३० भाद्र २०८३ मंगलबार
image/svg+xml

भारतबाट पेट्रोलमा १२ र डिजेलमा ५ रुपैयाँ बढेर आयो, नेपालमा मूल्य नबढाइने

इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पेट्रोलियम पदार्थको मूल्य भारी मात्रामा बढाएर पठाए पनि नेपाल आयल निगमले उपभोक्ता मूल्य नबढाउने निर्णय गरेको छ।

बङ्गलादेशमा दुई पूर्वमन्त्रीसहित आवामी लिगका सात शीर्ष नेतालाई मृ*त्युदण्डको फैसला

बङ्गलादेशको विशेष न्यायाधिकरणले पूर्वसत्ताधारी दल आवामी लिगका दुई पूर्वमन्त्रीसहित सात जना वरिष्ठ नेतालाई मृत्युदण्डको फैसला सुनाएको छ।

फक्ताङलुङका ६ जलविद्युत् आयोजनालाई सिएसआर विवरण बुझाउन ७ दिने अल्टिमेटम

ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले आफ्नो पालिका क्षेत्रभित्र निर्माणाधीन तथा सञ्चालनमा रहेका ६ वटा ठूला जलविद्युत् आयोजनालाई संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) सहित आयोजनाको सम्पूर्ण विवरण सात दिनभित्र पेस गर्न निर्देशन दिएको छ।

राजदूतसँग श्रममन्त्रीको अडान- मलेसियाको एफडब्लुसिएमएस सिन्डिकेट स्वीकार्य हुँदैन

मलेसियाको विदेशी श्रमिक व्यवस्थापन प्रणालीमा सीमित नेपाली मेनपावर व्यवसायीलाई मात्र सूचीकृत गरी एकाधिकार लाद्न खोजिएको विषयप्रति नेपाल सरकारले आपत्ति जनाएको छ।

घरजग्गा कारोबारमा सुधार, एक वर्षमै कारोबार रकम दोब्बर

नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले मंगलबार सार्वजनिक गरेको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको समग्र कारोबार एक वर्षमै झण्डै दोब्बरले वृद्धि भएको हो।

डिपो नपुग्दै बाटोमै तेल ‘गायब’ पार्ने एक पक्राउ, तीन ट्याङ्कर नियन्त्रणमा

नेपाल आयल निगमको भैरहवा स्थित भलवारी डिपोकालागि भारतको अमलेखगञ्जबाट ल्याइएको पेट्रोलियम पदार्थ बाटोमै अवैध रुपमा चोरी हुने गरेका तथ्य खुलेको छ।

सुदूरपश्चिम सरकारका ९ वर्ष: ४ हजार ६४५ किमी सडक निर्माण, ६४ अर्ब बजेट खर्च

सुदूरपश्चिम प्रदेश सरकार स्थापना भएको नौ वर्षको अवधिमा प्रदेशभर ४ हजार ६ सय ४५ किलोमिटर सडक निर्माण भएको छ। जसमध्ये १ हजार १६ किलोमिटर सडक कालोपत्रे गरिएको छ।

सुनिल लम्सालले फेरि थपे विज्ञ सल्लाहकार, सचिवालय ३९ सदस्यीय बनाइँदै

प्रशासनिक खर्च कटौती गर्ने भन्दै तीनवटा मन्त्रालय गाभेर सचिवको दरबन्दी एउटामा झारिएको पूर्वाधार विकास मन्त्रालयमा मन्त्री सुनिल लम्सालले भने दुई दर्जनभन्दा बढी सल्लाहकार र कर्मचारीको ‘जम्बो’ सचिवालय खडा गरेका छन्।

चितवन गोल्डकप: एपिएफलाई स्तब्ध पार्दै पेनाङ सेमिफाइनलमा

विभागीय टोली एपिएफ फुटबल काठमाडौंलाई ५-१ गोलको फराकिलो अन्तरले पराजित गर्दै मलेसियाको एन पेनाङ एफसी तेस्रो चितवन गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ।

त्रिशूली थ्री ‘बी’ मा पुरिएकाहरूको खोजीमा सेनाको अन्तिम प्रयास, पावरहाउसको भग्नावशेष खोस्रिँदै

भोटेकोशी हुँदै त्रिशूली नदीमा उर्लिएको विनाशकारी बाढीपछि सम्पर्कविहीन बनेका १८६ जना कर्मचारी तथा कामदारको खोजी अब एउटै अन्तिम बिन्दुमा पुगेर केन्द्रित भएको छ।

रोहितमाथि आईसीसीको कारबाही, सजाय के हुन्छ?

स्थिति नियन्त्रणमा लिन अम्पायरले दिएको निर्देशन पालना नगरेको भन्दै दुवै खेलाडीलाई आईसीसीले लेभल–१ अन्तर्गत खेल शुल्कको १५ प्रतिशत जरिवाना गरेको छ।

ज्यान मार्ने उद्योग आरोप लागेका रास्वपा पूर्वनगरसभापति सिंहले गरे आत्मसमर्पण

सिंहले मंगलबार फेसबुक लाइभमार्फत आफू प्रहरी कार्यालयमा उपस्थित हुने जानकारी गराएलगत्तै जिल्ला प्रहरी कार्यालय महोत्तरी पुगेर आत्मसमर्पण गरेका हुन्।

आँखाभरि आँसु, मुटुभरि पीडा बोकेर जुम्लीले बुझाए डीएनए नमुना

गत भदौ १० गते रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले जुम्लाको दुर्गम पातारासी गाउँपालिकाका कैयौं बस्तीमा सन्नाटा छाएको छ।

ऋषिपञ्चमी पूजासँगै सकियो चारदिने हरितालिका तीज

भाद्र शुक्ल पञ्चमीका दिन मनाइने ऋषि पञ्चमी पर्व मंगलबार परम्परागत विधिअनुसार अरुन्धतीसहित सप्तऋषिको पूजाआराधना गरी मनाइएको छ।

रुपन्देहीमा कटुवा पेस्तोल र २५ राउन्ड छर्रासहित दुई पक्राउ

रुपन्देहीको ओमसतिया गाउँपालिकाबाट प्रहरीले एक थान कटुवा पेस्तोल र २५ राउन्ड छर्रासहित दुई युवकलाई पक्राउ गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्