९ जेष्ठ २०८१ बुधबार
image/svg+xml

ललितपुरमा ‘लम्पी स्किन’ बढ्दो

ललितपुरमा ‘लम्पी स्किन’ सङ्क्रमण बढ्दो क्रममा देखिएको छ। झिङ्गा, लामखुट्टेका टोकाइबाट पशुमा सर्ने सङ्क्रमण यहाँ फैलिदै गएको हो।

लम्पी स्किनबाट ताप्लेजुङ र पाँचथरमा साढे ६ सय पशु मरे

लम्पी स्किन रोगबाट हाल सम्म ताप्लेजुङ र पाँचथरमा गरी साढे ६ सय पशु मरेका छन्। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाँचथरका अनुसार पाँचथरमा ४ सय ४० र ताप्लेजुङमा २ सय ७ गरी अहिले सम्म कूल ६ सय ४७ पशु मरेका हुन्।

मुस्ताङ र मनाङमा ‘लम्पी स्किन’ नियन्त्रण

गाईभैंसीमा फैलिएको ‘लम्पी स्किन’ को संक्रमण मनाङ र मुस्ताङमा नियन्त्रणमा आएको छ। प्रदेशका बाँकी नौ जिल्लामा पनि रोगको संक्रमण दर घट्दै गएको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ।

रामेछापमा लम्पी स्किन: ३८१ चौपाया मरे, २१ हजार संक्रमित

रामेछापमा लम्पी स्किन संक्रमणबाट तीन सय ८१ पशुचौपाया मरेका छन्। यस रोगबाट २१ हजारभन्दा बढी पशुचौपाया संक्रमित भएका छन्।

याक र चौँरीमै देखियो लम्पी स्किन

हिमाली जिल्ला मनाङका पशुमा लम्पी स्किनको सङ्क्रमण फैलिँदै गएको छ। जिल्लामा पहिलो पटक असार २४ गते पशुमा सङ्क्रमण देखिएको थियो।

लम्पी स्किन: पशु बिरामी हुँदा दूध उत्पादन घट्दै

व्यावसायिक रुपमा पशुपालन गरेका किसानलाई अहिले पशुमा लाग्ने लम्पी स्किन रोगको त्रास छ। धमाधम पशु बिरामी परेको र केहीको मृत्यु भएपछि पशुपालक किसान चिन्तामा छन्। पशु बिरामी परेपछि दूध उत्पादन स्वात्तै घट्ने पशुपालक किसानको भनाई छ।

लम्पी स्किनः बीमा पनि छैन, राहत कतैबाट पाइँदैन

यो बेला पशुमा देखिएको लम्पी स्किन रोगले धमाधम गाई, गोरु, भैंसीको ज्यान गईरहेको छ। लम्पी स्किनको क्षतिमा पशुबीमाले काम नगर्ने भएकोले किसानलाई अझ बढी क्षति पुगेको छ। लम्पी स्किन रोग महामारी भएकोले बीमाले दावी भुक्तानी नगर्ने सरकारी निकायको भनाई छ।

लम्पी स्किनः गाडीमा उक्लेका किराले मनाङसम्मै संक्रमण !

पशुको आउजाउ र लसपस कम हुने हिमाली जिल्ला मनाङ र मुस्ताङसम्म लम्पी स्किन रोग कसरी उक्लियो त? जबकी हिमाली जिल्लाबाट अरु छिमेकी जिल्लामा पशुको आउजाउ खासै हुँदैन। चरनका लागि पनि तल्लो भेगका पशु माथि लगिदैन भने माथिबाट पनि तल झारिँदैन। पशु चिकित्सक भन्छन, ‘पशु आउजाउ नभएपनि गाडी पर्याप्त मात्रामा तलमाथि (मनाङ–लम्जुङ) गुडेका छन्। गाडी चढेर गएका झिंगा, लामखुट्टेले पशुमा रोग सारेका हुन्। त्यो बाहेक हिमाली जिल्लासम्म यो रोग उक्लिनुमा अरु कुनै कारण छैन।’

‘लम्पी स्किन’ ले गाई भैँसी मर्न थालेपछि किसानलाई सकस

‘लम्पी स्किन’ को प्रत्यक्ष असर यहाँ दुग्ध उत्पादक किसानमा परेको छ। दूध बेचेरै जीविका चलाउँदै आएका किसानका गाई भैँसीमा सो रोग देखिएसँगै दूधको उत्पादन घटेको यहाँका किसानहरुले बताएका छन्।

कालिकोटमा तीन हजार बढी पशुमा ‘लम्पी स्किन’ संक्रमण

कालिकोटमा तीन हजार पाँच सय बढि पशुमा ‘लम्पी स्किन’ को संक्रमण देखिएको छ। लम्पी स्किन रोगको संक्रमणबाट कालिकोटमा अहिलेसम्म तिन सय १४ पशुको मृत्यु भएको छ।

अर्घाखाँची र गुल्मीका १२ हजार गाईभैंसीमा ‘लम्पी स्किन’

अर्घाखाँचीका ६ हजार ८ सय ८० र गुल्मीका ५ हजार २० गाईभैंसीमा लम्पी स्किन रोग लागेको पुष्टी भएको छ।

लम्पी स्किनको प्रकोप, साढे नौ हजार पशु मरे

चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन्।

‘लम्पी स्किन’ का कारण एक हजारभन्दा बढी पशु मरे

कोशी प्रदेशका १४ जिल्लामध्ये १२ जिल्लामा ‘लम्पी स्किन’ नामक सङ्क्रामक रोगको महामारी फैलिएको पशुपक्षी तथा मत्स्य विकास निर्देशानालय विराटनगरले जनाएको छ।

बागमती प्रदेशमा लम्पी स्किनबाट १८ हजार गाई सङ्क्रमित

बागमती प्रदेशका १३ जिल्लामा घरपालुवा पशुचौपायामा देखिने विषाणुजन्य ‘लम्पी स्किन’ रोगको सङ्क्रमण बढ्न थालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्