५ आश्विन २०८१ शनिबार
image/svg+xml

अवरुद्ध मुग्लिन–नारायणगढ सडकखण्ड सुचारु

मुग्लिन–नारायणगढ सडकखण्ड अन्तर्गत अवरुद्ध भएको सडक सुचारु भएको छ। इच्छाकामना गाउँपालिका ६ स्थित तोपेखोलामा फेरी सुख्खा पहिरो खस्दा शनिबार साँझ करिब पौने ८ बजेदेखि सडक अवरुद्ध भएको थियो।

चितवनको नारायणगढमा भीषण आगलागी

नारायणगढ बजारस्थित कमलनगर चोकमा भीषण आगलागी भएको छ। तुलसीराम सापकोटाको चार तले घरमा गए रातिदेखि लागेको आगो आज बिहान ७ बजे मात्र निभाइएको छ।

बुटवल–नारायणगढ सडकः ९० प्रतिशत समयमा १५ प्रतिशत मात्र काम

बुटबल–नारायणगढ सडक विस्तारको ठेक्का लिएर काममा ढिलासुस्ती गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले उल्टै दुई वर्ष म्याद थप गर्न माग गरेको छ। ठेक्का सम्झौतामा उल्लेखित समयको ९० प्रतिशत सकिँदा १५ प्रतिशत मात्र काम सकाएको चाइना स्टेट कन्सट्रक्सन कर्पाेरेसनले अर्को दुई वर्ष समय थपिदिन आग्रह गरेको हो।

तेलको ट्याङ्कर त्रिशूलीमा खस्याेः चालक र सहचालक सम्पर्कविहीन

ट्याङ्करको केही भाग मात्र पानी बाहिर देखिएको छ। घटना लगत्तै उद्धार र खोजी कार्यमा जुटेको उनले बताए।

बुटवल–नारायणगढ सडकखण्डको म्याद थप गर्न माग

निर्माणाधीन सो खण्डमा कोरोना सङ्क्रमण, लगातारको वर्षासँगै ‘साइट क्लिरियर’मा ढिलाइ भएपछि कम्पनीले दुई वर्ष समयावधी थप गर्न आग्रह गरेको हो।

एमाले महाधिवेशनः नारायणगढ–बुटवल राजमार्गमा ठूला सवारीसाधनमा रोक

सो सडकको दाउन्ने खण्डमा हुने जामलाई मध्यनजर गर्दै नवलपरासी (बर्दघाट–सुस्तापूर्व) र नवलपरासी (बर्दघाट–सुस्तापश्चिम) का सुरक्षा निकायका प्रमुखको बुधबार सम्पन्न बैठकले आज साँझ ६ बजेदेखि शुक्रबार (भोलि) राति १२ बजेसम्मका लागि ठूला सवारीसाधनको आवागमनमा रोक लगाउने निर्णय गरेको छ।

पहिरो पन्छाएपछि मुग्लिन सडक सञ्चालनमा, नारायणीले खतराको तह नाघ्यो

बिहीबारदेखि परेको अविरल वर्षाले पहिरो आएर अवरुद्ध भएको मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ।

'सडक भासिए पनि यातायात अवरोध छैन'

सामाजिक सञ्जाल र केही सञ्चारमाध्यममा आएझैं सडक भासिएकै कारण सवारी आवागमन नरोकिएको कार्यालयले जनाएको छ। कार्यालयका सूचना अधिकारी ई. शिव खनालका अनुसार सो ठाउँमा ३८ मिटर लामो भाग भासिएको छ। सो क्षेत्रमा बढीमा चार मिटर फराकिलो क्षेत्र भासिएको उनले जानकारी दिए। दुई मिटर गहिराइसम्म सडक भासिएको छ।

नारायणगढ–मुग्लिन सडकः खुल्दै बन्द हुँदै

वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुने शृङ्खला चलिरहेको छ। पहिरो पन्छाएर जाममा परेका सवारीले सडकखण्ड पार गर्न नपाउँदै अर्को पहिरो जाने समस्या यतिबेला बढेको हो।

पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक खण्ड फेरि अवरुद्ध

वर्षाका कारण सडकखण्डको भरतपुर महानगरपालिका वडा नं २९ मा पर्ने सेती दोभानमा पुनः पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए।

नारायणगढ–मुग्लिन सडकमा तीन दिनदेखि पहिरै पहिराे

निरन्तरको वर्षासँगै पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक खण्ड तीन दिनदेखि अवरुद्ध हुँदै आएको छ।

नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान साढे ५ बजे पहिरो खसेको सूचना आएसँगै त्यसतर्फ प्रहरी परिचालन गरिएको छ।

विपदमा छैन तयारीः पहिरोले राजमार्गका ठाउँठाउँमा अवरुद्ध

रुकुमबाट काठमाडौँ फर्कदै गरेका पत्रकार धनवीर दाहाल पहिरो छिचोल्दै मुस्किलले काठमाडौँ पुगे। ‘नारायणगढदेखि सानोठूलो गरी सात, आठवटा पहिरो पार गर्दै मुस्किलले यात्रा गरियो’, उनले भने, ‘यात्रा गर्दा पनि माथिबाट पहिरो खस्छ कि भन्ने डरैडरमा यात्रा गरियो।’ उनी मात्र होइन राजमार्गमा यात्रा गर्नेहरु कतिबेला पहिरो जाने हो भन्ने डरैडरमा यात्रा गर्न बाध्य छन्।

नारायणगढ–मुग्लिन सडक आजदेखि दिउँसो बन्द हुने

पहिरो रोकथामको बाँकी काम सम्पन्न गर्नका लागि नारायणगढ–मुग्लिन सडकखण्ड एक हप्ता दिउँसो बन्द गरिने भएको छ। आजदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो।

नारायणगढ–मुग्लिन सडक एक हप्ता दिउँसो बन्द हुने

पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ। फागुन २३ देखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो। नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्