५ आश्विन २०८१ शनिबार
image/svg+xml

भारतीय पर्यटक बसलाई सडक र घुम्ती पुग्दैन

व्यावसायीले भारतीय यात्रुबाहक बस दुर्घटना हुनुले भारतीय सवारीलाई नेपालका राजमार्गमा गुडाउँदा केही सजग हुनुपर्ने सुझाएका छन्। नेपालको बाटो भारतीय ठुला यात्रुबाहक बसका लागि उपयुक्त नहुने उनीहरुको भनाई छ। ठुला आकारका र दुइतलेसम्मका बस नेपाल आउने गर्दा दुर्घटनाको जोखिम रहेको उनीहरुको भनाई छ।

पोखरा भित्रिने मुख्य राजमार्ग २४ घण्टादेखि अवरुद्ध

पर्यटकीय राजधानी पोखरालाई जोड्ने मुख्य सडक पृथ्वी राजमार्ग २४ घण्टादेखि अवरुद्ध छ। राजमार्ग अन्तर्गत तनहुँको ब्यास नगरपालिका–१२ घाँसीकुँवामा बुधबार बेलुकी ५ बजे भीषण पहिरो खसेको थियो। पहिरोले राजमार्ग अवरुद्ध हुँदा पोखरा भित्रिने र पोखराबाट बाहिरिएका सवारीको तनहुँको दमौली खण्डमा लाम लागेको छ।

तनहुँको घाँसीकुवामा भीषण पहिरो, १ सय ३० मिटर सडक पुरियो

तनहुँको घाँसीकुवामा बुधबार बेलुकी भीषण पहिरो जाँदा पृथ्वी राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको छ। राजमार्ग अवरुद्ध हुँदा पोखरा भित्रिने र पोखराबाट बाहिरिएका सवारी तनहुँमा रोकिएका छन्।

स्वास्थ्य कार्यालय तनहुँ भन्छः राजमार्ग बिस्तारका क्रममा खनिएका खाडल र थुपारिएका उपकरणले डेंगी संक्रमण बढायो

स्वास्थ्य कार्यालय तनहुँले पोहोर दमौली र अहिले आँबुखैरेनीमा डेंगी संक्रमण तिब्र रुपमा फैलिनुको कारणबारे सुक्ष्म अध्ययन गर्यो र निष्कर्ष निकाल्यो–राजमार्ग बिस्तारका लागि खनिएका खाडल र थुपारिएका तिनै उपकरण र सामाग्रीमा संकलित पानीका कारण डेंगी फैलाउने लामखुट्टे बढेको र त्यसले राजमार्गले छोएको क्षेत्रमा संक्रमण बढेको हो।

गुल्मीमा पहिरोले घर बगायो, तम्घास‐रिडी र रिडी‐वामीटक्सार सडकखण्ड अबरुद्ध

मदन भण्डारी राजमार्गअन्तर्गत गुल्मीदरबार गाउँपालिकाको गौडाकोट र बिरबासमा सडकमाथिबाट पहिरो खसेपछि सडक अबरुद्ध बनेको हो।

हिलोमा सवारी फसेपछि पृथ्वी राजमार्गमा सकस

बिस्तारको क्रममा रहेको पृथ्वी राजमार्ग (पोखरा–आँबुखैरेनी) मा यतिबेलाको यात्रा सकसपूर्ण छ। राजमार्गमा पर्ने तनहुँको म्याग्दे गाउँपालिकाको थर्पुदेखि करिब पाँचकिलोमिटर परको सेरासम्मको खण्डका ठाउँठाउँमा हिलोमा सवारी फस्ने गरेका छन। हिलोमा फसेका सवारी पन्छाउनै सकस रहेको प्रहरीको भनाई छ। सडकमा खसेको पहिरोले भन्दा पनि बिस्तारको क्रममा रहेको सडकको हिलोमा फसेका सवारीका कारण यात्रा असहज बनेको छ।

पोखरा–मुग्लिन राजमार्गको पूर्वि खण्डको म्याद १ सय ५५ दिन थपियो

कोरोना भाइरस संक्रमणले गर्दा बेलैमा काम थाल्न नपाएको भन्दै पोखरा–मुग्लिन सडकको पूर्वि खण्डको म्याद १ सय ५५ दिन थपिएको छ। पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८० किमि) सडक अहिले बिस्तार भईरहेको छ।

कर्णाली राजमार्गबाट गाउँ पस्दै समृद्धि

विकास र समृद्धिका हिसाबले कर्णाली अरू प्रदेशका तुलनामा निकै पछाडि छ। रोग, भोक, विकटता र अशिक्षाबाट चित्रित कर्णालीको रूप पछिल्ला केही वर्षयता फेरिँदै गएको छ।

सिर्जनानगर दुर्घटनामा एक युवाको मृत्यु

अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ सिर्जनानगरमा भएको दुर्घटनामा परी एकजना युवाको मृत्यु भएको छ।

६ वर्षमा आधा मात्र प्रगति, तीन वर्ष म्याद थप्न प्रस्ताव

पूर्व झापादेखि पश्चिम डडेलधुरासम्म चुरे क्षेत्र (भित्री मधेस)मा बसोबास गर्ने जनतालाई सहज यातायात सुविधा प्रदान गर्ने उद्देश्यबाट ६ वर्षअघि सुरु गरिएको मदन भण्डारी राजमार्ग आयोजनाको प्रगति ६ वर्षमा आधा मात्र पुगेको छ।

पोखरा–मुग्लिन राजमार्ग: पूर्वी खण्डको म्याद सकियो, काम आधा मात्रै

पृथ्वी राजमार्गको पोखरा–मुग्लिन खण्ड अन्तर्गत पोखरा–आँबुखैरेनी (८० किमि) सडक अहिले बिस्तार भइरहेको छ। निर्माण कम्पनीसँग भएको सम्झौता अनुसार तीन वर्षभित्र राजमार्ग बिस्तार भइसक्नुपर्ने हो। तर, अहिलेको अवस्थासम्म पूर्विखण्ड झन्डै ५६ र पश्चिमखण्डको २० प्रतिशत मात्र काम सकिएको छ।

२०८० लाई फर्केर हेर्दा: विकास सुस्ताएको वर्ष, बजेटमा कैँची

ठुला रणनीतिक र राष्ट्रिय गौरवका आयोजनाले विगतका वर्षको तुलनामा यसवर्ष निकै कम बजेट पाए। विनियोजित बजेट खर्च भइसके पछि कतिपय आयोजना निर्माणको गति सुस्त रह्यो भने कतिपय आयोजना निर्माणको अन्तिम चरणमा पुगे।

हुलाकी राजमार्ग पूरा गर्न थप ४३ अर्ब आवश्यक

राष्ट्रिय गौरवको हुलाकी राजमार्ग आयोजनाको बाँकी काम सम्पन्न गर्न ४३ अर्ब रूपैयाँबराबर बजेट आवश्यक पर्ने देखिएको छ।

गुल्मीको मुसिकोट र ओइताको बुङगोओनोबीच भगिनी सम्बन्ध प्रक्रिया सुरु

नेपालको गुल्मी जिल्लाको मुसिकोट नगरपालिका र जापानको ओइताको बुङगोओनोबीच भगिनी सम्बन्ध स्थापना गर्ने प्रक्रिया अघि बढेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्