१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

नेपालकाे खस्यो पाँचौ विकेट, कुशल मल्ल पनि भए आउट

फाइल तस्बिर

भारत विरुद्धको खेलमा नेपालको पाँचौ विकेट पनि गुमेको छ। पछिल्लो पटक कुशल मल्लको विकेट झरेको छ। १० ओभर ३ बल खेलेर ४२ रन मात्र बनाएको नेपालले ५ विकेट गुमाइसकेको छ।

श्रीलंकाको कोलम्बोस्थित आर प्रेमादासा रंगशालामा भइरहेको एसीसी इमर्जिङ एसिया कपमा नेपाल र भारत प्रतिस्पर्धा गरिरहेका छन्।

मल्ल ह्याङगर्गेकरको बलमा अभिषेक शर्माको हातबाट क्याच आउट भएका हुन्। यो विकेटसँगै नेपालको पावर प्ले पनि सकिएको छ। यसअघि भिम सार्की ८ बल खेलेर एक चौकासहित आउट भएका हुन्। उनी पनि भारतीय बलर हर्सित रानाको बलमा आउट भएका हुन्।

यसअघि देव खनालको विकेट गएको थियो। यसअघि आसिफ आउट भए। एसीसी इमर्जिङ टिम्स एसिया कपमा भारत एविरुद्धको खेलमा पहिलो विकेट कुशल भुर्तेल गएको थियो। उनी दोस्रो बलमै आउट भएका थिए। मल्ल भारतीय बलर हर्सित रानाको बलमा एलबीडब्लू भएका हुन्।

अहिले सोमपाल कामी र रोहित शर्माले ब्याटिङ गरिरहेका छन्।

यसअघि नेपालले आफ्नो पहिलो खेलमा पाकिस्तानको ‘ए’ टिमसँग ४ विकेटको हार बेहोरेको थियो।

प्रकाशित: १ श्रावण २०८० ०९:४३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App