२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

सातदोबाटो पहिलो पटक रोकियो

काठमाडौं – सहिद स्मारक ‘बी’ डिभिजन लिगमा मंगलबार ब्वाइज युनियन क्लब र रानीपोखरी कर्नर टिम (आरसीटी) तथा सातदोबाटो  र झम्सीखेल युथ क्लबले बराबरी खेल्दै अंक बाँडेका छन्।

ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्समा मंगलबार भएको दिनको पहिलो खेलमा ब्वाइज युनियनले आरसिटीसँग २–२ तथा सातदोबाटो र झम्सीखेलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन्। छैटौं चरणको खेलअन्तर्गत मंगलबार आरसिटीले ब्वाइज युनियनविरुद्ध तेस्रो मिनेटमा अग्रता लिएको थियो। अजित गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। प्रतिस्पर्धात्मक भएको खेलमा ब्वाइज युनियनका कप्तान टंकबहादुर सिङ्दान गोल गर्दै खेल बराबरीमा ल्याए। २४औं मिनेटमा राकेश हमालले आत्मघाती गोल गर्दा ब्वाइज युनियनले अग्रता पाएको थियो। तर, ३५औं मिनेटमा आरसिटीका नवीनमान कर्माचार्यले गोल गर्दै खेल २–२ को अवस्थामा ल्याए।

मंगलबारको खेलसँगै सातदोबाटोले जारी लिगमा पहिलो पटक अंक बाँडेको छ। यस अघि सम्पन्न सबै खेलमा स्पष्ट जित निकालेको सातदोबाटोको ६ खेलबाट १६ अंक भएको छ।

त्यसपछि दुवै टोली स्पष्ट जितका लागि खेले पनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा अंक बाँडेका हुन्। बराबरीसँगै ब्वाइज युनियनले ६ खेलबाट तालिकामा ८ अंक जोडेको छ। आरसिटीले ६ खेलबाट ६ अंक नै जोडेको छ। अर्को खेलमा झम्सीखेलले १०औं मिनेटमा लिएको अग्रतालाई अन्तिम १९ मिनेट कायम राख्न नसक्दा अंक बाँडेको हो। झम्सीखेलले भुवन राईको गोलबाट अग्रता लिएको थियो। सातदोबाटोले ७१औं मिनेटमा गोल गर्दै खेल बराबरी ल्याएको थियो। वीरेन्द्र लिम्बुले गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए। मंगलबारको खेलसँगै सातदोबाटोले जारी लिगमा पहिलो पटक अंक बाँडेको छ। यस अघि सम्पन्न सबै खेलमा स्पष्ट जित निकालेको सातदोबाटोको ६ खेलबाट १६ अंक भएको छ। यता ६ खेलबाट ६ अंक जोडेको झम्सीखेल सातौं स्थानमा उक्लिएको छ। झम्सीखेलको यो तेस्रो बराबरी हो।

कोरोनाले एन्फाको कार्यतालिका प्रभावित
मंगलबार दुई खेल भए पनि एन्फाले साताका लागि ‘बी’ डिभिजनका खेल स्थगित गरेको छ। एन्फाले मंगलबार विज्ञप्ति जारी गर्दै एक साताका लागि खेल स्थगित गरिएको जनाएको हो। एन्फाले अर्को सूचना नआएसम्मका लागि स्थगित भएको जनाएको छ।  मंगलबार नै राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले एक साता सम्पूर्ण खेल गतिविधि बन्द गर्न निर्देशन दिएसँगै खेल स्थगित भएका हुन्। सोही निर्देशनअनुसार ‘बी’ डिभिजन लिगका खेल पनि आगामी चैत १२ गतेसम्मका लागि स्थगित भएका छन्। एन्फाले आफ्नो कार्यालय पनि एक साताका लागि बन्द रहने जनाएको छ। साथै एन्फाको १९औं वार्षिक साधारणसभा बैठक पनि स्थगित भएको छ। चैत १६ गतेका लागि तय भएको साधारणसभा स्थगित गरिएको एन्फाले विज्ञप्तिमार्फत जानकारी गराएको हो। कोरोनाको संक्रमणलाई देखाएर फिफा र एएफसीका प्रतिनिधि नआउने भएपछि साधारण सभा रोकिएको हो।

प्रकाशित: ५ चैत्र २०७६ ०१:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App