१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मुगुमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु

मुगुको खत्याड गाउँपालिका–२ गाडेखोला टोलमा आगलागी हुँदा २ जना बालबालिकाको मृत्यु भएको छ।

सरकारको विशेष अनुदानः खरको छानो हटाएर जस्तापाता

उक्त अनुदानबाट जिल्लाको तेमाल, खानीखोला र चौरीदेउराली गाउँपालिकामा रहेका खरको छानो भएका बाँकी करिब दुई सय घरमा जस्तापाताले छाउन लागिएको जनाइएको छ।

ट्रयाक खुलेको १५ वर्षपछि ग्रामीण सडक स्तरोन्नति

गण्डकी प्रदेश सरकारले पछिल्लो तीन वर्षदेखि निरन्तर बजेट विनियोजन गरेपछि स्तारोन्नति तीव्रगतिमा हुन थालेको हो।

ढि खोलाको तातोपानी मुहान संरक्षणको पर्खाइमा

‘चिसो हावापानी र मौसम हुने मुस्ताङको तातोपानी प्रकृतिको वरदान हो’, उनले भने, ‘तातोपानीलाई व्यवस्थितरुपमा उपभोग गर्नसक्ने हो भने पर्यटन र आर्थिक हिसाबले धेरै राम्रो हुने थियो।’

जब मुख्यमन्त्री सवार गाडी स्थानीयले रोके...

ठेक्का सम्झौता भएको सात वर्षसम्म पनि मध्यपहाडी पुष्पलाल लोकमार्गको बिहुँखण्ड कालोपत्र नभएपछि काठेखोला गाउँपालिकाका स्थानीयले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेकाे गाडी राेकेर सडकबारे छलफल गरेका छन्।

सम्पन्न भयो क्यासकेड जलविद्युत् आयोजना

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा ७१ मेगावाट क्षमताको नीलगिरि खोला दोस्रो ‘क्यासकेड’ जलविद्युत् आयोजना निर्माण भएको छ।

काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विधुत् विस्तार

काभ्रेका तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विद्युतीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको छ।

पुवाखोला-वानको सेयर निष्कासन लक्ष्मी सनराइज क्यापिटलले गर्ने

पुवाखोला-वान हाइड्रोपावरले साधारण सेयर निष्कासन गर्न लक्ष्मी सनराइज क्यापिटललाई नियुक्त गरेको छ।

रोकियो दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको निर्माण

म्याग्दीको मालिका गाउँपालिकामा निर्माणाधीन दरबाङ-म्याग्दीखोला जलविद्युत् आयोजनाको मुख्य निर्माण कार्य बन्द भएको छ।

सोवाङ धुरी कसरी जाने सोच्दै हुनुहुन्छ? यी हुन् पदमार्ग

अघिल्लो पुस्तासम्म चिमखोलावासी बर्खा याममा गाईभैँसी र भेडाबाख्राको गोठ लिएर सोवाङधुरी पुग्ने र हिउँदमा गाउँ नजिकैको बेँसीका फाँटमा झर्ने गर्दथे।

भोजपुरको महभिर खोलामाथि मोटरेवल पक्की पुल

भोजपुर नगरपालिका–१० को महभिर खोलामाथि मोटरेवल पक्की पुल निर्माण सम्पन्न भएको छ। महभिर र खुरीला गाउँलाई जोड्ने महभिर खोलामा दुई करोड सात लाख लागतमा पक्की पुल निर्माण गरिएको हो।

पहिरो पीडितलाई स्थायी पुर्नवास गराउने प्रक्रियामा जुट्यो मैवाखोला गाउँपालिका

ताप्लेजुङको मैवाखोला गाउँपालिकाले विपद् जोखिममा परी एकिकृत अस्थायी आवास स्थलमा बस्दै आएका ६५ परिवारलाई स्थायी पुनर्वासको प्रक्रिया अघि बढाएको छ।

थामिएन खोलामा अनियमित उत्खनन, संकटमा सुकुमबासी बस्ती

लहान नगरपालिका–१५ बानो गाउँको सुकुमबासीको जीवन खुट्टीखोलामा अडिएको छ। खुट्टीखोलाको पूर्वी डिलको यस बस्तीका मानिसको जीवन यसै खोलाको गिट्टी छानेर बिक्रीबाट हुने आम्दानीमा अडिएको छ।

ताल संरक्षण गरेर पर्यटन प्रवर्द्धन गर्दै तमानखोला गाउँपालिका

समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा छ, बराह ताल। हिउँदमा हिउँ फूलले ढाकिने र बर्खामा चारैतिर हरियाली देखिने यो ताल बागलुङको मुख्य पर्यटकीय गन्तव्य हो। बोङ्गादोभान र भयरबोङ्गा गाउँको शिरमा रहेको बराह ताल अहिलेसम्म संरक्षित हुन सकेको थिएन। ताल संरक्षण नहुँदा यहाँ पुग्ने पर्यटकले फोहर फ्याँक्ने र पानी दूषित बनाउने गर्थे। अहिले तमानखोला गाउँपालिका तालको संरक्षणमा जुटेको छ।

उराठ बन्दै गएको 'खर्क'

गाउँमा जनशक्ति प्रशस्तै थिए। तर पछिल्लो समय बुढापाका र बालबालिकाबाहेक युवा शक्ति भेट्याउनै मुस्किल पर्छ। भेडाबाख्राको बथानले भरिने खर्क अहिले उराठिलो बनेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्