१ मंसिर २०८१ शनिबार
image/svg+xml

जापानी ओलम्पिक प्रमुखले पद छोड्ने

जापान ओलम्पिक कमिटी (जेओसी) का प्रमुख सुनेकाजु ताकेदाले जुन महिनामा पदबाट हट्ने घोषणा गरेका छन्। फ्रान्सेली अधिकारीले २०२० को टोकियो ओलम्पिक आयोजना अधिकार लिँदा भ्रष्टाचार गरेको आरोप लगाएसँगै ताकेदाले यस्तो घोषणा गरेका हुन्।

नेपाल र जापानबीच सोमबार श्रम साझेदारी हुने

सरकारले नेपाल र जापान सरकारबीच ‘मेमोरेन्डम अफ को–अपरेसन’मा हस्ताक्षर गर्नका निम्ति श्रम, रोजगार तथा सामाजिक सुरक्षा मनत्रालयलका सचिव महेशप्रसाद दाहाललाई अख्तियार प्रदान गर्ने निर्णय गरेको छ।

निगम हतारै गर्दैन कोरिया र जापान उडानमा

नेपाल वायुसेवा निगमले लामो गन्तव्यमा उडाउन दुइटा वाइड बडी विमान खरिद गरेको छ। ती विमानलाई दक्षिण कोरिया, जापान, चीन, साउदी अरेबिया लगायत देशमा उडाउने भनिएको छ। तर, विमान खरिद गरिएको १० महिना पुग्दासमेत गन्तव्य नहुँदा न्यारो बडीकै गन्तव्यमा उडिरहेका छन्।

नागोयामा नेपाल फेस्टिवल हुने

जापानको तेस्रो ठूलो शहर नागोयामा नेपाल फेस्टिवलको आयोजना हुने भएको छ। नेपालको पयर्टन प्रवर्द्धन तथा नेपाली कला र संस्कृति पहिचान गर्ने उद्देश्यले नागोया शहरमा पहिलो पटक नेपाल फेष्टिबलको आयोजना हुन लागेको हो।

जापानी फिल्म महोत्सव हुने

जापानी संस्कृतिको प्रवद्धन गर्दै राजधानी र पोखरामा जापानी फिल्म महोत्सव हुने भएको छ । महोत्सव शुक्रबारदेखि पोखराको गैरापाटनस्थित पोखरा उद्योग वाणिज्य संघको हलमा सुरु हुँदैछ । महोत्सवको उद्घाटनमा ‘सर्भाइभल फेमली’ नामक फिल्म प्रदर्शन हुनेछ ।

निगमले माग्यो नारितामा उडान अनुमति

नेपाल वायुसेवा निगमले गन्तव्य विस्तारको लागि जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्न अनुमति मागेको छ। यसअघि जापानकै ओसाका विमानस्थल उडान अनुमति मागेको थियो। तर, उक्त विमानस्थलका अनुमति पाउने वा नपाउने अझै टुंगो नलागेको निगमले जनायो।

'जापानको निस्वार्थ सहयोग'

प्रधानमन्त्री केपी ओलीले जापानले नेपाललाई जस्तो सुकै कठिन अवस्थामा समेत निस्वार्थ सहयोग गरिरहेको बताएका छन्। उनले जापानको सहयोग भौतिक पूर्वाधार निर्माण र प्रविधि हस्तारणमा उल्लेख रहेको बताए। नेपाल जाइका अलमनाई एसोसियन (जान)को ४५औं वार्षिक समारोहमा प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन्। सो अवसरमा उनले जापानबाट प्रकाशन हुने वार्षिक पत्रिका ‘मिलन’को विमोचनसमेत गरे।

भूकम्पपीडितलाई जापानकाे पाँच करोड

जापानले सिन्धुपाल्चोकका भूकम्पपीडितलाई कृषिमार्फत जीविकोपार्जनमा सहयोग पुर्‍याउन चार लाख ३४ हजार अमेरिकी डलर (करिब चार करोड ९० लाख रुपैयाँ) सहयोग गर्ने भएको छ।

जापान जान एन–४ तहको भाषा जरूरी

रोजगारीका लागि जापान जानेलाई एन–४ तहको भाषा आवश्यक पर्ने भएको छ । जापान र नेपालका अधिकारीले एन–४ तहको जापानी भाषा उत्तीर्ण गर्नेहरू रोजगारीका लागि योग्य हुनेमा सहमति गरेका छन्।

अनुमति नपाउँदा जापान उडान सर्‍यो

जापानले अनुमति दिन ढिलाइ गरेपछि नेपाल वायुसेवा निगमको नेपाल–जापान उडान पछाडि धकेलिएको छ। निगमले फेब्रुअरी पहिलो सातादेखि वाइड बडी विमान काठमाडौं–ओसाका उडान गर्ने योजना गत कात्तिकमा सार्वजनिक गरेको थियो।

दृष्टिविहीन संघलाई जापानी दूतावासको सहयोग

दृष्टिविहीन विद्यार्थीको अध्ययनमा सहयोग पु-याउने उद्देश्यले काठमाडौंस्थित जापानी राजदूतावासले ८४ लाख रुपैयाँबराबरका सामग्री प्रदान गरेको छ।

नेपाल–जापान संवादको तेस्रो शृंखला सम्पन्न

जापानमा रहेका नेपाली विज्ञ र नेपाली राजदूतावास जापानको सहकार्यमा भएको नेपाल जापान डाइलग सिरिजको तेस्रो शृंखला टोकियो इचिगायास्थित जाइका अन्तर्राष्ट्रिय सभा हलमा सम्पन्न भएको छ।

पुलिसलाई पराजित गर्दै जापानी टोली सेमिफाइनलमा

विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० ले पराजित गरेर जापानी रिस्हो युनिभर्सिटीको टोली पहिलो खेल अविस्मरणीय बनाउँदै मनकामना केवलकार पोखरा कपको सेमिफाइनलमा प्रवेश गरेको छ।

नेपाल एयरलाइन्सले जापान उडानको अनुमति पायो

नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाण–पत्र (एओसी) पाएको छ।

जापानमा श्रमिक अभाव

जापानमा गत वर्ष औसतमा हरेक १०० जना रोजगारीको खोजीमा रहेका व्यक्तिका लागि १६१ वटा रोजगार उपलब्ध थिए। यो संख्या सन् १९७३ यताकै सबैभन्दा ठूलो अनुपात हो। विश्वकै तेस्रो ठूलो अर्थतन्त्र रहेको जापनमा बुढ्यौली उमेरका व्यक्तिको जनसंख्या बढ्दै गएपछि श्रमिकको अभाव भएको अध्ययनहरुले देखाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्