७ आश्विन २०८१ सोमबार
image/svg+xml

एमालेमा अध्यक्षसहित १५ पदाधिकारी

आगामी निर्वाचनलाई समेत लक्षित गरेर पदाधिकारीको संख्या हेरफेर गरिएको छ। नवौं महाधिवेशनबाट दुई वरिष्ठ नेताको पद तय गरिएको थियो, यसपटक हटाइएको छ। उपमहासचिव दुईजना भएकोमा अब एकजनामात्रै रहनेछन्। अहिलेको संशोधित विधानमा वरिष्ठ उपाध्यक्षको पद सिर्जना गरिएको छ।

१५ महिनापछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने : ओली

राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले देशको नागरिकको अधिकारका लागि सरकारले दक्षिणतिर फर्केर बोल्न समेत नसकेकोमा आपत्ति समेत जनाए।

एमालेको विधान महाधिवेशनमा प्रस्तुत प्रतिवेदनउपर छलफल जारी

नेकपा एमालेको विधान महाधिवेशनमा प्रस्तुत दस्तावेजहरुमाथि समूहगत छलफल भईरहेको छ।

एमालेको कार्यभार:निर्वाचनपछि फेरि बहुमतको सरकार

राष्ट्रियताको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा र राष्ट्रिय स्वाभिमानको अभिवृद्धिका लागि एमाले बहुमत प्राप्त पहिलो शक्ति हुनुपर्ने अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनमा भारतले मिचेको भूमि फिर्ता ल्याउन निरन्तर पहल गर्ने पनि उल्लेख छ।

सके पार्टी कब्जा गर्ने नसके विभाजन गर्ने प्रचण्डकाे सोच: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कब्जा गर्ने प्रयास असफल भएपछि पुष्पकमल दाहालले पार्टीलाई विभाजन गर्ने काम गरेको आरोप लगाएका छन्।

एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधव नेपाल हुन्: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेलाई विभाजन गराउने मुख्य योजनाकार माधवकुमार नेपाल भएको आरोप लगाएका छन्।

एमाले विधान महाधिवेशनः चार वर्षका लागि पार्टीको नीति तय गर्ने

बन्द सत्रमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले संगठनात्मक प्रस्ताव र उपमहासचिव विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्नेछन्।

संसद् चलाउन एमाले हठ बाधक

बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका कारण एमाले अनुपस्थित भयो।

जबज अहिले पनि सान्दर्भिक छः बादल

नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा 'बादल' ले जबज अहिले पनि सान्दर्भिक भएको बताएका छन्।

१० बुँदे कार्यान्वयन गर्न संरचनागत उपाय खोजिने

सुदूरपश्चिम प्रदेशमा १० बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि भीम रावलले असन्तुष्टि जनाएपछि स्थायी कमिटी बैठकले समस्या समाधान गर्ने जिम्मेवारी उनलाई नै दिएको थियो।

१० बूँदे कार्यान्वयनमा देखिएका समस्या हल गरेर अघि बढने एमालेको निष्कर्ष

बैठकले पार्टीको विधान महाधिवेशनमा प्रतिनिधित्वको सवालमा देखिएका विवाद पनि समाधान गर्ने विषयमा विभिन्न उपायहरुको बारेमा छलफल सुरु गरेको कार्य दलका संयोजक भीम रावलले जानकारी दिए।

विधान मस्यौदाः एमालेमा ओलीलाई सहज अरुलाई असहज

‘अहिलेसम्मको अवस्था हेर्दा फेरि एकपटक नेतृत्वका लागि ओलीलाई नै सहज हुने देखिएको छ । दसाैँ महाधिवेशनमा ओलीले अध्यक्षका लागि उम्मेदवारी दिनेछन् । ओली अध्यक्षमा दोहोरिए अन्य आकांक्षीले नेतृत्वमा पुग्ने अवसर पाउने छैनन् ।’

ओलीको प्रतिवेदनमाथि असन्तुष्ट एमालेका भुसालले उठाए जबजमाथि प्रश्न

उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद ‘आँखा नदेख्नेले हात्ती छामेजस्तो’ हुन नहुने टिप्पणी समेत गरे।

एमालेमा उमेर हद विवाद

नेकपा एमालेमा ७० वर्षे उमेर हद र पदाधिकारीबारे विवाद उत्पन्न भएको छ। विधान महाधिवेशनअघि बसेको केन्द्रीय कमिटी बैठकमा उमेर हद हटाउने कि राख्ने, पदाधिकारीको संख्या बढाउने कि प्रस्तावितलाई नै कायम गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको हो।

पूर्वअर्थमन्त्री पौडेलको आरोपः सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्‍यो

उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे। रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एशियाली विकास बैंक (एडीबी)सँग शिघ्र सम्झौंता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाई नगर्न सचेत गराए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्