२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहमा सञ्चार अध्ययन

विगत १६ वर्षदेखि सो विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको विश्वविद्यालयको मानविकी सङ्कायअन्तर्गत भाषा तथा आमसञ्चार विभागले यसै शैक्षिकसत्रदेखि सञ्चार उद्यमशीलता, व्यवस्थापन र विशिष्टताका आयामहरू अध्यापनका लागि स्नातकोत्तरको भर्ना आह्वान गरिएकोे विभागका प्रमुख डा सुधाम्शु दाहालले जानकारी दिए।

विराटनगरकाे जनता आदर्श बहुमुखी क्याम्पसमा सामाजिक कार्य विषय पढाइ हुने

यही शैक्षिक सत्रदेखि क्याम्पसले सामाजिक कार्य विषयमा स्नातकोत्तर तहको पठनपाठन सुरू गर्ने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

विश्वविद्यालय बनेनन् प्राज्ञिक उन्नयन केन्द्र

देशमा बढ्दै गरेको शैक्षिक बेरोजगारी, परम्परावादी शिक्षा प्रणाली, शिक्षामा सिप र उद्यमशीलतालाई जोड्न नसक्नु आजको शिक्षाको प्रमुख चुनौती हो।

हामी उल्टो बाटो हिँडिरहेका छौँ: गगन थापा

‘हामी सुल्टो बाटो होइन, उल्टो बाटो हिँडिरहेका छौँ। हाम्रो संविधानले अनुसूची ९ मा शिक्षा तीनै तहको सरकारको अधिकार हो भन्यौँ। अनुसूची ५ ले केन्द्रीय विश्वविद्यालयलाई संघले हेर्ने र अनुसूची ६ ले प्रादेशिक विश्वविद्यालयलाई प्रदेशले हेर्ने भन्यो। संविधानले यी सबै व्यवस्था गरिसकेपछि हाम्रो यात्रा अघि बढाउनुपर्ने काममा हाम्रो संघीय विश्वविद्यालय थिए, छन्।'

उपमेयर डंगोलद्वारा धुलिखेल अस्पताल अवलोकन

काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनसँगै स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेको बताइन्। उनले महानगरपालिकाले आगामी दिनमा स्वास्थ्यसम्बन्धी कार्यहरूमा धुलिखेल अस्पतालसँग सहकार्य गर्दै अगाडि बढ्ने प्रतिबद्धता पनि जनाएकी थिइन्।

तालाबन्दी नखोली पियूका भिसी, रजिष्ट्रार र डीन विदेश सयरमा

पोखरा विश्वविद्यालयमा नेपाल विद्यार्थी संघले तालाबन्दी गरेको करिब एकमहिना भएको छ। जसका कारण विश्वविद्यालयको प्रशासनिक कार्य प्रभावित बनेको छ। तर विश्वविद्यालयका उपकुलपति, रजिस्टार र डीन भने तालाबन्दी खुलाउन पहल गर्नुको साटो विदेश सयरमा निस्किएका छन्।

थप विश्वविद्यालय चाहिन्छ र?

नयाँ विश्वविद्यालय स्थापना गर्नुभन्दा पहिला यस क्षेत्रका विविध विषयमा गहन छलफल आवश्यक छ।

एकीकृत समाजवादीका विद्यार्थीद्वारा त्रिवि उपकुलपतिको कार्यकक्ष तोडफोड

उपकुलपति कार्यालयबाहिर प्रहरी परिचालन गरेकाले विरोध स्वरुप तोडफोड गरेको अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले बताएका छन्। अनेरास्ववियूले त्रिविमा प्रश्नपत्र बाहिरिने, प्रश्नपत्र हुबहु हुने, आंगिक क्याम्पसले निजी क्याम्पस सर शुल्क लिने समस्या देखिएको भन्दै उपकुलपतिलाई ज्ञापन पत्र बुझाउन गएको पराजुलीले बताए।

विश्वविद्यालय विधेयक सर्वसम्मतिले स्वीकृत

राष्ट्रियसभामा मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक–२०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरिएको छ।

केयुमा खुल्यो मास्टर्स इन मिडिया स्टडिज कार्यक्रम

काठमाडौं विश्वविद्यालय (केयू) ले यसै वर्षदेखि अध्यापन सुरु गर्ने गरी मिडिया स्टडिज विषयमा स्नातकोत्तर कार्यक्रम सञ्चालनमा ल्याएको छ।

खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले खेलकुदको समग्र विकासका लागि खेलकुद सम्बन्धी छुट्टै विश्वविद्यालय स्थापना गरी व्यवस्थित अध्यापन हुनुपर्ने आवश्यकतालाई मध्यनजर गरी खेलकुद विश्वविद्यालयसम्बन्धी कार्यदल गठन गरेको छ।

प्रश्नपत्र हुबहु सम्बन्धमा छानविन गर्न समिति गठन

त्रिभुवन विश्वविद्यालय (त्रिवि)को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानविन समिति गठन गरेको छ।

केयूले आइआइटीएचसंग संयुक्त डिग्री कार्यक्रम चलाउने

काठमाडौं विश्वविद्यालय (केयू) ले भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरू इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी-हैदराबाद (आइआइटिएच) र इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजी-हैदराबादसँग मिलेर संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने भएको छ।

जेठ २८ गते बेलायती शैक्षिक मेला

अन्तर्राष्ट्रिय शैक्षिक गन्तव्य र विश्वविद्यालयका प्रतिनिधिसँग प्रत्यक्ष सम्पर्कसहित शैक्षिक जानकारी गराउने उद्देश्यले एसआई युके नेपालले यही जेठ २८ गते ‘दि लार्जेष्ट युके एजुकेशन फेयर २०२२’ को आयोजना गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्