दुलेगौँडा (तनहुँ)– ४२ थान लागु औषधसहित २३ बर्षीया युवती पक्राउ परेकी छन्। जिल्ला प्रहरी कार्यालयले व्यास नगरपालिकाको चाइनापुलबाट आँबुखैरेनी गाउँपालिका ५ छिम्केश्वरी बस्ने पुजा मगरलाई पक्राउ गरेको हो।
मगरको साथबाट १४ थान फेनरागन, १४ थान डाइजापाम र नुफिन १४ थान बरामद गरिएको प्रहरीले जनाएको छ। अदालतबाट म्याद थप गरी अनुसन्धान चलिरहेको छ।
प्रकाशित: २४ चैत्र २०७५ १५:३५ आइतबार