२४ आश्विन २०८१ बिहीबार
image/svg+xml

अमेरिकी विश्वविद्यालयले खोस्यो नेपाली विद्यार्थीको छात्रवृत्ति

अमेरिकाको टेक्सास टायलर विश्वविद्यालयले नेपाली विद्यार्थीले पाउँदै आएको छात्रवृत्ति कटौती गरेको छ। पाइसकेको छात्रवृत्ति कटौती भएपछि अमेरिका जान ठिक्क परेका नेपाली विद्यार्थी अलपत्र परेका छन्।

शारदा विश्वविद्यालयद्वारा नेपाली विद्यार्थीलाई रोजगारीको लागि पहल

भारतको ग्रेटर नोयडामा रहेको शारदा विश्वविद्यालयको नेपालको लागि क्षेत्रीय कार्यालयले दोस्रो अभिभावक तथा एलुमुनाई भेला सम्पन्न गरेको छ।

भरतपुर महानगर र चिनियाँ विश्वविद्यालयबीच सम्झौता

भरतपुर महानगरपालिका र चीनको केन्द्रीय दक्षिण विश्वविद्यालयबीच शैक्षिक सहकार्यको सम्झौतासम्बन्धी पत्रमा मंगलबार हस्ताक्षर सम्पन्न भएको छ।

त्रिभुवन विश्वविद्यालय : धुम्रपान निषेधित क्षेत्र

त्रिभुवन विश्वविद्यालयले केन्द्रीय कार्यालय, महाशाखा, विभाग, अध्ययन संस्थान, डीन कार्यालय, आङ्गिक क्याम्पस र मातहतका निकायमा धुम्रपान निषेधित क्षेत्र तोक्न परिपत्र गरेको छ ।

प्रदेश सरकारले विश्वविद्यालय खोल्ने

कर्णाली प्रदेश सरकारले आफैं विश्वविद्यालय सञ्चालन गर्ने भएको छ। प्रदेशको आवश्यकतामा आधारित रहेर प्रदेश सरकार मातहत रहने गरेर विश्वविद्यालय सञ्चालन गरिने सामाजिक विकास मन्त्रालयले जनाएको छ। मन्त्रालयले तयार गरेको ‘कर्णाली प्रदेश शिक्षा ऐन–२०७४’ मा विश्वविद्यालय स्थापना गर्ने उल्लेख छ।

त्रिभुवन विश्वविद्यालयको स्वायत्ततामा प्रश्न

आश्चर्यको विषय के भने अहिले त्रिवि जुन अवस्थामा छ र यसले जुन समस्या भोगिरहेको छ, त्यसप्रति देशको राज्यव्यवस्था सञ्चालक र त्यस व्यवस्थाले जिम्मा दिएको त्रिविको कार्यकारी वर्ग उदासीन र अनुत्तरदायी भूमिकामा देखापरेको छ ।

पोखरा विश्वविद्यालयको १५ औं दीक्षान्त समारोहमा विद्यार्थी दीक्षित

पोखरा विश्वविद्यालयको पन्धौं दीक्षान्त समारोह सम्पन्न भएको छ। दीक्षान्तमा प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम भए पनि उनी उपस्थित हुन सकेनन्। पोखरामा भएको दीक्षान्तमा विभिन्न संकायका झण्डै ५ हजार बढी विद्यार्थी दीक्षित भएका छन्।

सुप विश्वविद्यालयमा रिले अनशन

महेन्द्रनगरस्थित सुदूरपश्चिमाञ्चल विश्वविद्यालय सुधारको माग गर्दै प्राध्यापक तथा कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। उनीहरुले रिले अनशन सुरु गरेका छन्।

विश्वविद्यालयको गलत अभ्यास

गैरशैक्षिक संस्थाहरुलाई विश्वविद्यालयको हातामा गतिविधि सञ्चालनका लागि जग्गा उपलब्ध गराउने त्रिभुवन विश्वविद्यालयको निर्णय नै गलत छ । त्रिविले जुन अभ्यास गरेको छ, यो आफैँमा लज्जाको विषय हो।

सुप विश्वविद्यालयमा तालाबन्दी

दूरपश्चिम विश्वविद्यालयका सवारी साधन दुरूपयोग गरिएको भन्दै अखिल क्रान्तिकारीले थालेको आन्दोलनको भोलिपल्टै सुदूरपश्चिम विश्वविद्यालयमा फेरि तालाबन्दी र धर्ना सुरू भएको छ। सुदूरपश्चिम विश्वविद्यालय आंगिक क्याम्पस समायोजन संघर्ष समितिले पुनः सोमबारदेखि विश्वविद्यालयको केन्द्रीय कार्यालय महेन्द्रनगरमा तालाबन्दी गर्नुका साथै धर्ना सुरू गरेको छ।

‘मुस्लिम छात्राका लागि महिला विश्वविद्यालय आवश्यक’

नेपालगन्जको पुरानो विद्यालय हो सरस्वती मावि । महिलाले मात्र अध्ययन गर्ने भएकाले मधेसी, मुस्लिम विद्यार्थीको पहिलो रोजाइमा पर्छ यो विद्यालय । सरस्वती माविमा कक्षा १ देखि १० सम्म ६ सय ९४ विद्यार्थी पढने गरेका छन् । त्यसमा १ सय ९९ जना अर्थात् २८ प्रतिशत विद्यार्थी मुस्लिम छन् । १० कक्षामा अध्ययनरत ७८ मध्ये १६ मुस्लिम छात्रा छन् ।

विश्वविद्यालयमा आक्रमण हुँदा ५ को मृत्यु

अफगाननिस्तानको राजधानी काबुलमा रहेको एक सैन्य विश्व विद्यालयमा आक्रमण हुँदा ५ जनाको मृत्यु भएको छ ।

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा विद्यावारिधी सुरु

मध्यपश्चिमाञ्चल विश्वविद्यालयले शुक्रबारदेखि व्यवस्थापन सङ्कायतर्फ विद्यावारिधी (पीएचडी) कार्यक्रमको सुभारम्भ गरेको छ।

हैजाको कारण विश्वविद्यालय बन्द

जाम्बियामा हैजाको प्रकोप बढेपछि यहाँको सवैभन्दा ठूलो विश्वविद्यालय शुक्रबार देखि बन्द गरिएको छ।  विश्वविद्यालय व्यवस्थापनले केही समयदेखि फैलिएको हैजाको प्रकोपका कारण विश्वविद्यालयमा पठन पाठनका साथै सवै काम कारबाही बन्द गर्ने घोषणा गरिएको स्पष्ट पारेको छ।

पूर्वाञ्चल विश्वविद्यालयमा तोडफोड, पुनः परीक्षाको माग

पूर्वाञ्चल विश्वविद्यालयको मोरङ गोठगाउँमा रहेको कार्यालयमा आज विद्यार्थीले तोडफोड गरेका छन्।  प्रश्नपत्र परीक्षा हुनुभन्दा अगाडि बाहिर आएको भन्दै आक्रोशित विद्यार्थीले पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत जिपी कोइराला कलेज (कृषि संकायको कार्यालय) गोठगाउँमा तोडफोड गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्