७ जेष्ठ २०८१ सोमबार
image/svg+xml

वरिष्ठता मिचेर सिफारिस

गृह मन्त्रालयले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वराज पोखरेललाई प्रहरी नायब महानिरीक्षक (डिआइजी) मा बढुवा सिफारिस गरेको छ । राजनीतिक दबाब थेग्न नसकेपछि प्रहरी प्रधान कार्यालयको प्रस्तावमा मन्त्रालयले सो पदमा निर्विकल्प रूपमा पोखरेलको बढुवा सिफारिस गरेको स्रोतको भनाइ छ । ‘सत्तासीन दलकै नेताहरूको दबाब आएपछि बढुवा सिफारिस गरिएको हो,’ स्रोतले भन्यो ।

विश्वराज पोखरेल डिआइजीमा सिफारिस

काभ्रेमा गत कात्तिक १० गते भएको दुर्घटनामा डिआइजी सुशील भण्डारीको निधनपछि उक्त खालि स्थानमा गृह मन्त्रालयको बढुवा समितिले बिहीबार पोखरेललाई सिफारिस गरेको हो।

बढुवा भएका एसएसपीको पदस्थापन, को कहाँ?

प्रहरी प्रधान कार्यालयले १४ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को पदस्थापन गरेको छ। गृहमन्त्री रामबहादुर थापाको फागुन ७ को निर्णयअनुसार एसपीबाट बढुवा भएका १४ जनालाई प्रहरी प्रधान कार्यालय नक्सालले आइतवार जिम्मेवारीसहित पदस्थापना गरेको हो।

एसएसपी बढुवा सिफरिसमा असन्तुष्टि

नेपाल प्रहरीले १४ प्रहरी उपरीक्षक (एसपी) लाई प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा र २६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस गरेको छ। एसपीबाट एसएसपीमा सन्दीप भण्डारी र डिएसपीबाट एसपीमा रमेशकुमार बस्नेतको १ नम्बरमा बढुवा सिफारिस गरिएको छ।

बढुवा नहुने भएपछि सशस्त्रका एसएसपीको राजीनामा

बढुवामा सशस्त्र प्रहरी नियमावली बाधक भएपछि सशस्त्र प्रहरी बलका एसएसपी सञ्जयविक्रम राणाले पदबाट राजीनामा दिएका छन्।

अनुसन्धानमा सघाउँदै संघीय प्रहरी

नेपाल प्रहरीका प्रवक्ता एसएसपी शैलेस थापाका अनुसार संघीय प्रहरी इकाई कार्यालयहरु साउन १ गतेदेखि सञ्चालनमा आएका हुन्। मुलुक संघीय संरचनामा गएसँगै प्रहरी प्रधान कार्यालयले पनि यो संरचनालाई आत्मसात गर्दै ७ वटै प्रदेशमा आफू मातहत रहनेगरी संघीय प्रहरी इकाई कार्यालयहरु स्थापना गरेको छ।

निर्मला हत्या प्रकरण : अनुसन्धानका लागि गृह मन्त्रालयले खटायो टोली

गृह मन्त्रालयले कञ्चनपुरको निर्मला पन्त हत्या घटनाको छानविनका लागि प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रम चन्दको नेतृत्वमा टोली पठाउने निर्णय गरेको छ। गत साउन १० गते साथीको घर गृहकार्य गर्न गएकी भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मलाको शव ११ गते उखुबारीमा बलात्कार गरी विभत्स हत्या गरिएको अवस्थामा फेला परेको थियो।

एसएसपी सरुवा : काठमाडौंमा लामा, ललितपुरमा धानुक आए

गृह मन्त्रालयले २७ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)हरुको सरुवा गरेको छ। भदौ महिनाको सेवा सुविधा सरुवा भएको ठाउँबाट नै पाउने गरी बुधबार गरिएको सरुवामा काठमाडौ प्रहरी परिसर प्रमुख एसएसपी विश्वराज पोखरेलको पनि परेका छन्। परिसरको कमाण्ड सम्हालेको ६ महिनामै उनलाई सरुवा गरिएको हो।

एसएसपी खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जिल्ला अदालत मोरङले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ। बिहीबार न्यायधीश नारायण शर्माको इजलासले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो।

३३ किलाे सुन तस्करीका फरार अभियुक्त एसएसपी खत्रीले गरे अदालतमा आत्मसमर्पण

३३ किलो सुन तस्करीका फरार अभियुक्त वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम खत्रीले जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन।

तस्करीको सुन एसएसपी खत्रीको च्याम्वरमा पुग्थ्यो !

३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणका अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ ले तस्करीमा एसएसपी श्याम खत्रीको प्रत्यक्ष संलग्नता भएको बयान दिएका छन्।

जनपदतर्फ २२ जना एसपीलाई एसएसपीमा बढुवा सिफारिस

बढुवा समितिको सोमबार बसेको बैठकले जनपद प्रहरीतर्फका २२ जना एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको छ।

जनपदतर्फ १६ जना एसएसपीलाई डिआईजीमा बढुवा सिफारिस

बढुवा समितिकाे साेमबार बसेकाे बैठकले १६ जना एसएसपीलालाई डिआईजीमा बढुवा गर्न सिफारिस गरेको छ। प्रहरी नियमावली २०७१ काे नियम २७ काे उपनियम (४)काे प्रावधानअनुसार जनपद प्रहरीतर्फ बढुवा सिफारिस भएकाे जारी विज्ञप्तीमा उल्लेख छ।

साढे ३३ केजी सुन प्रकरण : एसएसपी लोहनी पक्राउ

साढे ३३ केजी सुन प्रकरण तथा सनम हत्याकाण्डमा महानगरीय अपराध महाशाखाका तत्कालीन प्रमुख एसएसपी दिवेश लोहनी पक्राउ परेका छन्।

एसएसपी लोहनीलाई हेडक्वार्टर तान्न गृहमन्त्रालयको पत्र

गृहमन्त्रालयको सहसचिव इश्वरराज पौडेलको नेतृत्वमा गठन भएको छानविन समितिले महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी दिवेश लोहनीलाई प्रहरी प्रधान कार्यालय तान्न पत्र काटेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्