२७ चैत्र २०८१ बुधबार
image/svg+xml ९:४७ पूर्वाह्न
कला

शाकाहारी भोजनमा निखिल

काठमाडौं – नेपाल शाकाहारी संघले सेलिब्रेटीसँग शाकाहारी भोजन गरेको छ। शान्ति र स्वास्थ्यको आधार अहिंसा र शाकाहार नारासहित गत शुक्रबार ‘भेज डिनर विथ सेलिब्रेटी कार्यक्रम’को आयोजना गरेको हो।

कार्यक्रममा नायक निखिल उप्रेती, योग गुरु टिपी धमलालगायतका सेलिब्रेटीको उपस्थिति थियो।  सहभागीले नायक उप्रेतीसँग शाकाहारी र मांसाहारी खानाका विषयमा अन्तरक्रिया गरेका थिए। नायक उप्रेतीले शाकाहारी हुनु मानवको पहिलो गुण भएको बताए। ‘जसले जनावरको मुटुको धड्कनलाई बुझ्न सक्दैनन्। उसले सच्चा प्रेम कहिले गर्न सक्दैन्’, उनले भने, ‘यदि कसैले सच्चा प्रेम गरेको छु भन्छ त्यो उसको ढोंग गर्दैछ।’

कार्यक्रममा योग गुरु टिपी धमलाले मानिसले हासेर बाँच्नुपर्ने बताउँदै सहभागीलाई योगसमेत गराएका थिए। उनले पनि मानिसहरूलाई शाकाहारी बन्न सुझाव दिए। मांसाहारी मानिसमा हिंस्रक गुण बढी हुने भन्दै शाकाहारी मानिस शान्त स्वभावको हुने पनि दाबी गरे। २०६४ सालमा स्थापना गरिएको यो संस्थाले मानिसहरूलाई शाकाहारी भोजन गर्न जोड दिन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ।
 

प्रकाशित: २७ जेष्ठ २०७६ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App