७ आश्विन २०८१ सोमबार
image/svg+xml

ममाथि सिंगो पार्टीको जिम्मेवारी छ, कहाँबाट लड्ने अध्ययनमा छुः रवि लामिछाने

‘हामीले प्रदेशसभा निर्वाचनमा भाग लिन्नौं भनेपछि धेरैले हामीलाई संघीयताविरुद्ध लाग्यो, प्रदेश खारेज गर्न खोज्यो भनेर प्रचार गरियो तर त्यस्तो होइन,’ उनले भने, ‘स्थानीय तहले धेरै राम्रो काम गरेका छन्। यद्यपि केही समस्या पनि देखिएका छन्। तर, प्रदेशका धेरै संरचना देशका लागि बोझ भएको हामीले सुझाव पायौं। त्यही भएर हामीले प्रदेश निर्वाचनमा सहभागी नहुने निर्णय गरेका हौं।’

कागजात बुझाउन नसकेपछि प्रदेशसभा चुनाव नलड्ने घोषणा

रवि लामिछाने नेतृत्वकोे राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेशसभा निर्वाचनका लागि आवश्यक कागजात नबुझाएका कारण प्रतिनिधिसभा निर्वाचनमा मात्रै भाग लिने भएको छ।

लामिछाने नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश चुनावमा भाग नलिने भएको छ।

मधेसी नेतृत्वले भगवानलाई पनि टेरेनन्, तपाईं हाम्रो त के डरः रवि लामिछाने

'मधेसलाई टेकेर दुई दर्जन बढी नेताहरुले संसददेखी प्रधानमन्त्रीसम्मको प्रतिनिधित्व गरिसकेका छन्, हिजो सञ्चारकर्मीका रुपमा यहाँका मुद्दाहरुमा रिपोटिङ गर्दै गर्दा मधेशमा जहाँ कमिसन आउँछ, विकास गरेजस्तो गरेर भष्ट्राचार गर्न मिल्छ त्यहाँ राज्य कोषको सम्पत्ति दोहन गरेको प्रमाणहरु भेटिए त्यसैले होला देख्दामा धेरै दुर्गम भन्न नमिल्ने मधेसले विकासको काचुली फेर्नपर्ने थियो तर सकेको छैन्।'

मत तान्ने अस्त्र ‘गाली’

केही समय अघि नयाँ पार्टी गठन गरेर सक्रिय राजनीतिमा होमिएका पूर्व सञ्चारकर्मी रवि लामिछाने अहिले आफ्नो दलको देश व्यापी संगठन विस्तारका लागि खटिएका छन्।

जनताका समस्या सुनिदिन कोही नआएपछि म आफैंं मैदानमा आएको छु: लामिछाने

‘अब म कसैलाई कुर्दिनँ, धेरै ठाउँमा देखिएका फोहोरलाई देखाउँदै गएँ तर फोहोर टिपिएन भरोसा गर्न लायक व्यक्ति कोही आएन, कोही आइदियोस् र जनताका समस्या सुनिदियोस् भनेर कुरिरहेको थिएँ तर कोही नआएपछि अब म आफैं मैदानमा आएको छु।’

मलाई राजनीति कसीबाट नै जाँच्नु होला: रवि लामिछाने

‘देशमा सत्ता पक्ष र प्रतिपक्ष छन् भनिन्छ तर मैले प्रतिपक्ष देखिन खोइ कहाँ छ? अर्थ मन्त्रालयको सीसीटीभी फुटेजसँग एम अधिकारी साटफेर गर्ने प्रतिपक्ष हुन्छ’, लामिछानेले भने, ‘म चुनौतीका साथ भन्छु मलाई एक घण्टाका लागि मन्त्रालयको सीसीटीभीको हार्ड डिस्क दिनुस्। रिकभर गरेर सर्वसाधारणलाई देखाउन नसके हेर्नुहोला।’

अब वर्षौं पुराना भ्रष्ट्रचारका फाइल खोलिन्छन्: रवि लामिछाने

‘भष्ट्रचार सहिन्नः कसैलाई छोडिन्न,’ उनल भने, ‘भ्रष्ट्रचारीका सम्पूर्ण सम्पत्ति जफत गरी राष्ट्रियकरण गरिन्छ।’ लामिछानेले फास्ट ट्रयाक कोर्टमार्फत् वर्षौंदेखि अड्किएका पुराना मुद्दाको तुरुन्तै छिनोफानो हुने गर्ने समेत जिकिर गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्