२१ आश्विन २०८१ सोमबार
image/svg+xml

मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ९९ संस्था छनोट

रोजगारीका लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ९९ वटा स्वास्थ्य संस्था छनोट भएका छन्। मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षण गर्ने प्रयोजनका लागि २९० स्वास्थ्य संस्थाले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आवेदन पेश गरेका थिए।

वडाध्यक्षले त्यागे सरकारी सुविधा

जनप्रतिनिधिका हिसाबले आफूले पाउने दैनिक भ्रमणभत्ता र मासिकरूपमा पाउँदै आएको पारिश्रमिकबापतको रकम सामाजिक कार्यमा खर्च गर्ने उनले बताएका हुन्।

हरिवनमा चार सय २२ लाई रोजगार

सर्लाहीको हरिवन नगरपालिकामा सुरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा चार सय २२ जनाले रोजगारी पाएका छन्।

चिया पलाउन डेढ महिना ढिलो

फस्ट फ्लस (पहिलो टिपाइ) समयमा नभएपछि हरियोपत्ती पलाउन ज्यादै ढिलो गर्दा यो वर्ष पूर्वमा चिया उत्पादन कम भएको छ। श्रमिक आन्दोलनका कारण लामो समय मुना नटिपेर हुर्केका हाँगा फाँड्नु परेपछि पुनः हरियोपत्ती पलाउन ढिलो भएको हो।

लोकदोहोरीमा एकोहोरिँदै युवा

अहिले सहरबजारका आम युवा लोकदोहोरीमा एकोहोरिन थालेका छन्। रमाइला र मौलिक लय शब्दमा बनेका गीत युवा जमातले रुचाएको छ। सहर बजारका होटल, डान्स बार, पिकनिक, रोधी घरतिर पनि तिनै गीत घन्कन्छन्।

पास भएकाहरु सीप परीक्षणपछि मात्र कोरिया जान पाउने

कोरिया सरकारले कामदारको न्यूनतम पारश्रमिक साढे एक लाख रुपैयाँ तोकेको छ। शाखाका अनुसार रोजगारीका लागि कोरिया पुगेका अधिकांश श्रमिकले ओभरटाइम सुविधा पाउने गर्छन्।

उपाध्यक्षले पाउने सेवासुविधाले अक्षय कोष

सिमकोट गाउँपालिका उपाध्यक्ष बलि रावतले  आफ्नो ५ वर्षको अवधिमा पाउने पारिश्रमिकबापत् १६ लाख २५ हजारको अक्षय कोष स्थापना गरेका छन्।

कोमामा रहेका नेपालीलाई स्वदेश ल्याइने

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको अध्यक्षतामा आइतबार बसेको वैदेशिक रोजगार बोर्डको सचिवालय बैठकले कोमामा रहेका नेपाली कामदारलाई स्वदेश ल्याएर उपचार गर्न आवश्यक व्यवस्था मिलाउन सरोकारवाला पक्षको सहभागितामा कार्यदल गठन गर्ने निर्णय गरेको हो।

सरकारले कोमामा रहेका नेपालीलाई स्वदेश ल्याउने तयारी थाल्यो

सरकारले विदेशस्थित विभिन्न अस्पतालमा अचेत अवस्था (कोमा) मा रहेका नेपाली श्रमिकलाई स्वदेश ल्याउने तयारी थालेको छ।

‘अब प्रत्येक नागरिकले बुबाआमाको खातामा तलबको १० प्रतिशत रकम जम्मा गर्नुपर्ने’

सरकारले हरेक नागरिकले आफ्नो पारिश्रमिकको १० प्रतिशत रकम आफ्ना वृद्ध बुबाआमाको खातामा जम्मा गरिदिने कानुनी व्यवस्था गर्ने भएको छ।

आइएलओको शत वार्षिकीमा प्रधानमन्त्रीले 'समृद्ध नेपाल सुखी नेपाली'को नारा घन्काएपछि...

आफु सहभागी हुने नेपालमा आयोजित प्राय सबै कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भाषणमा नछुटाउने नारा हो- सम्वृद्ध नेपाल सुखी नेपाली।

अस्थायी श्रमिक हटाउन चलखेल

श्रमिक आन्दोलनका कारण डेढ महिनापछि खुलेको नेपालकै पुरानो इलाम चिया कारखानाका अस्थायी श्रमिकलाई काम नलगाइएपछि उनीहरू रुष्ट बनेका छन्। लामो आन्दोलनपछि खुल्न लागेको बगान र उद्योगमा स्थायीबाहेकका श्रमिक ‘निकाल्न’ लागिएपछि कुनै श्रमिकले काम गरेका छैनन्। चैत १७ यता बन्द रहेको बगान र उद्योग श्रमिकका माग पूरा गर्ने व्यवस्थापन पक्षको प्रतिबद्धतापछि आइतबारबाट खुल्ने भएका थिए। तर, आइतबार काम गर्न आएका श्रमिकलाई व्यवस्थापन पक्षले ‘अब स्थायीले मात्रै काम गर्नू, अस्थायीले नगर्नू’ भनेपछि कसैले काम गरेनन्। ‘अस्थायी श्रमिकको रोजीरोटी खोस्ने अर्काे प्रपञ्च व्यवस्थापनले सुरु गरेको छ,’ इलाम बगानकी श्रमिक नेता सरस्वती चौंलागाईंले भनिन्, ‘अस्थायी र स्थायीको बहानामा कसैको रोजगारी खोस्न पाइँदैन भनेर स्थायी श्रमिकले पनि काम गर्नुभएन।’

टुल्के एक्लैले ठड्याए घर

भुइँचालोले भत्काएको घर श्रमिक लगाएर बनाउने धेरै छन्। तर चौतारा साँगाचोकगढी नगरपालिका–४ कुबिन्डेका ४० वर्षीय टुल्के श्रेष्ठ भने अपवाद बनेका छन्। न परिवारको बलियो साथ न आर्थिक सबलता, चतुरे टोलका टुल्केले हिम्मत जुटाएर एक्लैले घर ठड्याए। ‘आँट र इच्छाशक्ति हुने हो भने नसकिने केही छैन,’ पुनर्निर्मित घरको छाना छाउँदै गर्दा भेटिएका उनले खुसी हुँदै बताए। टुल्केले तीन महिना लगाएर फराकिला दुई कोठासहितको घर ठड्याएका हुन्।

अस्थायी श्रमिक हटाउन ‘तिकडम’

श्रमिक आन्दोलनका कारण डेढ महिनापछि खुलेको नेपालकै पुरानो इलाम चिया कारखानाका अस्थायी श्रमिकलाई काम नलगाइएपछि उनीहरू रुष्ट बनेका छन्। लामो आन्दोलनपछि खुल्न लागेको बगान र उद्योगमा स्थायीबाहेकका श्रमिक ‘निकाल्न’ लागिएपछि कुनै श्रमिकले काम गरेका छैनन्।

श्रममन्त्रीसामु चिया उद्योगीको बाचा– ‘श्रमिकको न्यूनतम् ज्याला दिन्छु’

श्रमिक आन्दोलनका कारण डेढ महिनादेखि बन्द इलाम र कन्याम चिया बगान २ दिनभित्र खुलाउने व्यवस्थापन पक्षले प्रतिबद्धता गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्