६ आश्विन २०८१ आइतबार
image/svg+xml

सरुवा भएको ठाउँमा नजाने प्रमुख प्रशासकीय अधिकृत निलम्बित

रौतहट सदरमुकाम गौर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन कार्की निलम्बनमा परेका छन्।पटक–पटक सरुवा हुँदा पनि तोकिएको स्थानमा नगएपछि संघीय मामिला तथा सामान्य प्रशासन मंत्रालयले कार्कीलाई निलम्बन गरेको हो।

क्याप्टेन लामामाथिकाे निलम्बन फुकुवा

नेपाल एयरलाइन्सका क्याप्टेन विजय लामामाथिको निलम्बन फुकुवा भएकाे नागरिक उड्डयन प्राधिकरणले जनाएकाे छ।

यौन दुर्व्यवहारका आरोपित सहायक डीन साह निलम्बित

त्रिभुवन विश्वविद्यालय शिक्षाशास्त्र संकायका सहायक डीन बौवालाल साहलाई त्रिभुवन विश्वविद्यालयबाट निलम्बन गरिएको छ।  साहलाई कार्यकारी परिषद्को बुधबार बसेको आकस्मिक बैठकले निलम्बन गरेको हो।

क्यानमाथिको निलम्बन फुकुवा हुँदै, खेलाडीले पारिश्रमिक पाउने

युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले छिट्टै नेपाल क्रिकेट परिषद् (क्यान)माथिको निलम्बन फुकुवा गर्ने बताएका छन्। रिपोर्टस क्लब नेपालले मंगलबार गरेको कार्यक्रममा मन्त्री विश्वकर्माले आइसिसीले दिएको रोडम्यापअनुसार क्यानको ५ सदस्यीय तदर्थ समिति गठन गरेर नयाँ नेतृत्वका लागि चुनावको तयारी भइरहेको जानकारी दिए। साधारणसभा तथा नयाँ नेतृत्व चयनको विषयलाई लिएर क्यानमा देखिएको विवादले उग्र रूप लिएपछि आइसीसीले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो।

अमेरिकापछि रुस पनि आणविक सन्धिबाट बाहिरियो

संयुक्त राज्य अमेरिकाको बाटो पछ्याउँदै रुसले पनि मध्यम दूरीको परमाणु क्षेप्यास्त्रसम्बन्धी शीतयुद्धकालीन ‘इन्टरमिडियट रेन्ज न्युक्लियर फोर्स ट्रिटी (आइएनएफ)’ सन्धिमा रहेको आफ्नो संलग्नतालाई निलम्बन गरेको छ।

वाइड बडीमा गहन अध्ययनबिनै निष्कर्ष

समितिले उपसमिति बनाएर १५ दिन अध्ययन गरेपछि तयार पारिएको प्रतिवेदनमा तत्कालीन पर्यटन सचिव प्रेम राई (हाल गृह) वाइड बडी खरिद प्रकरणमा संलग्न रहेको भन्दै तत्काल निलम्बन र कारबाहीको सिफारिस गर्‍यो। तर, त्यसको तीन दिनपछि समितिमा थप छलफल गर्दा सचिव राईको संलग्नता देखिएन।

रौनियार सांसदबाट निलम्बन नभएको दाबी

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित संघीय समाजवादी फोरमका हरिनारायण रौनियार सांसद पदबाट निलम्बनमा नपरेको दाबी गरेका छन्।

क्रिकेट विवाद सल्टिने सङ्केतः मुद्दा फिर्ता लिने निलम्बित क्यानको निर्णय

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आइसिसी)को निलम्बन फुकुवाका लागि मार्ग प्रशस्त गर्न निलम्बित नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय खेलकुद परिषद (राखेप)लाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गरेको छ।

राष्ट्रपति सिरिसेनाद्वारा श्रीलंकाको संसद निलम्बन

हिजोमात्रै प्रधानमन्त्री परिवर्तन गरेका श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेनाले आज त्यहाँको संसद निलम्बन गरेका छन।

नेपाली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना

निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधीन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाएको जनाएसँगै झन्डै साढे दुई वर्षदेखि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को निलम्बनमा रहेको नेपाली क्रिकेट निलम्बनमुक्त हुने सम्भावना बढेको छ।

सुन तस्करीमा मुछिएका एसएसपी लोहनीसहित ३ अधिकारीको निलम्बन फुकुवा

३८ क्वीन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा मुछिएका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवस लोहनी र प्रहरी उपरीक्षक (एसपी) विकासराज खनालको निलम्बन फुकुवा गरिएको छ। सुन तस्करी प्रकरणको छानविनका क्रममा नियन्त्रणमा समेत परेका लोहनी र खनाललाई उच्च अदालत विराटनगरले केही दिनअघि साधारण तारेखमा रिहा गरेको थियो।

सिआइबीका डिएसपीसहित इन्सपेक्टर र असई पनि निलम्बित

निर्मला पन्त हत्या प्रकरणको छानविन लागि गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का प्रहरी नायव उपरीक्षक (डिएसपी) अंगुर जिसीसहित थप पाँच प्रहरी अधिकृतलाई निलम्बन गरेको छ।

फौजदारी अभियोगमा सांसद पद निलम्बन माग्दै रिट

प्रतिनिधिसभा नियमावली २०७५ मा फौजदारी मुद्दामा अभियोग लागेका सांसदको सदस्यता निलम्बन नगरिने भनी राखिएको प्रावधान संविधानविपरीत रहेको दाबीसहित सर्वाेच्च अदालतमा आइतबार रिट दर्ता भएको छ।

फौजदारी अभियोग लागेमा सांसदलाई निलम्बन गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रतिनिधि सभा नियमावली २०७५ मा फौजदारी मुद्दामा अभियोग लागेको संसदको सदस्यको सदस्यता निलम्बन नगरिने प्रावधान संविधान विपरित रहेको दावी सहित सर्वोच्च अदालतमा आइतबार रिट दर्ता भएको छ।

कांग्रेसको समर्थनमा संसदबाट पास भयो नियम निलम्बन प्रस्ताव

प्रतिनिधिसभाको आजको बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्