यालयले नेपालका लागि पहिलो पटक गत वैशाख ४ गते उक्त भूउपग्रह प्रक्षेपण गरेको थियो। डेढ महिनाअघि अन्तर्राष्ट्रिय अन्तरिक्ष कक्ष आइएसएसमा रहँदै आएको सो भूउपग्रहले असार २ देखि पृथ्वीको कक्षमा आई परिक्रमा गर्न लागेको हो।

गृहमन्त्रीसँग जवाफ माग्दै कांग्रेसद्वारा संसद अवरुद्ध

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित भएको छ।

नेपाल लाइफको सदावहार जीवन बिमा योजना

मुलुकको अग्रणी बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘सदावहार जीवनका लागि सदावहार जीवन बिमा योजना’ नाराका साथ ‘नेपाल लाइफ सदावहार जीवन बिमा योजना’ सार्वजनिक गरेको छ। कम्पनीले आफ्ना उच्च अधिकारी र एजेन्टहरूको उपस्थितिमा एक कार्यक्रमबीच उक्त योजना सार्वजनिक गरेको जनाएको छ।

एनआरएनएको फेमिली कार्ड सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए)का पञ्जीकृत सदस्य एवं तिनका परिवारलाई लक्षित गरी आइतबारबाट एनआरएन फेमिली सुरु गरिएको छ । संघको सचिवालय बालुवाटारमा पत्रकार सम्मेलन गरी कार्डको सुरुवात गरिएको हो । यो कार्ड संघका पञ्जीकृत सदस्यका नेपालमा बसोबास गर्ने परिवारका बाबु–आमा, श्रीमान–श्रीमती, र छोराछोरीले प्राप्त गर्न सक्ने बताइएको छ । विवाह गरेका सन्तानका लागि भने यो व्यवस्था लागू नहुने संघले जनाएको छ ।

कांग्रेस जागरणमा जे देखियो

आमजनताको मनोभावना सम्बोधन गर्नेगरी पार्टी नेतृत्व रूपान्तरित हुँदै कार्यकर्ताबीच भावनात्मक एकताको सन्देश प्रवाह गर्न सके मात्र कांग्रेसको राष्ट्रिय जागरण अभियानले सार्थकता पाउन सक्ला।

कलाकार संघमा रवीन्द्रको नेतृत्व

नेपाल चलचित्र कलाकार संघको शनिबार सम्पन्न निर्वाचनमा अध्यक्ष रवीन्द्र खड्काको प्यानल विजयी भएको छ। उनको प्यानलका उपाध्यक्षका उम्मेद्वार विनोदकुमार भट्टराईबाहेक सबै उम्मेद्वार विजयी भए।

शाकाहारी भोजनमा निखिल

नेपाल शाकाहारी संघले सेलिब्रेटीसँग शाकाहारी भोजन गरेको छ। शान्ति र स्वास्थ्यको आधार अहिंसा र शाकाहार नारासहित गत शुक्रबार ‘भेज डिनर विथ सेलिब्रेटी कार्यक्रम’को आयोजना गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्