२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

अभिव्यक्तिमा अंकुश लगाउँदै विज्ञापन विधेयक

अभिव्यक्ति स्वतन्त्रताप्रति कुनै न कुनै लगाउने उद्देश्यबाट प्रेरित भएकै कारण सरकारले विज्ञापन गरेबापत ५ वर्षसम्म कैद र ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने प्रावधानसहितको विधेयक ल्याएको छ। राष्ट्रियसभाको आइतबारको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाद्वारा प्रस्तुत ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नेपाली सञ्चार जगत्का निम्ति अर्को तरबार भएर झुन्डिने भएको छ।

‘क्लिन फिड लागू गरेर देखाऊ’

सरकारले विज्ञापन बोर्डको सिफारिसमा मात्रै विज्ञापन उत्पादन, प्रसारण र वितरण गर्नुपर्ने कानुनको मस्यौदा तयार गरिरहँदा विज्ञापन व्यवसायीले ‘क्लिन फिड’ लागू गराउन सरकारलाई आग्रह गरेका छन्। नेपाल विज्ञापन संघले विदेशी पे च्यानलमा क्लिन फिड लागू गरे नेपालको विज्ञापन बजार बढ्ने भएकाले अन्य विषयमा भन्दा त्यसमा केन्द्रित हुन आग्रह गरे।

विज्ञापनमा कस्दै सरकार

सरकारले विज्ञापनमा कडाइ गर्दै विज्ञापन बोर्डको सिफारिसमा मात्रै विज्ञापन उत्पादन, प्रसारण र वितरण गर्नुपर्ने कानुनको मस्यौदा तयार गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयबाट संसद् सचिवालयमा दर्ता गर्ने तयारी गरिएको ‘विज्ञापन नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ मा रेडियो, टेलिभिजन, छापा, अनलाइनलगायतले विज्ञापन गर्दा विज्ञापन बोर्डको मापदण्डविपरीत भए कारबाही हुने प्रावधान राखिएको छ।

कर्मचारी समायोजनले लोकसेवाको काम प्रभावित हुन सक्ने

सरकारले निजामती कर्मचारीको समायोजन नमिलाएसम्म लोकसेवा आयोगको काम प्रभावित हुन सक्ने देखिएको छ।

विज्ञापनमा सम्पादन-सत्यपन गर्न मिल्दैन

नेपाली पत्रकारिताको विश्वसनीयताबारे कसैले प्रश्न उठाएको छ भने त्यो दुई तिहाइ बहुमत प्राप्त सरकारले उठाउने गरेको छ। पत्रकारिताका अनेक सिद्धान्तमध्ये स्वतन्त्रतावादी सिद्धान्तले भन्छ– तिमी जेसुकै लेख, त्यसलाई पढ्ने वा नपढ्ने अधिकार पाठकलाई छ। यो सिद्धान्त प्रतिपादन भइरहँदा प्रसारण पत्रकारिता फस्टाएको थिएन। त्यसैले पाठकका कुरा आए।

नेपाल विज्ञापन संघको साधारणसभा

नेपाल विज्ञापन संघ (आन)को १९औं साधारणसभा सम्पन्न भएको छ । सूचना, तथा सञ्चार प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको उपस्थितिमा उक्त सभा भएको संघले जनाएको छ।

बिना अपरेसन पाइल्सकाे उपचार हुने विज्ञापनकाे पछि लाग्दा...

कतिपय गाउँ तथा सहरहरूमा जताततै विभिन्न रोगव्याधी सजिलै निको पार्ने विज्ञापन पोतिएको हामी देख्छौं। घर, पर्खाल, सत्तल, पाटी आदिमा लेखिएका यी विज्ञापन लोभलाग्दा हुन्छन् ।

विज्ञापन संघ र चौधरी ग्रुपबीच सम्झौता

नेपाल विज्ञापन संघले आयोजना गर्ने १०औं कृति अवार्डको विषयमा चौधरी गु्रप र संघबीच सम्झौता भएको छ । सम्झौतापत्रमा चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र विज्ञापन संघका अध्यक्ष रबिन्द्रकुमार रिजालले हस्ताक्षर गरेको कम्पनीले जनाएको छ ।उक्त कार्यक्रम भदौ ७ गते हुने संघले जनाएको छ ।

नेपाल विज्ञापन संघको वार्षिकोत्सव

विज्ञापन व्यवसायीको छाता संगठन नेपाल विज्ञापन संघको २८औं वार्षिकोत्सव सम्पन्न भएको छ ।संघको कार्यालय शान्तिनगरमा भएको कार्यक्रममा संघका पदाधिकारी, पूर्वअध्यक्षहरु त्था साधारण सदस्यको सहभागिता थियो । संघले सो अवसरमा एक हप्ते रक्तदान कार्यक्रमसमेत गरेको जनाएको छ ।

विज्ञापन संघको वार्षिकोत्सवमा रक्तदान, ५२ पिन्ट रगत संकलन

नेपाल विज्ञापन संघको २८ औ वार्षिकोत्सवका अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ। केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित रक्तदानमा ५२ पिन्ट रगत संकलन भएको संघका अध्यक्ष रवीन्द्र कुमार रिजालले जानकारी दिए।

मदिराको विज्ञापन किन गर्दैनन् अमिताभ बच्चन ?

सलमान खानदेखि सन्नी लियोनीसम्म मदिराकै विज्ञापनका लागि बलिउडदेखि नेपालसम्म आइरहेका बेला सुपरस्टार अमिताभ बच्चन भने अहिलेसम्म करियरमा मदिराको विज्ञापन गरेका छैनन्।

शिक्षकमा शतप्रतिशत खुला विज्ञापन गर्न माग

शिक्षा ऐन–२०२८ को नवौँ संशोधनमा भएका केही प्रावधान विद्यार्थी अनुकूल नभएकाले त्यसलाई संशोधन गर्न प्रमुख तीन विद्यार्थी संगठनले माग गरेको छ।

कन्डमको विज्ञापन राति अबेर

भारतीय टेलिभिजनमा अबदेखि कन्डमको विज्ञापन राति अबेर मात्रै दिन पाइने भएको छ । बालबालिकाले कन्डमको विज्ञापन हेर्न अनुचित हुने भन्दै कन्डमको विज्ञापन अबेर राति मात्रै प्रसारण गर्न मिल्ने नयाँ प्रतिबन्ध सोमबारबाट लागू गरिएको बताइएको छ ।

मिडियालाई विज्ञापन दिनु राजनीतिक दलको अधिकार : मिडिया सोसाइटी

नेपाल मिडिया सोसाइटीले सबै पक्षबाट निर्वाचनको वातावरण बनाउन तथा राजनीतिक निकास दिनुपर्ने बताएको छ।

विज्ञापनले विवादमा सनी

भारतीय रियालिटी शो 'बीग बोस' हुँदै फिल्म 'जिष्म २'बाट बलिउडमा छिरेकी इन्डो क्यानेडियन पूर्व पोर्नस्टार बलिउडमा प्रवेश गरेदेखि नै चर्चा र विवादमा आइरहेकी छन्। फिल्मी अभिनयसँगै समय–समयमा विवादास्पद अभिव्यक्ति दिने सनी यसपटक पुनः विवादमा तानिएकी छन्। हालै मात्र एक कण्डमको विज्ञापन गरेकी सनीलाई सोही विज्ञापनले विवादमा ल्याएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्