६ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

लागुऔषधसहित दुई युवा पक्राउ

उदयपुर - उदयपुर प्रहरीले विभिन्न प्रतिबन्धित लागुऔषधसहित २ युवालाई नियन्त्रणमा लिएको जनाएको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले त्रियुगा नगरपालिका ५ को दमौटीमा नियमित चेकजाँचको क्रममा सोही ठाउँका २१ वर्षीय सरोज घिमिरे र २९ वर्षीय देवराज तामाङलाई ६० थान (एम्पुल) लागुऔषधसहित नियन्त्रणमा लिएको हो।

प्रहरी निरीक्षक अमरप्रसाद गजमेरको कमाण्डमा गएको टोलीले चेकजाँच गर्ने क्रममा मोटरसाईकलमा सवार उनीहरुको साथबाट डाईजेपाम २० एम्पुल, लफिन २० एम्पुल र फेनार्गन २० एम्पुलसँगै १ थान सिरिञ्जसमेत बरामद गरेको प्रहरी प्रमुख एसपी चन्द्रदेव राईले बताए। स २ प ६९३९ नं. को मोटरसाईकलमा सवार उनीहरुमाथि शंका लागी चेकजाँच गर्दा प्रतिबन्धित लागुऔषध फेला परेर बरामद गरिएको उनले बताए ।

बिहीबार राति १०ः३० बजे पक्राउ उनीहरुलाई जिल्ला प्रहरी कार्यालय ल्याएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। प्रहरीले लागुऔषधविरुद्ध शून्य सहनशिलताको नीति लिएर खोजी कार्य, पक्राउ र पक्राउमाथि कारबाही गर्ने अभियान चलाएको जनाएको छ। यस क्रममा प्रहरीले अनुसन्धानका विभिन्न तरिका अपनाएर लागुऔषध दुर्व्यसनी, कारोकारी र प्रयोगकर्ताको खोजी कार्य गर्दै आएको एसपी राईले बताए।

प्रकाशित: २ चैत्र २०७५ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App