११ मंसिर २०८१ मंगलबार
image/svg+xml

सनसनीपूर्ण जित

पाका खेलाडीको कमजोर प्रदर्शनलाई करण केसीको सनसनीपूर्ण ब्याटिङले छोप्दा बुधबार नेपालले क्यानाडामाथि १ विकेटको विजय हासिल गर्दै जिम्बाब्वेमा हुने विश्वकप छनोट प्रतियोगिता खेल्न पाउने भएको छ।

अविश्वसनीय प्रस्तावमा लोभिँदा फन्दामा

सामान्य चिनजान भएको युवकमाथि विश्वास गर्दा संखुवासभाकी एक महिलाको जीवन बरबाद त भयो नै, आफन्तको २१ लाखसमेत डुब्यो । कारण थियो अमेरिकी नागरिकलाई जीवनसाथी बनाउने लोभ । फेसबुकमा चिनजान भएका ती युवकले आफू ‘अमेरिकी आर्मी’ भनेर नक्कली परिचय दिएका थिए ।

बिन्दवासनीमा संघीय समाजवादीका उम्मेदवार ८ मतले विजयी

पर्साको बिन्दवासनी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार श्रीलाल मोदी ८ मतको झिनो मतान्तरले नेपाली काँग्रेसका उम्मेदवार चन्द्रकिशोर चौरसियालाई पराजित गरेका छन्। मोदीले जम्मा २ हजार ६ सय ९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्दी चौरसियाले २ हजार ६ सय १ मत ल्याएका हुन्।

बिन्दवासनीमा फोरम, कालिकामाईमा जनता पार्टी विजयी

पर्साको बिन्दवासनी गाउँपालिकामा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार श्रीलाल मोदी ८ मतको झिनो मतान्तरले नेपाली काँग्रेसका उम्मेदवार चन्द्रकिशोर चौरसियालाई पराजित गरेका छन् । मोदीले जम्मा २ हजार ६ सय ९ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी चौरसियाले २ हजार ६ सय १ मत ल्याएका हुन् ।

दुर्व्यसनी आरोपमा पक्राउ ३६ विरुद्ध मुद्दा दर्ता

उदयपुरमा दिनदिनै लागू औषध दुर्व्यसनी र कारोबारीको संख्यामा वृद्धि हुँदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले सातादिनमै ३ दर्जन दुव्र्यसनी र कारोबारी पक्राउ गर्नुका साथै ठूलो मात्रामा लागू औषध बरामद गर्नुले यस कुराको पुष्टि गरेको छ।

विज्ञापनले विवादमा सनी

भारतीय रियालिटी शो 'बीग बोस' हुँदै फिल्म 'जिष्म २'बाट बलिउडमा छिरेकी इन्डो क्यानेडियन पूर्व पोर्नस्टार बलिउडमा प्रवेश गरेदेखि नै चर्चा र विवादमा आइरहेकी छन्। फिल्मी अभिनयसँगै समय–समयमा विवादास्पद अभिव्यक्ति दिने सनी यसपटक पुनः विवादमा तानिएकी छन्। हालै मात्र एक कण्डमको विज्ञापन गरेकी सनीलाई सोही विज्ञापनले विवादमा ल्याएको छ।

न्युजिल्यान्डको सनसनीपूर्ण जित

कप्तान केन विलियम्सनले करियरको १५ औं सतक प्रहार गरेपछि न्युजिल्यान्डले सोमबार अन्तिम दिन उत्कृष्ट पुनरामगनमा बंगलादेशविरुद्ध पहिलो टेस्टमा ७ विकेटको जित हासिल गरेको छ।

भारतको सनसनीपूर्ण जित

इङ्ल्यान्डविरुद्ध पाँचौं टेस्टको अन्तिम दिन मंगलबार रविन्द्र जडेजाले ७ विकेट लिएपछि भारतले १ इनिङ र ७५ रनको विजय हासिल गरेको छ। पहिलो टेस्ट बराबरी खेलेको भारतले ५ खेलको शृंखलामा ४–० ले कब्जा जमायो।

श्रीलंकाविरुद्ध सनसनीपूर्ण प्रदर्शन

शतकलाई१० रन टाढा रहेका दीपेन्द्रसिंह ऐरीले अन्तिम ओभरको तेस्रो बलमा विकेट गुमाए पनि नेपाल एसिसी यु–१९ एसिया कप क्रिकेटमा बिहीबार आयोजक श्रीलंकासँग १ रनले पराजित भएको छ। अन्तिम ओभरमा नेपालमा जित पाउन ८ रनआवश्यक थियो।

अविश्वसनीय सरकार

भूकम्पप्रभावित क्षेत्रको पाँच वर्षमा पुनर्निर्माण सम्पन्न गरिसक्ने प्रतिबद्धता सरकारले जनाएकोमा एकतिहाइ समय सकिँदा प्रगति तीन प्रतिशतभन्दा पनि कम भएको छ। यति काम पनि सरकारी सहयोगमा भन्दा पीडित स्वयं र स्थानीयको अग्रसरतामा भएको देखिएको छ।

यसरी बनिन् सनी लियोनी पोर्नस्टार

पोर्नस्टार हुँदै बलिउड अभिनेत्री बनेकी सनी लियोनीलाई पोर्नस्टारलाई समाजले नायिकाको दर्जा दिँदैन भन्ने राम्रोसँग थाहा छ। पोर्नस्टारलाई समाजमा हेयका दृष्टिले हेरिन्छ भन्ने कुरा उनलाई राम्रोसँग हेक्का छ। यो सबै थाहा हुँदाहुँदै सनी आखिर किन पोर्नस्टार बनिन् ? सनीसँग के भएको थियो र उनले यस्तो कदम उठाइन?

मनाङमाथि संकटाका सनसनी

क्लब संकटाले शुक्रबारसशक्त प्रतिद्वन्द्वी मनाङ मस्र्याङ्दी क्लबलाई २–१ ले पराजित गर्दै विकास रनिङ सिल्ड फुटबल प्रतियोगिताको फाइनल सुरक्षित गरेको छ । कात्तिक १४ गते आइतबार हुने उपाधि भिडन्तमा संकटाले विभागीय टोली त्रिभुवन आर्मी क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यसपछि सनी लियोनको अश्लिल साइट बन्द हुन्छ!

हिन्दु जनजागरण समिति सनी लियोनको वेबसाइट विरुद्ध खरो रुपमा उत्रिएको छ। हिन्दु जनजागरण समितिले सनी लियोनको अश्लिल वेबसाइट भारतभर बन्द गर्न माग गर्दै आएको छ। सनी लियोनका अश्लिल बेवसाइट विरुद्ध समितिका कार्यकर्ताले आगामी दश सेप्टेम्बरमा राष्ट्रिय अभियान सुरु गर्ने भारतीय संचारमाध्यमले जनाएका छन्।

ओमरको सनसनी, लाभिलेनीको आँशु

छोटो दुरीका नयाँ सनसनीपूर्ण धावक ओमार म्याकलियोडले १ सय १० मिटर हर्डल्समा पदक जितेर जमैकाको गौरव थप गरेको दिन मंगलबार रियो ओलम्पिकमा दर्शकको दुर्व्यवहारका कारण फ्रान्सका पोलभल्ट स्टार रेनाउड लाभिलेनीले आँसुका साथ प्रतिस्पर्धास्थल छोडेका छन्।

काबुल बम हमलामा मारिएकलाई क्षतिपूर्ति दिन निर्देशन, सरकारको पहल 'प्रशंसनीय'

काठमाडौं–अन्तराष्ट्रि सम्बन्ध तथा श्रम समितिले अफगानिस्तानमा अात्मघाती बम अाक्रमणमा मारिएका परिवारलाई विनाभेदभाव राहात र क्षतिपूर्ति प्रदान गर्न सरकारलाई निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्