पर्यटन वोर्ड भ्रष्टाचार प्रकरण : सुवास निरौलालाई ७ वर्ष कैद
विशेष अदालतले नेपाल पर्यटन बोर्डको भ्रष्टाचार प्रकरणमा तीन जनालाई दोषी ठहर गर्दै सजायँ सुनाएको छ। वोर्डका पूर्व निमित्त कार्यकारी निर्देशक सुवास निरौलालाई ७ वर्ष कैद सजाँय सुनाएको छ। उनलाई ८० लाख ५१ हजार ३ सय बिगो र ५४ लाख ५९ हजार ७ सय जरिवाना समेत विशेष अदालतले तोकेको छ।