७ वैशाख २०८१ शुक्रबार
खेल

मंगलबारबाट गणेशमान सिंह टेनिस

गणेशमान सिंह फाउन्डेसन र वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको संयुक्त आयोजनामा कात्तिक ९ गते मंगलबारबाट वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिता हुने भएको छ।

स्वर्गीय नेता सिंहको स्मृतिमा ललितपुर सातदोबाटोस्थित टेनिस कोर्टमा आयोजना हुने प्रतियोगितामा सिनियरतर्फ पुरुष र महिला तथा जुनियरतर्फ जुनियर छात्र तथा छात्रा गरी विभिन्न २३ विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ। 

प्रतियोगितामा सिनियरतर्फ पुरुष एकल र युगल, महिला एकल र युगल, पुरुष ३५ वर्षमाथि उमेरसमूहतर्फ एकल र युगल, पुरुष ४५ वर्षमाथि उमेरसमूहतर्फ एकल र युगल, पुरुष ५५ माथि उमेरसमूहमा एकल र युगलका खेल हुनेछन्।

यस्तै छात्र तथा छात्रातर्फ ८,९, १०,१२ र १४ वर्षमुनि उमेर समूह गरी १० विधामा प्रतिस्पर्धा हुनेछ। त्यस्तै छात्र तथा छात्रा खुला युगल गरी थप दुई विधामा प्रतिस्पर्धा हुनेछ। 

प्रतियोगितामा पुरुष र महिलातर्फका विजेताले नगद ८० हजार, उपविजेताले ४० हजार र तेस्रो हुनेले २० हजार रूपैयाँ हात पार्नेछन्।त्यस्तै युगलतर्फ पुरुष र महिला विधाका विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार रूपैयाँ प्राप्त गर्नेछन्। 

प्रकाशित: ५ कार्तिक २०७८ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App