७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

पोखरालाई जितका लागि चितवनले दियो १६१ रनको लक्ष्य

काठमाडौं – पोखरा प्रिमियर लिग (पीपीएल) काे फाइनलमा चितवन राइनाेजले पाेखरा पल्टनलार्इ जितका लागि १६१ रनकाे लक्ष्य दिएकाे छ।

पोखरा रंगशालामा जारी खेलमा पोखरा पल्टनलाई चितवन राइनोजले १ सय ६१ रनको लक्ष्य दिएको हाे। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चितवनले २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६० रन जोड्यो।

चितवनका लागि कप्तान पारस खड्काले अर्धशतकीय पारी खेल्दै ३७ बलमा ९ छक्का प्रहार गरे। खड्काले ५१ रन जोडेका थिए। यस्तै सन्नी पटेलले उत्कृष्ठ ब्याटिङ गरे। उनले २१ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ४३ रन जोडे। अनिल कुमार शाह ३७ रन बनाए भने आरिफ शेख १४ रनमा अविजित रहे ।

पोखराका लागि ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १/१ विकेट लिएका  थिए। यस्तै कृष्ण कार्कीले २ तथा ललितनारायण राजवंशी र मोहम्मद नाभिदले समान १/१ विकेट लिए।

प्रकाशित: २० कार्तिक २०७५ ०७:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App