२१ आश्विन २०८१ सोमबार
image/svg+xml

‘जमाल खसोग्गी हत्या प्रकरणमा सुनुवाई सुरु’

पत्रकार जमाल खसोग्गी हत्याको अभियोग लागेका ११ जनाविरुद्धको सुनुवाई राजधानी रियादमा सुरु भएको साउदी अरबको राज्य सञ्चालित सञ्चारमाध्यमले जनाएको छ।

सस्तो खोज्दा ठगी गिरोहले फँसायो

सस्तो मूल्यमा सुन दिन्छु भनी नक्कली सुन दिइ ४० लाख रुपैयाँ ठगी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुले एक किलो नक्कली सुन दिइ उक्त रकम ठगी गरेको प्रहरीले जनाइएको छ।

सुन्तलाले बजार पाएन, बोट मर्ने समस्याले किसान चिन्तित

धादिङको बेनिघाट रोराङ गाउँपालिका–१० को स्राङका इन्द्रबहादुर मगरको बारीभरी लटरम्म सुन्तला फलेको छ। घरै वरिपरी दुई रोपनी जग्गामा लगाइएको सुन्तलाले पाखा नै पहेलो बनाएको छ। पहेलै भएर फलेका सुन्तला बारीभरी नै झरेको छ भने केही बस्तुभाउलाई पनि खुवाउने गरेको मगरले बताए।

अनुपम अवसर

न्यायक्षेत्रको साख यतिबेला सर्वाधिक गुमेको स्थिति छ। यस्तो बेलामा यस क्षेत्रको नेतृत्व न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई प्राप्त भएको छ। यस क्षेत्रका अपेक्षाबारे उनी अनविज्ञ छैनन्। संसदीय सुनुवाइका क्रममा पनि उनलाई सांसदहरूले सोधेका प्रश्नबाट यो तथ्य उजागर हुन्छ। उनी आफैँले न्यायालयमा भ्रष्टाचार रहेको स्वीकार गरेका छन्। संसदीय सुनुवाइ समितिले प्रस्टैसँग उनले न्याय क्षेत्रमा विद्यमान बिचौलिया र भ्रष्टाचार हटाउने प्रतिबद्धतालाई ध्यानमा राखेर प्रधान न्यायाधीशमा अनुमोदन गरेको जनाएको छ।

‘तलमाथि’ गरे महाभियोग

संसदीय सुनुवाइ समितिले ‘महाभियोग’ को त्रास देखाउँदै प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबरालाई स्वीकृत गरेको छ। प्रधानन्यायाधीशको कुर्सीमा बसेर गलत गरे ‘महाभियोग’ लगाउने त्रास देखाउँदै समितिको मंगलबार बसेको बैठकले जबराको नाम सर्वसम्मत स्वीकृत गरेको हो।

कसरी सुधार्ने न्यायालय ?

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले संसदीय सुनुवाइ समितिसमक्ष आइतबार लामो सुधार कार्ययोजना पेस गरेका छन्। उनको कार्ययोजना भ्रष्टाचार एवं अनियमिततता अन्त्य गर्नमा केन्द्रित छ। न्यायालयका समस्या के–कस्ता छन् भन्ने विषयमा यसअघि धेरै अध्ययन–अनुसन्धान भएका छन्। तर तिनको अहिलेसम्म किन वस्तुनिष्ठ ढंगले समाधान प्रयास भएको छैन भनेर कसैले केलाउने गरेको पाइएको छैन।

प्रस्तावित प्रधानन्यायाधीश राणाद्वारा कार्ययोजना प्रस्तुत, सुनुवाई जारी

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणाले संसदीय सुनुवाई विशेष समितिमा आफ्नो कार्ययोजना प्रस्तुत गरेका छन्। सुनुवाइमा उपस्थित राणाले आफ्नो १५ पेज लामो कार्ययोजना सुनाएका हुन्। राणाको कार्ययोजना प्रस्तुतपछि सांसदहरुले प्रश्न राखिरहेका छन्। उनीहरुले उजुरीकर्ताले सोधेकै प्रश्न दोहोर्याएका छन्।

‘बिजुलीकली’ नयाँ हात्ती सुन्दरी

सौराहको बाघमारा मध्यवर्ती सामुदायिक वनको चौरमा जारी १५ औं ‘चितवन हात्ती महोत्सव’मा शनिबार फरक दृश्य देखियो। चार हात्तीहरू सजिएर मैदानमा उत्रिए। महोत्सवमा ‘हात्ती सुन्दरी’को उपाधिका लागि सेल्फीकली, चम्पाकली, एसिलाकली र बिजुलीकली प्रतिस्पर्धी थिए। यीमध्येकी बिजुलीकलीले प्रतिष्पर्धामा बिजुलीकलीले बाजी मारिन्।

सुन्तलाको बोटमुनि डिनर

सप्पै गाउँ पहेंलपुर। गाउँभरी सुन्तलाका बोट। बोटले थामि नसक्ने सुन्तलाका दाना। चिटिक्क घर। घर अगाडि लुङ्दार। प्रत्येक घर फूलहरुले सजाइएको। सफा आँगन। कोदो रोप्ने कान्लामा लहलह अलैंचीका बिरुवा। कतै अम्रिसो रोपिएको।

प्रस्तावित प्रधानन्यायाधीशविरुद्ध उजुरीको चाङ

प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जवराविरुद्ध संसदीय सुनुवाइ समितिमा उजुरीका चाङ लागेका छन्। संसदीय सुनुवाइ समितिले उजुरीकर्तासँग शुक्रबार छलफल गरेको छ। उजुरीका विषयलाई लिएर समितिले गोप्य रुपमा छलफल गरेको थियो।

परराष्ट्रका अधिकारीमाथि कारबाही गरिने

इन्डोनेसियामा गएको सुनामीमा परी ज्यान गुमाएकाप्रति राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समवेदना सन्देशका ठाउँमा बधाई दिएको लेख्ने परराष्ट्रका अधिकारीमाथि कारबाही हुने भएको छ। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको निजी सचिवालयले बिहीबार एक विज्ञप्ति जारी गर्र्दै त्रुटि कसरी भयो भन्नेबारे सम्बन्धित अधिकारीसँग स्पष्टीकरण माग गरिएको जनाएको छ।

इन्डोनेसिया सुनामी : जोखिमपूर्ण अवस्थामा रहेका स्थानीयको उद्धार

सुनामी र ज्वालामुखीका कारण निकै जोखिमपूर्ण अवस्थामा रहेका दुर्गम क्षेत्रका स्थानीयवासीलाई उद्धार गरी सुरक्षित स्थानमा लैजाने क्रम जारी रहेको इन्डोनेसिया प्रहरीले जनाएको छ। अविरल वर्षाका कारण खोज तथा उद्धारमा थप समस्या उत्पन्न भएको उद्धारमा खटिएका अधिकारीले जानकारी दिएका छन्।

इन्डोनेसियामा पुनः सुनामी आउने चेतावनी

नयाँ सुनामी आउनसक्ने भन्दै इन्डोनेसियाको अनाक क्राकाटाओ ज्वालामुखी नजिकका तटीय क्षेत्रमा बस्ने वासिन्दालाई तटबाट परै रहन आग्रह गरिएको छ।

अवैध सुन सहित एक जना पक्राउ

चीनको केरुङबाट अवैध रुपमा सुन ल्याउने एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा धादिङको तिप्लिङ घर भई रसुवाको गोसाईकुण्ड गाउँपालिका–५ स्याफ्रुबेँसीमा बस्दै आएका ३९ वर्षीय जलबहादुर तामाङ रहेका छन्।

इन्डोनेसियामा सुनामीबाट मुत्यु हुनेको संख्या २८१ पुग्याे

इन्डोनेसियामा शनिबार राति भएको ज्वालामुखी विस्फोट र त्यसपछिको सुनामीबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या २८१ पुगेको छ। ज्वालामुखी विस्फोटपछि भीषण रुपमा आएको सामूद्रिक छालका कारण ठूलो जनधनको क्षति भएको विवरण प्राप्त भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्