२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

एमाले कार्यकर्ताद्वारा कांग्रेस कार्यकर्ता कुटिए

झण्डा झिकेको विषयमा भएको विवादकाक्रममा खोटाङमा कांग्रेस कार्यकर्तामाथि कुटपिट भएको छ । हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवाका स्थानीयको घरमा एमाले कार्यकर्ताले राखेको झण्डा झिकेर आफ्नो झण्डा राखेको विषयमा डिकुवाका नेबिसंघका १७ वर्षीय कार्यकर्ता अर्जुन राउतलाई कुटपटि गरी घाइते बनाएका हुन् ।

एमालेले गाडेको झन्डा काँग्रेसले झिकेपछिको विवाद सुल्झियो, दुई पक्राउ

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा स्थानीयको घरमा पार्टीको झण्डा राखेको विषयमा भएको कांग्रेस र एमालेको बिवाद सहमतिमा टुंगिएको छ। मंगलबार एमालेका नेता तथा कार्यकर्ताले साविकको डिकुवा–७ का स्थानीयको घरमा राखेको झण्डा कांग्रेस कार्याकर्ताले झिकेर कांग्रेसकै झण्डा राखेपछि सुरु भएको बिवाद भएको थियो।

एमाले र माओवादी प्रचारमा कांग्रेस नेता राजधानीमै

एमाले, माओवादी केन्द्रलगायतका राजनीतिक दलका उम्मेदवार प्रचारप्रसारमा गाउँटोलमा व्यस्त रहेका बेला कांग्रेसका नेता, उम्मेदवारका आकांक्षी र कार्यकर्ता हप्तांदेखि काठमाडौंमा रहेका छन्।

उम्मेदवार छनौटमा असन्तुष्ट एमाले कार्यकर्ताद्वारा पार्टी कार्यालय तोडफोड

पार्टी कमिटीको सिफारिसविरुद्ध मेयर उम्मेदवार छानेको भन्दै नेकपा (एमाले) का कार्यकर्ताले मंगलबार दिउँसो आफ्नै पार्टी कार्यालयमा तोडफोड गरेका छन्।

नैतिक रुपमा एमालेले भरतपुरमा जित्यो : ज्ञवाली

नेकपा (एमाले)का केन्द्रीय सचिव प्रदीपकुमार ज्ञवालीले नैतिकरुपमा एमालेले भरतपुर महानगरपालिकामा विजय हासिल गरिसकेको बताएका छन्।

वडा अध्यक्षमा काँग्रेस-एमालेले एकैघरका दाजुभाई उठाए

दोस्रो चरणमा आगामी असार १४ गते हुन लागेको स्थानीय तहको चुनावमा गुल्मीमा एकै परिवारका दुई दाजुभाइ वडाध्यक्ष पदमा उम्मेदवार बन्ने भएका छन्। मुसिकोट नगरपालिका–४ अन्तर्गत बडागाउँका यमबहादुर खत्री र ओमबहादुर खत्री दुईभाइ एकै पदमा उम्मेदवार बन्ने भएका हुन्।

चार बुँदे समझदारीपछि संसद खोल्न एमाले तयार, मंगलबार प्रधानमन्त्रीको निर्वाचन हुने

मुख्य राजनीतिक दलहरु नेपाली काँग्रेस, एमाले र माओवादीबीच संसद सञ्चालन गर्न सहमति भएको छ। सोमबार साँझ सिंहदरबारस्थित् सभामुखको कार्यकक्षमा भएको तीन दलका शीर्ष नेताहरुको बैठक चार बुँदे सहमति भएको हो।

अदालतको पर्खाइमा एमाले

भरतपुर महानगरपालिकामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सदन र सडकबाट दबाब दिँदै आएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अदालतबाट हुने फैसलापछि आवश्यक रणनीति तय गर्ने भएको छ।

गठबन्धनका दल चुनावको तयारीमा, एमाले सडकमै

भरतपुर महानगरपालिकाको वडा नं. १९ मा फेरि मतदान गराउन निर्वाचन आयोगले निर्देशन दिएपछि सत्तारूढ कांग्रेस–माओवादी केन्द्रले चुनावी तयारी सुरु गरेका छन्। एमालेले भने विरोध अभियान जारी राखेको छ। मतगणना सुरु हुनुपर्ने एमालेको मागविपरीत आयोगले फेरि मतदानको निर्णय गरेको थियो।

भरतपुरमा एमालेबाट जितेका दुई वडा अध्यक्षलाई शपथ नगराउन अदालतको आदेश

भरतपुर महानगरपालिका वडा नं ४ र ७ का वडाध्यक्षलाई अध्यक्षको हैसियतमा सपथ ग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्न/नगराउन आज उच्च अदालत पाटन, हेटौंडाले विपक्षीका नाममा आदेश दिएको छ।

एमालेले खोटाङमा उम्मेदवार सार्वजनिक गर्‍यो

स्थानीय तहको निर्वाचनका लागि नेकपा एमालेले खोटाङको रुपाकोट मझुवागढी नगरपालिकाको उम्मेदवारी सार्वजनिक गरेको छ।

एमालेले संसदमा गलत अभ्यास थाल्यो: मन्त्री के.सी

सहरी विकास मन्त्री अर्जुननरसिंह केसीले प्रधानमन्त्री चयनमा एमालेले संसद बन्धक बनाएर गलत अभ्यासको थालनी गरेको बताएका छन्।

ओली अनुपस्थित बैठकमा एमालेलाई प्रश्नः फेल भएपछि रिजल्ट मान्दिन भन्न पाइन्छ?

भरतपुर महानगरपालिका वडा नं. १९ मा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई लिएर एमालेले सदन अवरुद्ध गरेपछि आइतबार बिहान सत्ता पक्ष र विपक्षी दलका नेताहरुको बैठक संसद भवन नयाँ वानेश्वरमा बसेको थियो। बैठकमा माओवादी केन्द्रका अध्यक्ष एवं कामचलाउ प्रधानमन्त्री पुष्पकमल दाहाल, काँग्रेस सभापति एवं प्रधानमन्त्रीका एक मात्र उम्मेदवार शेरबहादुर देउवा र एमाले नेताहरु सहभागी थिए।

एमालेले सदन चल्न दिएन, देउवाको चौथो सत्तारोहण प्रभावित

एमालेको विरोधले प्रधानमन्त्रीको निर्वाचन प्रभावति भएको छ। एमालेको विरोधका कारण अाइतबार सदन सञ्चालन हुन सकेको छैन। भरतपुर महानगरपालिकामा मतगणनाको माग गर्दै एमालेले संसद अवरुद्ध गर्दै आएको सन्दर्भमा निर्वाचन आयोगले शनिबार पुनः मतदानको निर्देशन दिएको थियो। आयोगको निर्णयप्रति आपत्ति जनाउँदै एमालेले पार्टीभित्र निर्णय गरेरै त्यसविरुद्ध मोर्चाबन्दी सुरु गरेको हो।

माओवादीद्वारा एमाले कार्यकर्तामाथि खुर्पा प्रहार गरेको प्रकरण मिलापत्रमा टुंगियो

खोटाङमा पार्टीको विषयलाई लिएर झगडामा उत्रिएका छिमेकी युवाबीच अन्ततः मिलापत्र भएको छ। पार्टीको विषयमा सुरु भएको भनाभनका क्रममा जन्तेढुंगा गाउँपालिका–२ बोपुङका ३४ वर्षीय शक्तिराज राईले सोही ठाउँका २१ वर्षीय सन्तोष राईमाथि खुर्पा प्रहार गरेको घटनालाई शनिबार ईलाका प्रहरी कार्यालय चिसापानीमा भएको छलफलमा मिलापत्र गराइएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्