१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

१५ महिनापछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार बेहाल अवस्थामा रहेको टिप्पणी गरेका छन्।अध्यक्ष ओलीले वर्तमान सरकार खाने धन्दामा मात्रै लागि परेको आरोप लगाए।

तीन दिनसम्म ललितपुरको गोदावरीमा आयोजित पार्टीको विधान महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नहरुको जवाफ दिने क्रममा उनले देशको नागरिकको अधिकारका लागि सरकारले दक्षिणतिर फर्केर बोल्न समेत नसकेकोमा आपत्ति समेत जनाए। अध्यक्ष ओलीले १५ महिनापछि आफ्नो पार्टी नेतृत्वको सरकार बन्ने र त्यसले मात्रै देश र जनताको हितमा काम गर्ने दावी समेत गरे।

उनले भने, ‘सम्भवत १५ महिनापछि चुनाव हुन्छ। एमालेको सरकार आउँछ। र त्यसले मात्रै यो काम गर्छ। म अहिलेको सरकारले सुन्ने गरी भन्न चाहन्छु। अहिलेको सरकारले सुनोस्, बैशाखभित्र काठमाडौंमा पानी झारेर देखाओस् ऊ आफैले नापेर जोखेर भनेको कुरा उसले देखाओस बैशाखसम्ममा काठमाडौंमा पानी झारेर देखाओस् तर म उहाँहरुलाई ईख छ भने प्रतिपक्षलाई त मेख मार्ने गरी देखाउनुहोस्।

अध्यक्ष ओलीले एमालेभित्र नेतृत्व स्थापित हुन नदिन विरोधीहरुले देवत्वकरणको हल्ला फिजाईरहेको दावीसमेत गरे। एनले आफूहरु कसैले पनि देवत्वकरण नगरेको तर नेतृत्वको वरीपरी पार्टी र आन्दोलनलाई एकीकृत गराउने काम गरिरहेको दावी गरे। अध्यक्ष ओलीले विरोधीहरु आफू बाँचेको र कार्यकर्ता र जनताले माया गरेकोमा चिन्तित भएको बताए।  उनले भने, ‘एउटा हल्ला चलाएका छन्। भन्ने गर्छन्। त्यहाँ नेकपा एमालेका बोल्नै पाईदैन। उनीहरुले के खोजेका छन भने के सोचेका छन् भने यहाँ बहुत झगडा भईदिए हुन्थ्यो मारकाट भए हुन्थ्यो। नेता कोही स्थापित हुन नपाए हुन्थ्यो। सब खुईलिए हुन्थ्यो। सबैलाई खुईल्याउन पाए हुन्थ्यो। आफ्नै पार्टीभित्र अनेक लाञ्छना लगाउन पाएदेखि उसैलाई समाएर भन्न पाईन्थ्यो अनि उनीहरु देवत्वकरणको कुरा उठाउँछन्। हामी कसैलाई देवता मान्दैनौं। देवत्वकरण गर्दैनौं तर लिडरसिप हुन्छ लिडरसिपका वरिपरी पार्टी एकीकृत हुन्छ।’

अध्यक्ष ओलीले आफ्नो पार्टी नेतृत्वमा सरकार ढाल्न लाग्नेहरु सबै विरोधी भएको बताए। उनले विरोधीले गालामा थप्पड हान्दा पनि शास्त्र पल्टाउने काम नगर्न पनि पार्टी पंक्तिलाई आह्वान गरे।

प्रकाशित: १७ आश्विन २०७८ १३:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App