६ आश्विन २०८१ आइतबार
image/svg+xml

एमबिबिएसका विद्यार्थीसँगै चिकित्सक पनि दुर्व्यसनमा

मेडिकल कलेजभित्र चिकित्सक नै लागुऔषध सेवन गर्छन् र त्यही चिकित्सकले नै बिरामीको उपचार गर्छन्। चिकित्सकलाई समाजमा निकै नै प्रतिष्ठित व्यक्तिका रुपमा मानिन्छ। डाक्टर पढ्न पठाएका छोराछोरी नै लागुऔषधमा फसेपछि बुबाआमा र अभिभावक चिन्तित भएका छन्।

एक क्विन्टल गाँजा बरामद, दुई युवा पक्राउ

एक क्विन्टल गाँजासहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–४ गंगटेका कान्छा योन्जन र प्रगन सहनी रहेका छन्।

गाँजा मालिकसहित दुईजना पक्राउ

भरिया मात्रै पक्राउ गरिरहेको प्रहरीले लागुऔषध कारोबारमा संलग्न मालिकलाई नै नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले ठूलो परिमाणको गाँजा ट्रकमा बिक्री गर्न लैजाँदै गरेका रौतहटको चन्द्रपुर नगरपालिका–८ का २६ वर्षीय गौरीशंकर यादवलाई पक्राउ गरेको जानकारी दिएको हो।

लागुऔषधसहित एक जना पक्राउ

महानगरीय प्रहरी वृत कालिमाटीले लागुऔषधसहित १ जनालाई पक्राउ गरेको छ। बिहिबार प्रहरीले करिब ११ बजे किर्तिपुर बस्ने बारा पतरहुट्टा गाउँपालिका–२ का प्रिन्स कुमार सिहंलाई कलंकी चोकबाट पक्राउ गरेको हो।

लागुऔषध सहित ५ जना प्रहरी नियन्त्रणमा

जुम्लामा लागुऔषधसहित ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके डुडुवा गाउँपालिका ५ का हिरालाल सुनारसहित ५ जनालाई नियन्त्रणमा लिइएको हो।

५० किलो गाँजासहित दुई जना पक्राउ

लाजिम्पाटबाट ५० किलो गाँजासहित दुई जना पक्राउ परेका छन्।महानगरीय प्रहरी वृत्त दरवारमार्गद्वारा खटिएका प्रहरी टोलीले उक्त गाँजासहित कोटेश्वर वस्ने सिन्धुलीका देव कुमार घिसिङ र सिन्धुलीकै पदम बहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

सुन र लागुऔषधसहित दुई युवक पक्राउ

प्रहरीको टोलीले सिरहाको छुट्टाछुटै स्थानबाट विहीवार बिहान अवैधरुपमा रहेको सुन र लागुऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ।

लागुऔषध सहित युवती पक्राउ

४२ थान लागु औषधसहित २३ बर्षीया युवती पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालयले व्यास नगरपालिकाको चाइनापुलबाट आँबुखैरेनी गाउँपालिका ५ छिम्केश्वरी बस्ने पुजा मगरलाई पक्राउ गरेको हो।

लागुऔषधका ६४ मुद्दा, १०९ जना नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय सुर्खेतले आठ महीनाको अवधिमा लागुऔषधका ६४ मुद्दा दर्ता गरेको छ। लागुऔषध ओसारपसार, बेचबिखन र प्रयोगकर्तालाई केन्द्रमा राखेर सक्रियता बढाएको प्रहरीले हालसम्म यसमा संलग्न १४ महिला र ९५ पुरुष गरी १०९ लाई नियन्त्रणमा लिएर कारवाहीका लागि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रतिवेदन प्रकाशन गरेको छ।

साढे छ सय किलो लागुऔषधसहित सुकमाया पक्राउ

चरेस बनाउने कारखाना नै सञ्चालनमा भइरहेको सुराकीपछि गजुरी–७ पेटारका सुकमान तामाङको घर खानतलासी गर्दा ६ सय ४३ केजी लागुऔषध बरामद भएको हो ।

भारतीय कन्टेनरको धन्दा : नेपाल आउँदा सामान, फर्किंदा चरेस

राजधानी काठमाडौँ भित्रिने र काठमाडौँ हुँदै विभिन्न जिल्लामा जाने मुख्य राजमार्गको रुपमा लिइने पृथ्वी राजमार्गमा पछिल्लो समय यस्ता लागुऔषधको ओसारपसार चुनौती बनेको छ।

लागुऔषधसहित दुई युवा पक्राउ

उदयपुर प्रहरीले विभिन्न प्रतिबन्धित लागुऔषधसहित २ युवालाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले त्रियुगा नगरपालिका ५ को दमौटीमा नियमित चेकजाँचको क्रममा सोही ठाउँका २१ वर्षीय सरोज घिमिरे र २९ वर्षीय देवराज तामाङलाई ६० थान (एम्पुल) लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्