१९ आश्विन २०८१ शनिबार
image/svg+xml

प्रधानमन्त्रीले आफैं राजीनामा गर्नुपर्ने हाे: अध्यक्ष ओली

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा मागेका छन्।

सरकारका कदमले गठबन्धनमा शंका-उपशंका

सत्तारुढ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले शनिबार वर्तमान सरकारमा बसिरहन जरुरी नभएको टिप्पणी गरेका छन्।

ठूला भ्रष्टाचारका सबै मुद्दाको छानबिन हुनुपर्छ :अध्यक्ष डा भट्टराई

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देशमा भएका भ्रष्टाचारका सबै ठूला मुद्दा उच्चस्तरीय आयोग बनाएर छानबिन गर्नुपर्ने बताएका छन्।

नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्छ : नेता डा कोइराला

नेपाली कांग्रेसका नेता डा शशाङ्क कोइरालाले नैतिकवान व्यक्तिले मुलुकमा सुशासन कायम गर्न सक्ने बताएका छन्।

अनुसन्धानको आदेश

। दुई पूर्वप्रधानमन्त्रीमाथि पनि यसमा अनुसन्धान हुने भएपछि अहिलेसम्मको गुनासो केही हदसम्म संबोधन भएको छ। नीतिगत निर्णयको आवरणमा राजनीतिक नेतृत्वले अहिलेसम्म उन्मुक्ति लिँदै आएको छ।

ओलीको प्रश्न-सुन तस्करीमा गृहमन्त्रीको संलग्नता छ वा छैन, छैन भने कस्को छ?

सोमवार राति कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले गृहमन्त्रीले गैरजिम्मेवार र बत्तमिजी भएको उल्लेख गरेका हुन्। उनले गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ वा छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने र आफ्नो संलग्नता नभए कसको छ भन्नुपर्ने जिकिर गरे।

पूर्वप्रधानमन्त्रीसहित उच्च तहका व्यक्ति बयानमा तानिँदै

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले सञ्चार सचिव कृष्णबहादुर राउतलाई पक्राउ गरेर तत्कालीन समयमा निर्णय प्रक्रियामा सहभागी उच्च ओहोदाका राजनीतिज्ञहरूलाई पनि बयानमा बोलाउने आधार तय गरिरहेको छ।

ललिता निवास जग्गा प्रकरण: पूर्वप्रधानमन्त्री पनि बयानमा बोलाइन सक्ने

बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा प्रहरीले संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको छ। ४०० भन्दा बढीलाई पक्राउ पुर्जी जारी गरेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सो प्रकरणमा संगठित अपराधमा अनुसन्धान गर्ने संकेत गरेको हो।

भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छः देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताएका छन्।

कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट अघि बढाउनुपर्छ: ओली

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कृषिलाई सहकार्य, सहकारी र सामूहिक प्रणालीबाट व्यापक रूपमा अघि बढाउनुपर्ने बताएका छन्।

ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले नै स्पष्टिकरण लिनुपर्छः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवास प्रकरणमा मुछिएका पूर्वप्रधानमन्त्रीहरुलाई संसदले स्पष्टिकरण लिनुपर्ने माग गरेका छन्।

पूर्वप्रधानमन्त्री चन्दलाई पत्नी शोक

राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दकी धर्मपत्नी दिव्येश्वरी चन्दको ८२ वर्षको उमेरमा निधन भएको छ।

जनताको पक्षमा काम गर्ने पार्टी एमाले मात्र हो: अध्यक्ष ओली

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीले विकास र समृद्धिको ढोका खोल्ने दाबी गरेका छन्।

‘युक्रेन युद्ध दशकौंसम्म हुन सक्छ’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका एक शीर्ष सहयोगीले युक्रेन युद्ध दशकौंसम्म जारी रहन सक्ने बताएका छन्।

अध्यक्ष नेपाल न्यूजिल्याण्ड जाने

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल आज न्यूजिल्याण्ड जाने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्