१९ आश्विन २०८१ शनिबार
image/svg+xml

मंगलबारबाट गणेशमान सिंह टेनिस

स्वर्गीय नेता सिंहको स्मृतिमा ललितपुर सातदोबाटोस्थित टेनिस कोर्टमा आयोजना हुने प्रतियोगितामा सिनियरतर्फ पुरुष र महिला तथा जुनियरतर्फ जुनियर छात्र तथा छात्रा गरी विभिन्न २३ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

बिहीबारबाट उपमेयर कप

दोस्रो संस्करणको उपमेयर कप महिला राष्ट्रिय फुटबल प्रतियोगिता बिहीबारबाट सुरु हुँदै छ। सातदोबाटोस्थित एन्फा मुख्यालयमा हुने उद्घाटन खेलमा महालक्ष्मी नगरपालिका र बाग्मती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।

कोठामै क्लब बढुवाको खबर सुनेपछि

सातदोबाटोका कप्तान वसन्तलाई, आफ्नो क्लब ‘ए’ डिजिभनमा बढुवा हुने आशा थियो, तर शनिबार खुमलटार र श्री भगवतीबीचको खेलपछि नै आफूहरूको ‘ए’ डिभिजन सपना साकार हुन्छ भन्ने कल्पना गरेका थिएनन्। क्लब ‘ए’ डिभिजनमा बढुवा भएको खबर पाएसँगै उनले आफ्नी आमालाई अंकमाल गर्दै खुसीको आँसुका साथ क्लबको बढुवाको खुसीयाली बाँडे।

‘बी’ डिभिजिन लिग: सातदोबाटोको अपराजित यात्रा कायमै

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न खेलमा सातदोबाटोको अपराजित यात्रालाई निरन्तरता दिन दोर्जे तामाङले निर्णायक गोल गर्दा आरसिटीको जितमा अजित गुरुङले गरेको गोल नै पर्याप्त बनेको थियो। सातदोबाटोलाई जित दिलाउन पेनाल्टीबाट खेलको २५औं मिनेटमा गोल भएको हो।

फर्कियो ‘बी’ डिभिजन लिग: खुमलटार र नयाँ बस्तीको सुखद सुरुआत

कोरोना भाइरस महामारीका कारण करिब १ वर्ष स्थगित भएको सहिद स्मारक ‘बी’ डिभिजन लिग फर्कंदा नयाँ बस्ती युथ क्लब र खुमलटार युथ क्लबले सुखद सुरुआत गरेका छन्। लिगअन्तर्गत सोमबार एन्फा मुख्यालय सातदोबाटोको मैदानमा भएको दिनको दोस्रो खेलमा खुमलटारले पुलचोक स्पोर्ट्स क्लबमाथि ५–२ को जित हात पारेको हो।

सातदोबाटो पहिलो पटक रोकियो

सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार ब्वाइज युनियन क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी) तथा सातदोबाटो र झम्सीखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

चौथोपल्ट म्याद थपेपछि चौडा बन्दै

चारपल्ट म्याद थपेपछि मात्रै लगनखेलदेखि सातदोबाटो जोड्ने मुख्य सडक विस्तारले तीव्रता पाएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अहिले सडक आसपासका स्थानीयलाई मुआब्जा दिएर सडक चौडा गरिरहेको छ।

अन्तिम चार टोलीको टुंगो

सातदोबाटो युथ क्लबले सोमबार सहिद स्मारक ‘बी’ डिभिजन लिगको फाइनल चरणमा स्थान बनाएसँगै अन्तिम चरणका लागि चार टोलीको टुंगो लागेको छ।

ब्वाइज युनियनले खाता खेल्यो

खुमलटार युथ क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार दोस्रो पराजय भोग्दा ब्वाइज युनियनले सातदोबाटो क्लबसँग बराबरी खेल्दै अंकतालिकामा खाता खोलेको छ।

सातदोबाटोमा सेञ्चुरी बैंक

सेञ्चुरी कमर्सियल बैंकले ललितपुरको सातदोबाटोमा शाखा खोलेको छ । बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले उक्त शाखा उद्घाटन गरेको बैंकले विज्ञप्तिमार्फत जानकारी गराएको छ।

सातदोबाटोमा मिडिया सेन्टर

युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार सातदोबाटोमा निर्मित मिडिया सेन्टरको उद्घाटन गरेका छन्।

‘सातदोबाटो–गोदावरी सडकखण्ड विवादित छ’

जिम्मेवारी बोध भइरहेको छ । एक हिसाबले खुसी पनि लागिरहेको छ । लामो समयदेखि दुःख पाउँदै आएका नगरवासीको थोरै भए पनि समस्या हल गर्न पाएको छु । जनता र राज्यबीच बसेर विकासका काम गर्न पाएको छु । यसले निकै दायित्वबोध पनि गराएको छ । स्थानीय तहको चुनाव नहुँदासम्म कर्मचारीले सकभर जनताको अत्यावश्यक काम गर्न समेत पन्छिने वा विभिन्न बहानाबाजी गरेर छल्ने गर्थे । जनप्रतिनिधि आएपछि कर्मचारीको व्यवहारमा पूर्ण रूपमा परिवर्तन आएको छ । जनप्रतिनिधि आएपछि जनताले सरल र सहज ढंगले सेवा पाइरहेका छन् । कानुन अभावमा केही कार्यसम्पादन गर्न असहज त पक्कै छ ।

दक्षिण एसियाली छनोट सातदोबाटोमा

अखिल नेपाल लन टेनिस संघ (एएनएलटिए) ले जेठको सुरुआतबाट आइटिएफ एसियाली यु–१२ टिम च्याम्पियनसिपको दक्षिण एसियाली छनोट प्रतियोगिता गर्ने भएको छ। सातदोबाटोस्थित लन टेनिस कोर्टमा जेठ १ मा सुरु हुने प्रतियोगिता ६ दिनसम्म चल्नेछ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्