हामी पाकिस्तानको साथमा छौं : चीन
आर्थिक सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि चीनले आफू पाकिस्तानको साथमा रहेको बताएको छ। पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासका प्रवक्ता लिजिएन जिआओले ट्वीटमार्फत चीन सधै पाकिस्तानको साथमा रहेको र सहयोग जारी राख्ने बताए। उनले भनेका छन्– ‘पाकिस्तानले चरमपन्थीको सामना गर्न कैयौं प्रयास र योगदान गरेको छ। अन्तर्राष्ट्रिय स्तरमा चरमपन्थीविरोधी गतिविधीमा पनि पाकिस्तानले महत्वपूर्ण योगदान दिएको छ र अन्तर्राष्ट्रिय समुदायले यसको जानकारी लिनु जरुरी छ।’