पर्यटनमन्त्री अधिकारीलाई गृह जिल्लामा कालो झण्डा, ६ पक्राउ
गृह जिल्ला कास्की पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा पोखरामा कालोझण्डा देखाइएको छ।
गृह जिल्ला कास्की पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्री रवीन्द्र अधिकारीलाई पोखरामा पोखरामा कालोझण्डा देखाइएको छ।
पोखरा ट्रेल रेस सिरिजअन्तर्गत मस्टर ट्रेल पन्चासे ५५ किलोमिटर पुरुषतर्फको उपाधि प्युठानका दामोदर बुढामगरले जितेका छन्। उनले ५५ किलोमिटरको दूरी ६ घण्टा २२ मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन्।
सर्वोच्च अदालतले ६ महिना भित्र फेवातालको चार किल्ला कायम गर्न सरकारका नाममा आदेश दिएको छ। यस्तै अदालतले व्यक्तिको नाममा दर्ता भएको तालको जमिन एक वर्ष भित्र वदर गरी तालकै नाममा ल्याउन भएनेको छ।
फेवातालको मूल जलाधार क्षेत्रमा जथाभावी मोटरबाटो विस्तारले तालकै अस्तित्व संकटमा पारेको छ। माकुराको जालोझैं ताल सिरानमा खनिएको सडकका कारण फेवाताल पुरिने खतरा बढेको छ।
पोखरा विमानस्थल धावनमार्गको मर्मतसम्भार सुरु गरिएको छ । मर्मतसम्भारका लागि आइतबारदेखि १५ दिनसम्म दिउँसो ३ बजेपछि भोलिपल्ट ६ बजेसम्मका सबै उडान र अवतरण बन्द गरिने नागरिक उड्डयन प्राधिकरणले बताएको छ।
पोखरा विमानस्थलको धावनमार्गको मर्मतसम्भार सुरु गरिएको छ। मर्मतसम्भारका लागि आइतबारदेखि १५ दिनसम्म दिउँसो ३ बजेपछिका सबै उडान र अवतरण पूर्ण रुपमा बन्द गरिएको नागरिक उड्डयन प्राधिकरणले बताएको छ।
‘हट एयर’ बेलुनमा उडेर अब पर्यटकीय नगरी पोखराको मनोरम दृश्यावलोकन गर्न पाइने भएको छ। बेलुन प्रालि नेपाल, काठमाडौंले नेपालको पर्यटनको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल साहसिक खेल बेलुनमा बसेर पोखराको मनोरम दृश्यावलोकन गर्ने चाँजोपाँचो मिलाउँदैछ।
पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि पोखरा पल्टनले हात पारेको छ। चितवन राइनोजले दिएको १६१ रनलाई १९.२ ओभरमा पुरा गर्दै उपाधि हात पारेको हो।
पोखरा प्रिमियर लिग (पीपीएल) काे फाइनलमा चितवन राइनाेजले पाेखरा पल्टनलार्इ जितका लागि १६१ रनकाे लक्ष्य दिएकाे छ।
तेस्रो फ्रेन्चाइज टी–२० क्रिकेट प्रतियोगिताको रूपमा पोखराबाट स्थापित पहिलो संस्करण नमस्ते पोखरा प्रिमियर लिगले आज मंगलबार विधिवत् बिट मार्दै छ।
इथियोपियाका पूर्वप्रधानमन्त्री लेन तम्राटले पर्यटकीय नगरी पोखरास्थित रुपाकोट तथा बेगनासको भ्रमण गरेका छन्। प्रसिद्ध व्यावसायिक संस्था अमेरिकन एक्स्प्रेसका पूर्वकार्यकारी अधिकृतसहितको १२ जना संलग्न सो टोलीको नेतृत्व गर्दै पूर्वप्रधानमन्त्री तम्राटले आइतबार लेखनाथको महत्वपूर्ण पर्यटकीय क्षेत्र लेखनाथको भ्रमण गरेका हुन्।
ज्ञानेन्द्र मल्लको काठमाडौं रोयल्सलाई ६ विकेटले पराजित गर्दै पारस खड्काको चितवन राइनोज पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको फाइनलमा प्रवेश गरेको छ।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको सेमिफाइनलमा काठमाडौं रोयल्सले चितवन राइनोजलाई जितका लागि ९५ रनको सामान्य लक्ष्य दिएको छ।
पोखरा पल्टनले काठमाडौं रोयल्सलाई ४ विकेटले पराजित गरेसँगै सोमपाल कामीको बुटवल ब्लास्टर्स र सन्दीप लामिछानेको विराटनगर टाइटन्स पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटबाट बाहिरिएका छन्।
पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेटको शनिबारको पहिलो खेलमा काठमाडौं रोयल्सले पोखरा पल्टनलाई जितका लागि १०४ रनको लक्ष्य प्रस्तुत गरेको छ।