‘भिटामिन डी को कमीले शरीरमा विविध समस्या ल्याउँछ’
सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ।
सूर्यको प्रकाशसँग सम्पर्कमा आउँदा शरीरमा उत्पादन हुने भिटामिन डी को कमी हुँदा शरीरमा विभिन्न समस्या देखा पर्न थाल्छ।
श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूले रास्वपाको चुनाव चिह्न घन्टीमा भोट दिनु भनेको आफ्नै घरमा डोजर चलाइ माग्नु भएको बताएका छन्।
चीनले लामो समयदेखि रेन्मिन्बीको अन्तर्राष्ट्रियकरणलाई बढावा दिइरहेको छ। यो टिप्पणीले सीको ‘बलियो मुद्रा’ को लक्ष्यलाई स्पष्ट रूपमा प्रस्तुत गरेको छ। यसका लागि प्रभावकारी मौद्रिक व्यवस्थापन गर्ने शक्तिशाली केन्द्रीय बैंक, विश्वस्तरीय प्रतिस्पर्धी वित्तीय संस्था र विश्वव्यापी पुँजी आकर्षित गर्ने अन्तर्राष्ट्रिय वित्तीय केन्द्रहरू आवश्यक रहेको उनले उल्लेख गरेका छन्।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालको पछिल्लो भावुक सन्देशप्रति लक्षित गर्दै बास्कोटाले यस्तो बताएका हुन्।
यही माघ २७ गते रुकुम पश्चिममा एक हजार ८०० सय जना बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी खोप लगाइने भएको छ।
जिल्ला प्रशासन कार्यालय झापाले फेसबुक, युट्यूब लगायतका सामाजिक सञ्जालबाट ‘कुन पार्टी र चुनाव चिह्नमा मतदान गर्नुहुन्छ’ भनेर प्रश्न सोधी मतदाताको गोपनीयता भङ्ग नगर्न आग्रह गरेको छ।
रोजगारीका क्रममा विदेशमा पुगेर अलपत्र बनेका यहाँको रघुगङ्गा गाउँपालिका–६ फुलडाँडाका भुवन विकको करिब तीन महिनापछि उद्धार भएको छ।
आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलले दोस्रो ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ जित निकालेको छ।
पाकिस्तानले घोषणा गरेको छ कि उसले टी–२० विश्वकपमा फागुन ३ (फेब्रुअरी १५) मा भारतविरुद्ध हुने खेल बहिष्कार गर्नेछ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको चहल पहल बिस्तारै बढ्दै गएको छ। यहाँका केही मतदाता जिल्ला बाहिर रहँदा निर्वाचनले अपेक्षित गति नलिँदा निर्वाचन ‘हिउँदयामको हिउँ जस्तै जमेर’ बसेको छ।
प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भुटान दुवै टोली दबाबमा हुनेछन्। फाइनल सम्भावना जीवित राख्नका लागि दुवै टोलीलाई आजको खेल महत्त्वपूर्ण रहनेछ। बांग्लादेश र भारतले भने एक/एक खेल जितेर समान तीन अंक जोडेका छन्।
बाटोमा हिँड्ने क्रममा होस् या वास बस्ने ठाउँमा, भिक्षुहरूले आफ्नो पदयात्राको दायरामा बुद्धको ज्ञानलाई पनि मगमगाउने फूलको बास्नासरी छरिरहेका छन्।
यसले जिल्लाको चुनावी राजनीति नयाँ मोडमा पुगेको चर्चा भइरहेको छ। यसलाई धेरैले केवल दल परिवर्तन मात्र नभई, वैकल्पिक राजनीतिको दाबी गरिरहेको दलमाथिको प्रश्नका रूपमा समेत हेरिरहेका छन्।
नेपाल मुक्तक प्रतिष्ठानले तेह्रौँ वार्षिकोत्सव मुक्तक दिवस मनाएकाे छ।
चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन्।