७ आश्विन २०८१ सोमबार
image/svg+xml

सिन्धुलीको भिमानमा बन्यो सुविधा सम्पन्न बसपार्क

सिन्धुलीमा नमुना बसपार्क निर्माण भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका ९ भिमानमा जिल्लाकै व्यवस्थित नमुना बसपार्क बनेको छ ।

आजदेखि एचपीभीविरुद्धको खोप लगाइँदै, यी अस्पतालमा लगाउन पाइने

सरकारले आजदेखि पाठेघरको मुखको क्यान्सर गराउने ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) विरुद्धको खोप लगाउँदै छ।

ऐन संशोधन गरेर जनशक्ति अभाव हुन दिँदैनौं : मन्त्री बस्नेत

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले चिकित्सा शिक्षा ऐन संशोधन गरेर स्वास्थ्य क्षेत्रमा जनशक्ति अभाव हुन नदिने बताएका छन्।

बालिका मृत्यु प्रकरणका दोषीमाथि कारबाही हुन्छः मन्त्री बस्नेत

उनले भने, ‘उक्त घटना भएको समय म बाहिर भए पनि चासोका साथ हेरेको छु। मैले इजिप्टबाट नै सचिवज्यूलाई फोन गरेर छानबिन समिति बनाउन निर्देशन दिएको थिएँ। जानाजान केही गल्ती भएको छ भने कारबाही हुन्छ।’

बेवारिसे शवको सकस

प्रहरी अभिलेखअनुसार आठ वर्षमा एक हजार ४४८ बेवारिसे शव फेला परेका छन्। सामान्यतयाः अन्तर्राष्ट्रिय मान्यताअनुसार बेवारिसे शव १२ वर्षसम्म सुरक्षित राख्नुपर्छ ।

अमेरिका बसेर मानव तस्करी गर्दै गौतम

पश्चिम नेपालको रुकुम घर भई हाल अमेरिकी नागरिकता लिएका एक व्यक्तिले विभिन्न मुलुकमा एजेन्ट परिचालन गरी नेपालीलाई बेचबिखन गरेको पाइएको छ। नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले गरेको अनुसन्धानमा त्यसरी तस्करीका मुख्य योजनाकार (नाइके) अमेरिकाको टेक्सास बस्ने अमेरिकी नागरिक ५२ वर्षीय हस्त गौतमले अहिलेसम्म दुई सय जनालाई अमेरिका पठाइसकेको खुलेको छ।

विद्युत् बिस्तारका क्रममा ऐलानी जग्गाबाट विस्थापित हुनेको समस्या समाधान गर्नुपर्छ: मन्त्री बस्नेत

ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले जलविद्युत उत्पादन, प्रसारण र वितरणका क्रममा ऐलानी जग्गाबाट विस्थापित हुनेहरूको समस्या समाधान गर्नुपर्ने बताएका छन्।

अझै पुनःस्थापनको पर्खाइमै मुक्त हलिया

उचित बसोबासको व्यवस्था नहुँदा मुक्त हलिया परिवार नदी तटीय क्षेत्र, सामुदायिक वन नजिक, राजमार्ग छेउमा झुपडी बनाई कष्टकर जीवन बिताउन बाध्य छन्।

रातभर जाग्राम बसी मनाइयो श्रीकृष्णजन्माष्टमी, रथयात्राको तयारी

वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना एवं रात्रिमा जाग्राम बसी श्रद्धा–भक्तिपूर्वक मनाएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

आज एकै पटक तीन वटा संसदीय समितिको बैठक बस्दैछ। जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बिहान साढे १० बजे बस्नेछ।

पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप भदौ २७ देखि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप ‘एचपीभी’ भदौ २७ गतेदेखि लगाउने तयारी गरेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले एचपीभी खोपको शुभारम्भ परोपकार प्रसूति तथा रोग अस्पतालबाट गर्ने तयारी भइरहेको जानकारी दिए।

परोपकार प्रसूति अस्पतालद्वारा ‘अनलाइन टिकट’ सुरु

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको कुपण्डोलस्थित नवनिर्मित भवनबाट छिटो सेवा सञ्चालन गर्न मन्त्रालय प्रतिबद्ध रहेको जानकारी दिएका छन्। उनले भने, ‘नवनिर्मित भवनबाट स्वास्थ्या सेवा प्रवाह गराउन मन्त्रालय सदैव अस्पतालको नजिक रहेर काम गर्ने विश्वास दिलाउन चाहन्छु।’

जसपामा महाधिवेशन प्रतिनिधि बन्न सङगठन र समिति अद्यावधिक हुनुपर्ने

जनता समाजवादी पार्टी, (जसपा) नेपालको महाधिवेशनमा प्रतिनिधि चुन्न र चुनिनका लागि नयाँ विधानबमोजिम सङ्गठन र समितिहरू अद्यावधिक भएको हुनुपर्ने भएको छ।

पोखरा बसपार्क व्यवस्थित बनाउन हटाइयो ग्यारेज

पोखराको पृथ्वीचोकमा करिब पाँच दशक अघि व्यवस्थित बसपार्कका लागि छुट्याइएको जमिन अतिक्रमणमा परेपछि महानगरपालिकाले यसलाई व्यवस्थित गर्न सुरुवात गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्