सडकमार्गले नजिकिँदै चीन, १३ योजनालाई तीव्रता
नेपालले उत्तरी छिमेक चीनसँग सडक सञ्जालबाट नजिकिने रणनीति कार्यान्वयन अघि बढाएको छ। गत वर्ष भारतले लगाएको अघोषित नाकाबन्दीपछि चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्न पारवाहन सम्झौता गरेको सरकारले चीनका १३ नाकासम्म सडक पुर्याउन लागेको हो।