२५ वैशाख २०८१ मंगलबार
image/svg+xml

पाटा सम्मेलनः विश्वव्यापी आर्थिक मन्दी पर्यटनको सर्वत्र चिन्ता

पोखरामा सुरु भएको एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर मार्टमा पनि अबको पर्यटन कता जाने भन्नेमा सरोकारवालाबीच वहस भएको छ। सम्मेलनमा सहभागि विज्ञहरुका अनुसार पर्यटन क्षेत्रले आर्थिक मन्दीको गम्भिर मार खेप्नुपरेको छ। विज्ञहरुका अनुसार महंगीका कारण पर्यटकहरु घुमघाममा जान नसकेको, खर्चमा कटौती गरेको, छोटो दूरीको यात्रामा मात्र निस्कन थालेका छन्।

पाटा सम्मेलन: दिगो पर्यटनबारे पोखरामा गम्भीर बहस हुँदै

लामो समयदेखि कमजोर बनेको त्यही पर्यटन क्षेत्रलाई उकास्न बल पुग्नेगरि नेपालमा पहिलोपटक ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक सम्मेलन र एडभान्चर ट्राभल मार्ट हुँदैछ। पाटा विश्वका पर्यटन तथा ट्राभल संघ–संस्थाको छाता संंस्था हो। पाटाको मुख्य आयोजनामा नेपालमा हुने यो कार्यक्रम मंगलबारदेखि पोखरामा सुरु हुँदैछ। चारदिनसम्म पोखरामा हुने यो कार्यक्रमले नेपालको पर्यटन क्षेत्रलाई उकास्न सघाउने अपेक्षा व्यावसायीको छ।

मंगलबारदेखि पोखरामा पाटाको शिखर सम्मेलन

एसिया प्रशान्त क्षेत्रका ट्राभल संघ–संस्थाको छाता संंस्था ‘प्यासिफिक एसिया ट्राभल एसोसिएसन’ (पाटा) को वार्षिक शीखर सम्मेलन र एडभान्चर ट्राभल मार्ट आगामि मंगलबारदेखि पोखरामा सुरु हुने भएको छ। चारदिनसम्म पोखरामा हुने यो सम्मेलनले कोरोना भाइरस संक्रमणले थलिएको पर्यटन क्षेत्र उकास्न सघाउने अपेक्षा पर्यटन व्यावसायीको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्