२२ असार २०८१ शनिबार
image/svg+xml
समाज

मनसुनको पहिलो वर्षा 'शुक्रबार'

काठमाडौं- मौसम पूवार्नुमान महाशाखाले सोमबार सा“झदेखि मनसुन नेपाल भित्रियो भने पनि बुधबारसम्म यसका संकेतहरू कतै देखिएका छैनन्। र, महाशाखाका मौसमविद् भन्दैछन्, 'मनसुन त भित्रियो। तर, कमजोर अवस्थामा। त्यसैले पानी नपरेको हो।'  

त्यसो त यस वर्षको मनसुन विगत केही वर्षयताको भन्दा सक्रिय हुनेछ। यो सक्रियताले देशका अधिकांश भूभागमा सामान्य वर्षा गराउने अनुमान गरिएको छ। महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार सोमबार रातिबाट पूर्वबाट मनसुन भित्रिएको हो। 'तर, यो कमजोर अवस्थामा आयो। पानी पार्न सकेको छैन,' उनले भने। त्यसो त महाशाखाले अघिल्लो वर्षभन्दा तीन दिनअघि नै मनसुन आएको पूर्वानुमान गरेको छ।

श्रेष्ठका अनुसार यो मनसुनको पहिलो वर्षा 'शुक्रबार' हुन्छ। 'दुई/तीन दिन यो अझै निस्त्रि्कय नै हुन्छ', उनले भने। जल तथा मौसम विभागका पूर्व वरिष्ठ मौसमविद् तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापक मणिरत्न शाक्यले भने मनसुन भित्रिएको दिनको अनुमान 'अलि छिटो' भएको बताए। 'हाम्रा साथीहरूले केरलामा जेठ १६ गते मनसुन आएपछि त्यहाँदेखि नेपाल भित्रिने समय आकलन गरेर २९ गते (१४ दिनपछि) भित्रिएको पूर्वानुमान गरेको हुनुपर्छ', उनले भने।

शाक्यका अनुसार अघिल्ला वर्षहरूमा भारतको केरलामा दुई दिन ढिलो मनसुन आउँथ्यो। अहिले छिटो आयो। त्यही भएर महाशाखाले दुई दिन छिटो मनसुन भित्रिएको पूर्वानुमान गरे। 'मनसुन दुई किसिमले भित्रिन्छ। कहिले यो निकै सक्रिय हुन्छ। कहिले कमजोर अवस्थामा भित्रिन्छ। यसपटक कमजोर अवस्थामा भित्रिएकाले पनि यस्तो भएको हुनुपर्छ', उनले भने।

महाशाखाले अघिल्लो वर्षको तुलनामा तीन दिनअघि मनसुन भित्रिएको जानकारी दिएको छ। सामान्यतया नेपालमा मनसुन जेठको अन्तिम साता (जेठ २७) गते भित्रिनुपर्ने हो। तर, सामान्य समयमा मनसुन नभित्रिएको धेरै भइसकेको छ। 'कुनै कुनै वर्ष त यो असारको दोस्रो सातामा मात्र भित्रिएको रेकर्ड पनि छ', महाशाखाका मौसमविद् श्रेष्ठ थप्छन्।

सामान्यतया जुनदेखि सेप्टेम्बरसम्मका चार महिनाको अवधिलाई दक्षिण एसियाली मनसुन अवधि भनिन्छ। यस समयमा नेपालमा वार्षिक वर्षाको करिब ८० प्रतिशत पानी पर्छ। 'यसपटक अघिल्ला केही वर्षयताभन्दा राम्रो वर्षा हुन्छ। जसलाई हामीले सरदर वर्षाको अनुमान गरेका छौ', शाक्यले भने, 'यसलाई राम्रो वर्षा मानिन्छ।'

महाशाखाका अनुसार नेपालका मध्य र सुदुर पश्चिमका अधिकांस भूभागमा सरदरभन्दा कम र बा“की भूभागमा सरदर वर्षा हुन्छ। सामान्यतया सरदर वर्षा भन्नाले स्थान विशेषको लामो समयको (करिब ३० वर्ष) औसत वर्षा बुझिन्छ। सरदर वर्षाको ९० प्रतिशतदेखि ११० प्रतिशतसम्मलाई सामान्य वर्षा भनिन्छ।  योभन्दा कम र बढी वर्षा भएमा क्रमशः न्यून र अधिक वर्षा भएको मानिन्छ।

साउथ एसियन क्लाइमेट आउट लुक फोरमको आठौं बैठकले 'लानिना'को सक्रियताले गर्दा यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा हुने निष्कर्ष निकालेको छ। फोरमले दक्षिण एसियाको मध्य तथा दक्षिण पश्चिम भेगमा बढी वर्षा हुने जनाएको छ भने पूर्वी तथा दक्षिण पूर्वी भेगमा औसतभन्दा कम वर्षा हुने जनाएको छ।

गत वर्ष 'इललिनो' प्रभावले गर्दा कम वर्षा भएको थियो। सन् २०१४ मा देखिएको इललिनो सन् २०१६ सम्मै कायम रह्यो र खडेरी सिर्जना गर्‍यो।

प्रशान्त महासागरमा पानी औसत तापमानभन्दा बढी तात्ने प्रक्रियालाई 'इलनिनो' भनिन्छ भने यसको ठीक विपरीत पानी चिसो हुने प्रक्रियालाई 'लानिना' भनिन्छ। यस वर्ष 'लानिना' स्थिर भएकाले पानी सरदर वर्षा हुने अनुमान गरिएको शाक्यले जानकारी दिए।

लानिनाको प्रभाव देखापर्ने बेला भूमध्य रेखास्थित प्रशान्त महासागरको पूर्वीे तथा मध्य क्षेत्रको सतहको पानी औसत तापमानभन्दा बढी चिसो हुने हुँदा त्यस क्षेत्रको वायुमण्डलीय तापमान स्ाामान्य अवस्थामा भन्दा बढी हुन्छ।

प्रकाशित: १ असार २०७४ ०२:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App