२१ आश्विन २०८१ सोमबार
image/svg+xml

अध्यादेश खारेज गरिएकाेमा ओलीको आपत्ति

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले संसद् चालू रहेका बेला अध्यादेश खारेज गरेकामा आपत्ति जनाएका छन्।

एकीकृत समाजवादीको जिल्ला कमिटी घोषणा

नेकपा (एमाले)बाट दल विभाजन गरी माधवकुमार नेपाल नेतृत्वमा गठन भएको नेकपा (एकीकृत समाजवादी)को डोटी जिल्ला कमिटी घोषणा गरिएको छ।

एमाले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजकमा भीम रावल

नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि बनेको कार्यदलको संयोजक भीम रावललाई तोकेको छ।

संसद्मा प्रतिपक्षको आवाज सुनिनुपर्छ: महेश बस्नेत

नेकपा (एमाले) का सांसद महेश बस्नेतले सार्वभौम संसद्ले प्रतिपक्षको आवाज सुन्नुपर्ने बताएका छन्।

एमालेको कर्मचारी संगठन फुटेपछि भवन कब्जा गर्न होड

२०६७ सालमा झलनाथ खनाल प्रधानमन्त्री भएका बेला तत्कालीन सरकारले निजामती कर्मचारी संगठनलाई कार्यालय भवन बनाउन १४ आना जग्गा भोगाधिकारको लागि दिएको थियो।

विधान मस्यौदाः एमालेमा ओलीलाई सहज अरुलाई असहज

‘अहिलेसम्मको अवस्था हेर्दा फेरि एकपटक नेतृत्वका लागि ओलीलाई नै सहज हुने देखिएको छ । दसाैँ महाधिवेशनमा ओलीले अध्यक्षका लागि उम्मेदवारी दिनेछन् । ओली अध्यक्षमा दोहोरिए अन्य आकांक्षीले नेतृत्वमा पुग्ने अवसर पाउने छैनन् ।’

ओलीको प्रतिवेदनमाथि असन्तुष्ट एमालेका भुसालले उठाए जबजमाथि प्रश्न

उपमहासचिव भुसालले जनताको बहुदलीय जनवाद ‘आँखा नदेख्नेले हात्ती छामेजस्तो’ हुन नहुने टिप्पणी समेत गरे।

एमालेको बैठक सम्पन्न, पहिलो पार्टी बनाउने निष्कर्ष

ललितपुरको गोदावरीस्थित सनराइज हलमा असोज १५ गते सुरु हुने विधान अधिवेशन ३ दिन चल्ने उनको भनाइ छ।

एमालेमा उमेर हद विवाद

नेकपा एमालेमा ७० वर्षे उमेर हद र पदाधिकारीबारे विवाद उत्पन्न भएको छ। विधान महाधिवेशनअघि बसेको केन्द्रीय कमिटी बैठकमा उमेर हद हटाउने कि राख्ने, पदाधिकारीको संख्या बढाउने कि प्रस्तावितलाई नै कायम गर्ने भन्ने विषयमा विवाद उत्पन्न भएको हो।

एमाले बैठकः टोली नेताद्वारा प्रतिवेदनमाथि सुझाव पेस गर्दै

नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा पेस गरिएका प्रतिवेदनमाथि टोली समूहका नेताले सुझाव प्रस्तुत गरिरहेका छन्।

पूर्वअर्थमन्त्री पौडेलको आरोपः सरकारले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा अवरोध गर्‍यो

उपमहासचिव पौडेलले सो विमानस्थलको दोस्रो चरणको काम तत्काल अघि बढाउन पनि सरकारसँग माग गरे। रुपन्देहीको भैरहवामा निर्मित उद्योग व्यापार संगठनको कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उनले सो विमानस्थलको कामलाई अघि बढाउनका लागि एशियाली विकास बैंक (एडीबी)सँग शिघ्र सम्झौंता गरेर बजेटको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई ढिलाई नगर्न सचेत गराए।

एमाले केन्द्रीय कमिटी बैठकः प्रस्तुत प्रतिवेनमाथि समूहगत छलफल जारी

नेकपा (एमाले)को जारी केन्द्रीय कमिटी बैठकमा प्रस्तुत राजनीतिक, साङ्गठनिक र विधान मस्यौदा प्रतिवेदनमाथिको छलफल जारी छ। प्रतिवेदनमाथि छलफल गर्न १० समूह विभाजन गरिएको छ।

एमाले बैठक : सुझावका लागि १० समूह

भूगोलका सात प्रदेशका सात तथा जनसङ्गठन, केन्द्रीय विभाग र विशेष प्रदेशका तीन गरी १० समूहले आफ्नो वितरित प्रतिवेदनमाथि छलफल गरी शनिबार दिउँसो १ बजे बस्ने अर्को बैठकमा टोली नेतामार्फत सुझाव पेश गर्ने सो पार्टीका प्रचारविभाग प्रमुख योगेशकुमार भट्टराईले जानकारी दिए।

ओली र दाहाललाई चुनावी चटारो

सार्वजनिक मञ्चहरूमा एकअर्काविरुद्ध गालीगलौजमा उत्रिएका एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालले आगामी चुनावलाई लक्षित गर्दै त्यसको तयारी थाल्न कार्यकर्तालाई निर्देशन दिएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्