५ मंसिर २०८१ बुधबार
image/svg+xml

पीपीएलको तयारी, घरेलु टिममा दुई जना पोखरेली खेलाडी अनिवार्य

दशैं लगत्तै शुरु हुने पोखरा प्रिमियर लिग (पीपीएल) को लागि पोखरेली खेलाडीले पनि आफ्नो सहभागिता जनाउन सक्ने छन्। ६ फ्रेन्चाईज सहरमध्ये पोखराबाट अनिवार्य दुईखेलाडीलाई राख्नुपर्ने प्रावधान आयोजकले राखेपछि खेलाडीले आफ्नो क्षमता देखाउने अवसर पाउने छन्।

थप जग्गा अधिग्रहण गरिँदै

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप जग्गा अधिग्रहण गर्ने तयारी सुरु भएको छ।

पोखरा विश्वविद्यालयका विद्यार्थी आन्दोलित

पोखरा विश्वविद्यालयका विद्यार्थीहरु आन्दोलित भएका छन्। विश्वविद्यालयले भर्नामा असमान व्यवस्था गरेको, जथाभावी शुल्क वृद्धि गरेको लगायतका माग राखी विद्यार्थीहरु आन्दोलित भएका हुन्।

शाक्यको पोखराको रिसोर्टका कित्ता सरकारी जग्गा भित्र पनि

फेवाताल किनारमा विवादित पर्यटन व्यवसायी कर्ण शाक्यले निर्माण गरेको होटल वाटर फ्रन्टका केही कित्ता सार्वजनिक जमिनमा समेत देखिएका छन्।

डा. केसीको समर्थनमा पोखरामा प्रदर्शन

स्वास्थ्य क्षेत्रमा सुधारको माग राखेर अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा पोखरामा शनिबार दवाव र्‍याली निकालिएको छ। नागरिक समाज, व्यापारी, स्वास्थ्य क्षेत्रका पदाधिकारी, विद्यार्थी, सर्वसाधारण सहभागि र्‍यालीले केसीको माग पुरा गर्न सरकारलाई दवाव दिएको थियो।

पोखरा विमानस्थलको निर्माण समयमै सम्पन्न हुन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम समयमै सम्पन्न हुने बताएका छन्।

सौराहा–पोखरा सुविधा सम्पन्न बस सञ्चालन गरिने

सौराहाबाट पोखरा र पोखराबाट सौराहाका लागि सुविधा सम्पन्न पर्यटक बस सञ्चालनमा ल्याइने भएको छ।

२१ दिनदेखि बेपत्ता पोखरा महानगरपालिकाका महाशाखा प्रमुख पौडेलको शव फेला

पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेलको शव आज बिहान करीब ८ बजेको समयमा तनहुँमा भेटिएको छ।

अवरुद्ध पोखरा–बागलुङ सडक सञ्चालन

अविरल वर्षासँगै सडक माथिबाट खसेको पहिरोका कारण अवरुद्ध भएको पोखरा–बागलुङ सडक खण्ड बाह्र घण्टापछि सञ्चालन भएको छ।

पोखरामा बन्दको प्रभाव

तमुवान मगरात संघर्ष समिति र नेपाल आदिवासी जनजाति महासंघले गण्डकी प्रदेशलाई तमुवान मगरात प्रदेश नाम राख्नुपर्ने मागसहित गरेको गण्डकी बन्दको पोखरामा प्रभाव परेको छ।

पहिरोका कारण पोखरा-बागलुङ सडक अवरुद्ध

गएरातीदेखि परेको अविरल वर्षाका कारण सडक माथिबाट आएको पहिरोले पोखरा–बागलुङ सडक अवरुद्ध बनेको छ।

धुलिखेल–पोखरा पर्यटक बस

तहल्का टुर्स एन्ड ट्राभल्सले धुलिखेल–पोखरा पर्यटक बस सञ्चालन गर्ने भएको छ । यी दुई ऐतिहासिक सहरलाई जोड्ने गरी आगामी साउन १ गतेदेखि बस सञ्चालन गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिम्सिनाले बताए।

धुलिखेल–पोखरा पर्यटक बस सञ्चालन हुने

तहल्का टुर्स एण्ड ट्राभल्सले धुलिखेल–पोखरा बस संचालन गर्ने भएको छ। यी दुई ऐतिहासिक शहरलाई जोड्ने गरी आगामी साउन १ गतेदेखि बस सञ्चालन गर्न लागेको कम्पनीका प्रबन्ध निर्देशक जनकराज तिम्सिनाले बताए।

प्रदेश ४ को राजधानी पोखरा, नाम चाहिँ के ?

प्रदेश ४ को राजधानी ‘पोखरा’ राख्ने निर्णय प्रदेशसभा बैठकले गरेको छ। दुई दिनसम्म प्रदेशसभा बैठकमा छलफल पश्चात सबै प्रदेशसभा सदस्यहरुको सहमतिमा पोखरा राख्ने निर्णय भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्