१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्छः देउवा

फाइल तस्बिर

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालका विभिन्न भाषा र संस्कृति पर्यटनको मुख्य आधार बन्नसक्ने बताएका छन्।

शुक्रबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।  

उनले आदिवासी जनजातीको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुनेपनि बताए। पार्टीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता सबै क्षेत्रमा सन्तोषजनक नरहेको उनको भनाइ छ। उनले आदिवासी जनजातिको सहभागीता सबै क्षेत्रमा सन्तोषजनक बनाउन सबै मिलेर लाग्नुपर्ने बताए।

उनले भने, ‘आदिवासी जनजातीको भाषा र संस्कृतिको संरक्षण गर्दा राज्यलाई नै फाइदा हुने हो। पर्यटनको मुख्य आधार पनि यही बन्न सक्दछ। हामीले चाहेर पनि विभिन्न कारणले आदिवासी जनजातिको सहभागिता विभिन्न क्षेत्रमा अझै सन्तोषजनक छैन। यसका लागि हामी सबै लाग्नुपर्छ । हाम्रो पार्टी र म लाग्नेछौँ।’ 

आदिवासी जनतातिको सहभागिता बढ्दा काँग्रेस झनै बलियो र प्रभावशाली बन्ने दाबी गरे।  

प्रकाशित: १५ असार २०८० ०७:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App