२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

साँघुरिँदै निर्यातजन्य कृषि उत्पादनको बजार

नेपालका कृषि उपजले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धी क्षमता गुमाउँदैछन् । बेला बेलामा भारतीय व्यवसायीको अवरोध सहँदै आएको नेपाली कृषि उपज अहिले उतैको कानुनी प्रावधानको मारमा परेको छ । भारतीय पक्षबाट भइरहेको लगातारको अवरोधप्रति नेपाल सरकारको चरम उदासीनतासँगै उत्पादनको विविधीकरणमा भइरहेको ढिलाइले निर्यातजन्य कृषि उत्पादनको बजार साँघुरिँदै गएको हो।

अमेरिकामा निर्यात व्यापार बढाउने अवसर

नेपाली वस्तु निर्यातमा अमेरिकी सरकारले दिएको सहुलियतको उच्चतम सदुपयोग गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । पेभिलियन ग्रुप र नेपालस्थित अमेरिकी राजदूतावासले मंगलबार संयुक्तरुपमा आयोजना गरेको कार्यक्रममा बोल्ने वक्ताहरुले सहुलियतबाट ठूलो फाइदा लिने अवसर रहेको बताए ।

उत्तर कोरियालाई  चीनले इन्धन निर्यातमा कटौती गर्ने

उत्तर कोरियालाई इन्धन निर्यात गर्दै आइरहेको चीनले निर्यातमा कटौती गर्ने भएको छ ।  चीन सरकारले अक्टोबर महिनाको सुरूवात देखि नै उत्तर कोरिया निर्यात गर्दै आइरहेको पेट्रोलियम पदार्थको निर्यातमा कटौती गरिने बताउँदै आएको थियो।

कृषि तथा पशुजन्य वस्तु चीन निर्यात गर्न पहल गरिने

नेपालमा उत्पादन भएको कृषि तथा पशुजन्य वस्तु छिमेकी देश चीनमा निर्यात गर्नका लागि पहल गरिने भएको छ। देशमा जनशक्ति र प्रविधिको व्यवस्थापन हुन नसक्दा पशुजन्य सामग्री बाहिरी देश निर्यात गर्न कठिनाई भएकाले पशुपंक्षी मन्त्रालयले आवश्यक पहल गर्न लागेको हो।

रोकिएन विदेशी कार्टुनमा जुम्ली स्याउ निर्यात

जिल्ला कृषि विकास कार्यालय जुम्लाले अनुदानमा उपलब्ध गराउने अर्गानिक जुम्ली स्याउ लेखिएको कार्टुन स्याउ किसानसम्म नपुग्दा किसानले विदेशी कार्टुनमा जुम्लाको स्याउ निर्यात गर्नुपरेको छ । विदेशी कार्टुनमा स्याउ निर्यात भएकै कारण जुम्लाको स्याउ र विदेशी स्याउबीचको भिन्नता छुट्याउन गाह्रो पर्ने गरेको व्यवसायी बताउँछन्।

कार्पेट निर्यात शून्यतातिर

कुनै समय मुलुककै सबैभन्दा ठूलो निर्यात हुने वस्तु बनेको कार्पेट दुई दशकबीचमा शून्यतातर्फ मोडिएको छ। २० वर्षको अवधिमा कार्पेट निर्यात २८ लाख वर्गमिटरले खुम्चिएको हो।

आयात – निर्यातमा  एसएसबीको अवरोध

बेलहिया नाकामा भारतीय पक्षले सुरक्षा सतर्कता भन्दै जाँच कडा बनाएपछि त्यो बाटो हुने नेपालको आयात–निर्यात प्रभावित भएको छ । दुई साताअघि सुरु भएको नाकामा निगरानी र कडाइ केही खुकुलो भएपछि राहत महसुस गरेका व्यवसायी अहिले पुनः कडाइ भएपछि निराश छन्।

व्यापार रणनीतिकै वस्तुको निर्यात घट्यो

राज्यले निर्यात प्रवर्द्धन गर्न तयार पारेको नेपाल व्यापार एकीकृत रणनीति (एनटिआइएस) को सूचीमै रहेका वस्तुको निर्यात घटेको छ। चालु आर्थिक वर्षको नौ महिनामा उक्त सूचीमा राखिएका वस्तुमध्ये धेरैको निर्यात घटेको हो। एनटिआइएसमा रहेका वस्तुमा तीनवटा बाहेक अरु सबैको निर्यात घटेको छ।

पाँच वर्षमा दश अर्बको चिया निर्यात

अर्बौंको कृषिजन्य वस्तु आयात भइरहेको अवस्थामा चिया निर्यातले भने कृषि क्षेत्रमा आशा जगाएको छ। चिया उत्पादन वृद्धि हुँदै गएपछि हरेक वर्ष चिया निर्यात बढ्दै गएको हो।

त्रिभुवन विमानस्थलबाट आयात-निर्यात ठप्प

व्यवसायी आन्दोलनको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) बाट हुने आयात–निर्यात ठप्प भएको छ। नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडले कार्गो व्यवस्थापनको शुल्क १३ गुणासम्म वृद्धि गरेपछि शुल्क घटाउन माग गर्दै आयात–निर्यातकर्ता आन्दोलित भएका हुन्।

भारतमा लोकप्रिय नेपाली कत्थाको निर्यात स्वात्तै घट्यो

अघिल्लो आर्थिक वर्षमा ५६ करोडभन्दा धेरैको निर्यात भएको कत्था गत वर्ष जम्मा २४ करोडको मात्र।

नेपालबाट २६ देशमा रिट्ठा निर्यात

नेपालमा प्राकृतिक स्रोतका रुपमा वन जंगलमा पाइने रिट्ठा विदेशमा अत्यधिक माग हुने वस्तुमध्येमा परेको छ । देशमै व्यावसायिक उत्पादनका सम्भावना रहेको यो बनपैदावार अमेरिका, युरोप लगायत देशमा कच्चा पदार्थको रुपमा माग हुने गरेको हो ।

५० प्रतिशतले बढ्यो मूर्ति निर्यात

नेपालको परम्परागत संस्कृतिसँग जोडिएका कलात्मक धातुजन्य (मेटल) मूर्तिको अन्तर्राष्ट्रिय बजार बढ्दै गएको छ। साना उद्योगलाई टेवा पुर्‍याउँदै गत आर्थिक वर्षमा धातुजन्य मूर्तिको निर्यात ५० प्रतिशतले बढेको छ।

२ अर्ब २० करोडको खोटो निर्यात

देशबाट खोटो र यसबाट बन्ने तेलको निर्यात बढ्दै गएको छ। देशका विभिन्न जिल्लामा सल्लाको रुखबाट संकलन गरिने खोटो छिमेकी देशमा निर्यात हुँदै आएको छ।

असन्तुलित आयात-निर्यात

चालु आर्थिक वर्षको प्रथम चौमासिकको व्यापार घाटाको आँकडाले देशको खराब अर्थतन्त्र र परनिर्भरताको भयानक तस्बिर प्रस्तुत गरेको छ। यो अवधिमा नेपाललाई अन्तर्राष्ट्रिय व्यापारमा २ खर्ब ७७ अर्ब २ करोड रुपैयाँ घाटा भएको छ। भन्सार विभागको तथ्यांकअनुसार गत साउनदेखि कात्तिकसम्ममा ३ खर्ब १ अर्ब ९३ करोडका वस्तु विभिन्न मुलुकबाट आयात भएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्