२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नदीले बगाउँदा विद्यार्थी बेपत्ता

सुनकोशी नदीले बगाउँदा बलेफी गाउँपालिका–७ स्थित बालशिक्षा माध्यमिक विद्यालयका एक विद्यार्थी बेपत्ता भएका छन्। आज बिहान ९ः१५ बजेको विद्यालय छेउको नदीले बगाउँदा कक्षा ७ मा अध्ययनरत विजय नेपाल बेपत्ता भएका हुन्।

‘प्लस टु’ कि ‘माइनस टु’ ?

अहिले अनेक सपना बोकेर सयौँ विद्यार्थी काठमाडौँ आएका छन्, ‘प्लस टु’ पढ्न। उनीहरूका सपना यो साउने भेलले नबगाओस् । उनीहरूको २ वर्ष ‘माइनस टु’ होइन, साँच्चै ‘प्लस टु’ बन्न सकोस् ।

ज्याकी चानसँग नेपाली फ्यान

बेइजिङमा अध्ययन नेपाली विद्यार्थीले हलिउड अभिनेता ज्याकी चानलाई भेटेका छन्। बेइजिङको पश्चिममा रहेको ओल्लो शान्षी प्रान्तको ताथोङमा आयोजित ज्याकी चान अन्तर्राष्ट्रिय एक्सन फिल्म अवार्डमा नेपालको प्रतिनिधित्व गरिरहेका राजु थामीले उनलाई भेट्ने मौका पाएका हुन्। ज्याकी चान अन्तर्राष्ट्रिय फ्यान क्लबको प्रतिनिधित्व गरेर अवार्डमा सहभागि थामी फिल्म क्षेत्रमा भने आवद्ध छैनन्। अभिनेता ज्याकी चानको फ्यान भएको दाबी गर्ने उनी सन् २०१९ मा नेपालको तर्फबाट अन्तर्राष्ट्रिय फ्यान क्लबको भ्रमणमा सहभागि हुन छनोट भएका थिए।

अष्ट्रेलियामा दुई नेपालीको कार दुर्घटनामा मृत्यु

अष्ट्रेलियाको कुमामा आइतबार भएको कार दुर्घटनामा परी दुई नेपाली विद्यार्थीको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन्। उनिहरुको अझै पहिचान हुन सकेको छैन।

‘निर्मलाले न्याय कहिले पाउँछिन् सरकार ?’

नेपाल विद्यार्थी संघले निर्मलाका लागि न्याय भन्दै शुक्रबार राजधानीमा प्रदर्शन गरेको छ। कञ्चनपुरकी निर्मला पन्तको गत वर्ष साउन १० गते बलात्कारपछि हत्या भएको थियो।

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

गृहकार्य नगरेको आरोपमा  विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक आज पक्राउ परेका छन्।

विपन्न विद्यार्थीलाई झोला

नेपाल टेलिकम वर्क्स युनियनले विद्यार्थीहरूलाई झोला वितरण गरेको छ। युनियनको क्षेत्रीय कार्यालय भैरहवाले २८ औं वार्षिकोत्सवको अवसर पारेर सामुदायिक विद्यालयका विद्यार्थीलाई झोला वितरण गरेको हो।

थाइल्याण्ड पढ्न गएका १० नेपालीको उद्धार

पढाइका लागि थाइल्याण्ड पुगेका १० नेपालीको उद्धार गरिएको छ। थाइल्याण्ड बैंककस्थित इन्टरनेशनल होटल एण्ड एयरलाइन्स बिजनेस स्कुलमा ‘फुड एण्ड बेभरेज’ विषयको तालिमका लागि उनीहरू त्यहाँ पुगेका थिए।

विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री

पूर्वसभासद् चक्रबहादुर ठकुरीको स्मृतिमा स्थापित चक्र स्मृति पाठशालाका एक सय विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ। सो सहयोग नेपाली विद्यार्थी संघ काठमाडौ क्षेत्र नं ३ ले हस्तान्तरण गरेको हो।

राजधानीमै एक घण्टा हिँडेर स्कुल

देशको राजधानी काठमाडौंमै एक घण्टाभन्दा बढी पैदलयात्रा नगरी विद्यालय पुग्न सकिन्न भन्ने सुन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ। वास्तवमा बूढानीलकण्ठ नगरपालिका–५ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जभित्रको बस्ती डाँडागाउँका विद्यार्थीले वर्षौंदेखि भोग्दै आएको नियति हो त्यो। घना जंगल छिचोलेर विद्यालय जानुपर्दा विद्यार्थीलाई बाटोभरि त्रास हुने थाहा पाउँदा झनै मन बिझाउँछ। त्यस्तो नियति भोग्दै आएका विद्यार्थीको कहालीलाग्दो अनुभव सुन्दा मात्रै होइन, सिंगो गाउँको साझा पीडाबारेको जानकारीले झनै निराश तुल्याउँछ। यातायात छैन, अस्पताल छैन। ८० परिवार बस्दै आएको डाँडागाउँमा सुरक्षाको पनि निकै समस्या छ।

‘म अघि बढ्छु’

खोटाङमा ‘म अघि बढ्छु’ नामक अभियान सुरु गरिएको छ। १३ वर्षदेखि १९ वर्ष उमेरका विद्यार्थीलाई देशका योग्य नागरिक बन्न उत्प्रेरित गर्नका लागि १ नम्बर प्रदेश सरकारको अभियानअन्तर्गत जिल्लामा ‘म अघि बढ्छु’ नामक अभियान सुरु गरिएको हो।

बेलायत जान २० हजार चिनियाँ विद्यार्थीको आवेदन

बेलायती विश्वविद्यालयमा अध्ययनका लागि चीनका १९ हजार ७६० जनाले आवेदन दिएका छन्। आवेदन दिनेको यो संख्या अघिल्लो वर्षको भन्दा ३० प्रतिशत बढी भएको ‘चाइना डेली’ले शनिबार लेखेको छ। बेलायती विश्वविद्यालयमा अध्ययनका लागि उत्तरी आयरल्यान्डबाट भन्दा चीनबाट बढी विद्यार्थीको आवेदन परेको यो पहिलो पटक भएको बताइएको छ।

प्रधानमन्त्रीलाई ‘सिस्नो’ उपहार

नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ सोलुखुम्बुले संयुक्त रूपमा प्रधानमन्त्रीलाई सिस्नो उपहार पठाएका छन् । सरकारले भारतबाट आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षणबाट पछि हट्ने निर्णय गरेको विरोधमा दबाबस्वरूप जिल्लाबाट अग्र्यानिक सिस्नो उपहारको रूपमा पठाइएको हो ।

पहिलो दिनमै १० हजार अवलोकनकर्ता

उच्च शिक्षाका लागि अध्ययन गर्न विदेश जान चाहने विद्यार्थी तथा अभिभावकलाई लक्षित गरी नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को आयोजनामा १३ औं बृहत् इक्यान शैक्षिक मेला राजधानीमा सुरु भएको छ।

व्यवस्थापन संकायमा अधिक विद्यार्थी

विश्वद्यालयमा अन्य संकायभन्दा व्यवस्थापन संकायमा विद्यार्थीहरुको चाप बढ्दै गएको देखिएको छ। सबै क्षेत्रमा कुशल व्यवस्थापकको माग हुन थालेपछि व्यवस्थापनमा विद्यार्थीको आकर्षण बढेको हो। तीन वर्ष अघिसम्म त्रिविको दीक्षान्त समारोहका लागि योग्य ठहरिएका विद्यार्थीको ग्रेसलिस्टमा अधिक विद्यार्थी शिक्षाशास्त्र संकायका हुने गरेकोमा हाल सो स्थान व्यवस्थापन संकायले लिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्