१३ आश्विन २०८१ आइतबार
image/svg+xml

इमर्जिङ एसिया कपः नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित

एसीसी इमर्जिङ टिम्स एसिया कप अन्तर्गत दोस्रो खेलमा नेपाल भारत ‘ए’ सँग ९ विकेटले पराजित भएको।

इमर्जिङ एसिया कपः खस्यो नेपालको छैठौ विकेट, आउट भए सोमपाल कामी

पछिल्लो पटक सोमपाल कामीको विकेट झरेको छ । २४ ओभर खेलेर ९० रन बनाएको नेपालकाे अहिलेसम्म छैठौ विकेट झरेको हो । सोमपाल कामीसहित कुशल मल्ल, भीम सार्की, देव खनाल, आसिफ शेख र कुशल भुर्तेल आउट भइसकेका छन्।

इमर्जिङ एसिया कपः १६ ओभरमा ५८ रन, ५ विकेट

१६ ओभर खेलेर ५८ रन मात्र बनाएको नेपालले ५ विकेट गुमाइसकेको छ। ९ वटा वाइड र एउटा नो बलसहित ५८ रन बनाएको हो।

नेपालकाे खस्यो पाँचौ विकेट, कुशल मल्ल पनि भए आउट

भारत विरुद्धको खेलमा नेपालको पाँचौ विकेट पनि गुमेको छ। पछिल्लो पटक कुशल मल्लको विकेट झरेको छ। १० ओभर ३ बल खेलेर ४२ रन मात्र बनाएको नेपालले ५ विकेट गुमाइसकेको छ।

इमर्जिङ एसिया कमः नेपालको ७ ओभरमा ३० रन, २ विकेट

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा भइरहेको एसीसी इमर्जिङ एसिया कममा नेपालले ७ ओभर खेलेर ३० रन बनाएको हो।

भारत ‘ए’ विरुद्ध नेपालले ब्याटिङ गर्दै

एसीसी मेन्स इमर्जिङ एसिया कपमा नेपाली राष्ट्रिय क्रिकेट टिमले भारत ‘ए’ विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्