१७ जेष्ठ २०८१ बिहीबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनका राष्ट्रपति लाओसको औपचारिक भ्रमणमा

लाओस –चीनका राष्ट्रपति सि जिनपिङ सोमबार औपचारिक भ्रमणका लागि लाओस आइपुगेका छन्।

दुई समाजवादी मुलुकका बीचमा दुईपक्षीय सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले भ्रमण भएको अधिकारीहरूले बताएका छन्।
 
दक्षिणपुर्वी छिमेकी देश लाओसमा चीनका राज्य प्रमुखको यो भ्रमण ११ बर्षपछि भएको पहिलो भ्रमण हो।
 
राष्ट्रपति सिले ‘लाओ पिपलस् रिभोलुस्नरी पार्टी’का महासचिव तथा लाओसका राष्ट्रपति बौन्हाङ भोराचीटसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
 
त्यसैगरी प्रधानमन्त्री थोङलोउन सिसौलिथ र संसदका अध्यक्ष पानी याथोतुलाई पनि राष्ट्रपति सिले औपचारिक भेटबार्ता गर्ने भ्रमण तालिका रहेको अधिकारीहरुले जानकारी दिएका छन्। 

चिनिया कम्युनिष्ट पार्टीका महासचिव समेत रहेका राष्ट्रपति सीले लाओसको विमानस्थलमा ओर्लिएपछि लिखित मन्तव्य दिँदै लाओसको सरकार, सत्तारुढ पार्टी र लाओसका जनताप्रति चिनिया कम्युनिष्ट पार्टी, चिनिया सरकार र चिनिया जनताको तर्फबाट बन्धुत्वको शुभकामना व्यक्त गरे। 

कम्युनिष्ट नेतृत्वको समाजवादी देश भएकाले दुवै देशबीचमा साच्चिकैको असल मित्रता रहेको बताउदै उनले भने, “असल छिमेकी, साथी, सहयोगी र साझेदारीता छ।” 

दुई देशको कुटनीतिक संवन्ध स्थापना भएको ५६ बर्षदेखि नै परम्परागत रुपमा असल छिमेकी, असल मित्र र असल सम्वन्ध रहेको र त्यसलाई अझ बलियो बनाउदै लगिने उनले बताए। 
उहाँलाई भियतनामका बरिष्ठ नेताहरु र राज्य नेताहरुले विमानस्थलमा स्वागत गरेका थिए। 

यसैबिच, सोमबार नै भियतनामको भ्रमण गर्नु भएका चिनिया राष्ट्रपति सिले चीन र भियतनामको पार्टी, पार्टी र राज्य, राज्यकाबीचमा अत्यन्तै राम्रो सम्वन्ध रहेको बताएका छन् । 
उनले भियतनामको कम्युनिष्ट पार्टीका महासचिव नगुयेन फु ट्रोङसँग सोमबार नै भेटबार्ता गरेका छन्। 

प्रकाशित: २७ कार्तिक २०७४ १४:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App