१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

वर्षाका कारण विद्यालय भवन भत्कियो

अविरल वर्षाका कारण यहाँको एक विद्यालयको तीनकोठे भवन भत्किएको छ।  बिहीबारदेखि परेको अविरल वर्षाका कारण बन्गाड कुपिण्डे नगरपालिका–१२ स्थित सिद्धेश्वरी माविको भवन भत्किँदा पठनपाठनमा समस्या भएको शिक्षक विमलराज डिसीले जानकारी दिए। विद्यालयमा ५० विद्यार्थी अध्ययनरत छन् ।

अत्याधिक वर्षाले डेढ दर्जन घरमा क्षती

केही दिनदेखि परेको पानीले रौतहटमा क्षती पर्‍याएको छ। निरन्तर पानी परेपछि रौतहटमा डेढ दर्जनभन्दा बढी घरमा क्षती पुगेको छ भने पचास बिगाहा भन्दा बढी धानखेती डुबानमा परेको छ।

मनसुनको पहिलो वर्षा 'शुक्रबार'

मौसम पूवार्नुमान महाशाखाले सोमबार सा“झदेखि मनसुन नेपाल भित्रियो भने पनि बुधबारसम्म यसका संकेतहरू कतै देखिएका छैनन्। र, महाशाखाका मौसमविद् भन्दैछन्, 'मनसुन त भित्रियो। तर, कमजोर अवस्थामा। त्यसैले पानी नपरेको हो।'

प्रधानमन्त्री कप वर्षाले प्रभावित

प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगताअन्र्तगत मंगलबारको खेल वर्षाले प्रभावित भएपछि मध्यमाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ अंक बाँडेका छन्।

सशस्त्रलाई वर्षाको साथ

वर्षाले प्रभावित खेलमा कप्तान ज्ञानेन्द्र मल्लको अलराउन्ड प्रदर्शनप्रेरित सशस्त्र प्रहरी बल (एपिएफ) ले सोमबार पश्चिमाञ्चलाई १६ रनले हराउँदै प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ।

वर्षाका कारण इँटा व्यवसाय शंकटमा

वर्षाले इँटा व्यवसायलाई धराशायी बनाउँदै लगेपछि वैशाखमै उद्योगहरु धमाधम बन्द हुन थालेका छन्। वैशाख नबित्दै रौतहटमा पन्ध्रवटा इँटा उद्योग बन्द भइसकेका छन्।

वर्षाजस्तै धुम्मियो चैत्र

चैत्र महिना सुक्खा र धुलोमैलो उड्ने मौसम हो । तर, हप्ता दिन यता खोटाङमा वर्षा याममाजस्तै धुम्मिने, पानी पर्ने र हिलोमैलो बढेको छ । चैत्र लागे यता जिल्लामा बाक्लो कुहिरो लागीरहेको छ । असार साउनमाझैँ बेला बेलामा वर्षा पनि भइरहेको छ ।

वर्षाले झण्डै ५ कराेडकाे इँटा नष्ट

दुई दिनको वर्षाले रौतहटका इँटा उद्योगमा करोडौँको काँचाे इँटा क्षति भएको छ । शुक्रबार साँझ हावाहुरीसँगै आएको पानी र शनिबार बिहानसम्म परेको ठूलो पानीले रौतहटका सयभन्दा बढी इँटा उद्योगमा झण्डै ५ कराेड रूपैयाँ बराबरकाे काँचाे इँटा क्षति भएको हो।

वर्षाका कारण खेल रोकियो

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत कीर्तिपुर मैदानमा भैरहेको नेपाल र केन्याबीचको खेल वर्षाका कारण रोकिएको छ।

पश्चिमी वायुले वर्षा

पश्चिमी वायु प्रभावले उपत्यका लगायत मध्य र पूर्वी नेपालमा शुक्रबार बदली भई वर्षा भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले मौसम बदली भई छिटफुट वर्षा भएको हो। मौसमविद् सुवास रिजालले शनिबार पनि मौसममा बदली हुने बताए।

आज छिटफुट वर्षा, शुक्रबार हावाहुरी

पश्चिमी वायुको प्रभावले काठमाण्डौ उपत्यकालगायत मध्य र पूर्वी नेपालमा आज (बिहीबार) मौसममा बदली भई छिटफुट वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बिहीबार छिटफुट वर्षात् र शुक्रबार हावाहुरी

पश्चिमी वायु प्रभावले उपत्यकालगायत मध्य र पूर्वी नेपालमा बिहीबार मौसममा बदली भई छिटफुट वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार नेपालको सुदूरपश्चिमबाट पश्चिमी वायु प्रवेश गरेकाले पश्चिम क्षेत्रमा बुधबार सामान्य वर्षा तथा उच्च हिमाली क्षेत्रमा हिमपात हुनेछ।

मेलम्चीले भत्काएका सडक वर्षात्अघि नै कालोपत्रे

मेलम्ची खानेपानी वितरणका लागि भत्काइएका सडक वर्षाअघि नै कालोपत्रे गरिने भएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड, आयोजना कार्यान्वयन निर्देशनालय निर्देशक तिरेशप्रसाद खत्रीले असारभित्रै पाइपलाइन विस्तारका क्रममा खनिएका सडक कालोपत्रे गर्ने प्रक्रिया अघि बढाइएको बताए ।

मंगरबार वर्षा हुन सक्ने

पश्चिमी वायुको कारणले उपत्यका लगायत पश्चिमा नेपालमा मंगलबारबाट मौसम बदली हुने देखिएको छ। मंगलबार उपत्यकामा छिटफुट वर्षात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाको अनुमान छ। ‘सोमबार उपत्यकाको मौसममा सामान्य बदली देखिएको छ भने मंगलबार फाटफुट वर्षात हुन सक्छ,’ महाशाखाका वरिष्ठ मौसमविद्ध सुजन सुवेदीले भने, ‘मंगलबार पश्चिम नेपालमा भने सामान्य वर्षात हुन सक्छ ।’

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्