७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

केयूले आइआइटीएचसंग संयुक्त डिग्री कार्यक्रम चलाउने

काठमाडौं विश्वविद्यालय (केयू) ले भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरू इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी-हैदराबाद (आइआइटिएच) र इन्टरनेसनल इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजी-हैदराबादसँग मिलेर संयुक्त डिग्री कार्यक्रम सञ्चालन गर्ने भएको छ।

यस सम्बन्धमा केयु र आइआइटिएच, आइआइआइटिएचबीच समझदारी र सम्झौताहरू भएका छन्। काठमाडौं विश्वविद्यालय तथा नेपालको स्वास्थ्य सेवाको आवश्यकता परिपूर्ति गर्न आगामी शैक्षिक सत्रदेखि नै संयुक्त डिग्री कार्यक्रमहरू सुरु हुने समझदारी तथा सम्झौता पत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राध्यापक भोला थापाले जानकारी दिए।

यसअन्तर्गत सञ्चालन हुने हेल्थ केयर टेक्नोलोजीको शैक्षिक कार्यक्रमहरूमा दुवै शैक्षिक संस्थाका प्राध्यापकबाट आधा आधा प्राध्यापन हुने, विद्यार्थी तथा भौतिक र वित्तीय स्रोतको आदान प्रदान हुने बताइएको छ। यस्तै इञ्जिनियरिङको क्षेत्रमा पनि संयुक्त डिग्री कार्यक्रम सञ्चालन हुने भएको छ। यसबाट दक्षिण एसिया क्षेत्रको लागि आवश्यक पर्ने सक्षम जनशक्ति उत्पादनमा सघाउ पुग्ने प्राध्यापक थापाले बताए।

स्वास्थ्य विज्ञानतर्फको शैक्षिक कार्यक्रम सुरुमा चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्सेज) को हेल्थ केयर टेक्नोलोजी इन्नोभेसन सेन्टरमा हुने बताइएको छ। एचटिआइसी अत्याधुनिक शैक्षिक तथा अनुसन्धान केन्द्र हुने र त्यसले नयाँनयाँ प्रविधि समेट्दै स्वास्थ्य क्षेत्रको अनुसन्धान अघि बढाउनेछ भने इन्कुबेसन र विकसित उत्पादनको बजारीकरणमा पनि सहजीकरण गर्नेछ।

एचटिआइसीले स्नातकोत्तरको शैक्षिक कार्यक्रम र पिएचडीको शोध कार्यक्रम पनि सञ्चालन गर्नेछ। स्नातकोत्तर कार्यक्रम र पिएचडी शोध चार पक्षीय संकायबाट सञ्चालन हुने भएको छ। सम्झौता अनुसार त्यस्ता विद्यार्थीको शैक्षिक प्रमाणपत्रमा चारवटै संस्थाको दस्तखत र छाप हुनेछ। एच आइटिसीले स्नातकोत्तर र पिएचडीका लागि आधारको भूमिका खेल्ने बताइएको छ।

प्रकाशित: २३ जेष्ठ २०७९ ०९:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App