२२ असार २०८१ शनिबार
image/svg+xml

फेरि संशोधन भयो कांग्रेस अधिवेशन तालिका

कात्तिक १० देखि १२ सम्म प्रदेश अधिवेशन र मंसिर ९ देखि १३ सम्म काठमाडौंमा गर्ने केन्द्रीय महाधिवेशनको समयतालिका भने कांग्रेसले अहिलेसम्म यथावत् राखेको छ।

अन्योलबीच कांग्रेस अधिवेशन आजबाट

संस्थापन इतरका नेताहरूले १४औं महाधिवेशनमा सहमतिमै सभापतिमा एकजनाले मात्रै उम्मेदवारी दिने दाबी गरेका छन् ।

कांग्रेस महाधिवेशन निर्धारित समयमै हुन्छ : डा महत

“नेपाली जनताले पाँच वर्षका लागि निर्वाचित गरेर पठाएको कम्युनिष्ट सरकार आफैं सत्ताको तानातानमा लागेको र जनअपेक्षाअनुसार काम गर्न नसकेपछि नेपाली नागरिकको चाहनाबमोजिम नै यो सरकार आएको हो।”

थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक

सत्तारुढ दल नेपाली काङ्ग्रेसको निर्वाचन समितिले थप पाँच जिल्लाका क्रियाशील सदस्यको नाम सार्वजनिक गरेको छ।

चार दिनदेखिको रिले अनशन तोड्दै कांग्रेसका जिल्ला सभापतिहरु

क्रियाशील सदस्यता सूची सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवारका बारेमा बनाइएको दोहोरो मापदण्ड खारेज गर्नुपर्ने लगायतका माग राखेर जिल्ला सभापतिहरु अनशनमा बसेका थिए।

काँग्रेसका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित

नेपाली काँग्रेसले १४औँ महाधिवेशनका लागि केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले कार्यसम्पन्न गरेका ४८ जिल्लाका क्रियाशील सदस्यताको नामावली प्रकाशित गरेको छ।

क्रियाशील सदस्यता विवाद टुङ्गिएसँगै कांग्रेस महाधिवेशनमा अग्रसर

नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुङ्गिएको छ। क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुझाइएको छ।

सभापतिमा आ–आफ्नै दाबी

बैठकमा सहभागी नेता बलबहादुर केसीले सभापति देउवाको नेतृत्वमा नेपाली कांग्रेस इतिहासकै कमजोर बनेको र त्यसबाट पार्टीलाई जोगाउन एकताबद्ध भएर महाधिवेशनमा जानुपर्छ भन्नेमा सभापतिका आकांक्षीहरू रहेको बताए ।

कांग्रेस महाधिवेशन: भदौमै गरौं, होइन मंसिरमा

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्।

क्रियाशील सदस्यतामै अलमलियो कांग्रेस

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताबीच बुधबार भएको छलफलमा २/३ दिनभित्र विवाद समाधान गर्ने सहमति भएको छ। तर संगठन समायोजनका नाममा संस्थापन पक्षले जथाभावी सदस्यता वितरण गरेको र त्यस्ता सदस्यता कुनै पनि हालतमा मान्य नहुने अडान संस्थापन इतर पक्षले राखेपछि समस्या समाधान असहज देखिएको छ।

काँग्रेसका तीन शीर्ष नेताबीच सहमति : क्रियाशील सदस्यता विवाद तीन दिनभित्र टुंगो लाग्ने

नेपाली काँग्रेसले क्रियाशील सदस्यता विवादलाई तीन दिनभित्र टुंगो लगाउने भएको छ। सदस्यताबारे काँग्रेसमा देखिएको विवाद समाधानका लागि बसेको बैठकले विवाद टुंगो लगाउने सहमति गरेको छ।

कांग्रेसकाे क्रियाशील सदस्यताको विवाद मिलाउन समय थपियाे

नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता विवरणमा नमिलेका विषयमा सहमति कायम गर्न क्रियाशील सदस्यता छानबिन समितिलाई एक दिनको समय थप गरेको छ।

कांग्रेसको १४औँ महाधिवेशन : आठ लाख ५२ हजारलाई क्रियाशील सदस्यता

नेपाली कांग्रेसले देशभरका आठ लाख ५२ हजार ७११ जनालाई क्रियाशील सदस्यता प्रदान गरेको छ।

क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै आमरण अनशन

नेपाली कांग्रेसको क्रियाशील सदस्यतामा धाँधली भएको भन्दै पार्टी केन्द्रीय कार्यालयमा आमरण अनशन सुरु गरिएको छ।

क्रियाशील सदस्यता छानबिन समितिको प्रवक्तामा पौडेल

नेपाली कांग्रेस क्रियाशील सदस्य छानबिन समितिको प्रवक्ताको जिम्मेवारी केन्द्रीय सदस्य प्रदीप पौडेललाई दिइएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्