१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

सातदोबाटोमा मिडिया सेन्टर

काठमाडौं – युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्माले बिहीबार सातदोबाटोमा निर्मित मिडिया सेन्टरको उद्घाटन गरेका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) मन्त्री विश्वकर्माले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा छुट्टै भवन निर्माण गरी स्थापना गरिएको मिडिया सेन्टरको उद्घाटन गरेका हुन। उद्घाटनसँगै पूर्वाञ्चलमा सम्पन्न सातौं राष्ट्रिय खेलकुदको वृत्तचित्र पनि प्रदर्शन गरिएको थियो।

मिडिया सेन्टरमा हाल ६ वटा कम्प्युटर राखिए पनि राखेपका सदस्य–सचिव केशवकुमार विष्टले आवश्यकताअनुसार अन्य सुविधा थप्दै जाने बताए। उद्घाटनपछि मन्त्री विश्वकर्माले राष्ट्रिय टिम तयारीमा रहेका केही खेलाडीसँग अन्तरक्रिया गरेका थिए।

प्रकाशित: १६ चैत्र २०७४ ०३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App