४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

राजविराज कारागारमा तेब्बर कैदी–बन्दी

सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा करीब तीन गुणा बढी कैदीबन्दी रहेका छन्। करीब १२५ कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १८ महिला कैदीसहित ३१५ कैदीबन्दी रहेको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताए।

कैदीबन्दीलाई जेलभित्रै ‘हाउस वाइरिङ’ तालिम

उदयपुरका कैदीबन्दीले ‘हाउस वाइरिङ’ तालिम लिन सुरु गरेका छन्। घरेलु तथा साना उद्योग विकास समिति उदयपुरले जिल्ला कारागार शाखा गाईघाटमा सजाय भुक्तान गर्दै आएका कैदीबन्दीलाई ३ महिने हाउस वाइरिङ तालिममा सहभागी गराएको हो।

अपराध संहिता ऐनको खारेजी माग गर्दै कैदीबन्दी आमरण अनसनमा

मुलुकी अपराध संहिता ऐन मानव अधिकारको उल्लंघन गर्ने गरी आएको बताउँदै खारेजीकाे माग सहित डडेल्धुराका कैदीबन्दीले अामरण अनसन शुरु गरेका छन्।

पाल्पा कारागारमा कैदीबन्दीबीच झडप, २ घाइते

पाल्पा कारागारमा कैदीबन्दीबीच झडप हुँदा २ जना घाइते भएका घन्। नाईके समूह र अन्य पक्षबीच झडप हुँदा कैदीबन्दी सन्तोष नेपाली र अर्जुन घिमिरे घाइते भएका हुन्।

केन्द्रीय कारागारका चार सय कैदीबन्दी बिरामी

केन्द्रीय कारागारका ४ सयभन्दा बढी कैदी बिरामी भएका छन् । काठमाडौं जगन्नाथदेवलस्थित केन्द्रीय कारागार कार्यालयका अनुसार कैदीबन्दीमा छाला, मधुमेह, जण्डिस, श्वासप्रश्वास, फोक्सोको समस्या, हातगोडा पाक्ने, सुनिनेलगायतका रोग देखापरेको छ ।

पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी

ङ’ श्रेणीमा सूचीकृत पर्वत कारागारमा क्षमताभन्दा तेब्बर कैदी एकै ठाउँमा बस्न बाध्य भएका छन् ।

मुढा बनाएर आय आर्जन गर्दै कैदीबन्दी

सुनसरीको रामधुनी नगरपालिकामा रहेको क्षेत्रीय कारागार झुम्कामा रहेका ६०० भन्दा बढी कैदीबन्दीले मुढा बनाएर आय आर्जन गरिरहेका छन्।

सप्तरी कारागारमा दोब्बर कैदीबन्दी

सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेको पाइएको छ।  करीब १३५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १३ जना विदेशीसहित २९४ जना कैदीबन्दी रहेको कारागारले जनाएको छ।

कारागारमा कैदीबन्दीकै तालाबन्दी

जिल्ला कारागार शाखा गोरखमा मंगलबार बिहानैदेखि कैदीबन्दी तालाबन्दी गरेर आन्दोलित भएका छन्। त्यहाँ रहेका नाइके, भाइनाइके, चौकीदारले कैदीबन्दीलाई शोषण, भेद्भाव र दमन गरेको भन्दै अन्य कैदीबन्दी बिरोधमा उत्रिएका हुन्।

कञ्चनपुर कारागारमा तेब्बर कैदीबन्दी

कञ्चनपुर कारागारमा क्षमताभन्दा तेब्बर कैदीबन्दी रहेका छन्। ९५ जनाको क्षमता भएको कारागारमा हाल २७६ कैदीबन्दी छन् जसमध्ये १७ महिला कैदीबन्दी रहेका छन्।

जोखिमपूर्ण भवनमा तेब्बर बढी कैदीबन्दी

४ दशकअघि बनेको ५० जना क्षमताको उदयपुर कारागारमा अहिले सय भन्दा बढी कैदीबन्दी कोचिएर बस्नु परेको छ। नयाँ भवन नबन्दा २०४५ र २०७२ को भूकम्पको धक्काले जीर्ण भइसकेको भवनमा झण्डै तेब्बर बढी १ सय २३ जना कैदीबन्दी राखिएका छन्।

ढाका टोपी बुनेर कमाइ गर्दै कैदीबन्दी

जिल्लाको सदरमुकाम गाईघाटस्थित बोक्सोमा रहेको जिल्ला कारागार शाखाका केही कैदीबन्दीले ढाकाटोपी बुनेर अहिले दैनिक रु एक हजारसम्म कमाई गर्न थालेका छन्।

काभ्रे कारागारका कैदीबन्दी आन्दोलित

जिल्ला कारागार काभ्रेका कैदीबन्दीले आन्तरिक व्यवस्थापकका रूपमा कारागारभित्र खटिएका नाइके र सहनाइकेहरूले ज्यादती गरेको भन्दै आन्दोलन गरेका छन्।

किताबमा संसार खोज्दै कैदीबन्दी

कर्तव्यज्यान मुद्धाको कसुरमा जिल्ला कारागारमा जेल सँजाय भोग्दै आएका बुद्धिराम दराईका आँखाहरु अचेल कुनै न कुनै किताबमा टाँसिईरहेका हुन्छन्। हिउँदको चिसो मौसममा अग्लो पर्खाल छिचोलेर कारागारको मैदानमा आईपुगेको पहारिलो घाममा आँङ सेकाएर किताबमा डुब्नुको मज्जै बेग्लै।

गणतन्त्र दिवसको अवसरमा कारागारका कैदीबन्दीको निःशुल्क आँखा परीक्षण

गणतन्त्र दिवस २०७४ को अवसरमा पर्वत जिल्ला कारागारमा रहेको कैदीबन्दीको निःशुल्क आँखा परीक्षण गरिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्