तनहुँ १ उपनिर्वाचन : रास्वपाका डा वाग्लेको अग्रता दोब्बर
आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् ।
आइतबार सम्पन्न तनहुँ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनको प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा स्वर्णिम वाग्लेले दोब्बर मतले अग्रता लिएका छन् ।
बिहान ७ बजे देखि बेलुका ५ बजेसम्म गरिएको मतदानमा ६८ हजार दुई सयको हाराहारीमा मत खसेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताएका हुन्।
हालसम्मको प्रारम्भिक विवरण अनुसार समग्रमा करीब ६० प्रतिशत मतदान भएको देखिएको छ।
उपनिर्वाचन भएको तनहुँ–१ मा ५२ प्रतिशत मत मात्र खसेको प्रारम्भिक अनुमान गरिएको छ। जिल्ला निर्वाचन कार्यालय तनहुँले अघिल्लो निर्वाचनमा भन्दा पनि कम संख्यामा मत खसेको बताएको छ।
उपनिर्वाचन भईरहेको तनहुँ–१ मा दिउँसो २ बजेसम्म झन्डै ४० प्रतिशत मत खसेको अनुमान रहेको छ। जिल्ला निर्वाचन अधिकारी हरि ढकालले २ बजेसम्म ४० प्रतिशत मत खसेको अनुमान रहेको बताए।
बारा क्षेत्र नं २ मा उप निर्वाचन अन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ। बारा–२ का सबै मतदान केन्द्रमा मतदान सुरु भइसकेको मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले जानकारी दिए।बिहान ७ बजेदेखि मतदान सुरु भइसकेको र एक घन्टाको अवधिमा करिब पाँच प्रतिशत मतदाताले मतदान गरिसकेको मुख्य निर्वाचन अधिकृत उपाध्यायले बताए।
उपनिर्वाचन अन्र्तगत तनहुँ क्षेत्र नं१ मतदान जारी छ। गत मंसिर ४ को निर्वाचनमा विजयी नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त सांसद पदपूर्तिका लागि आज उपनिर्वाचन गरिएको हो।
बारा २ मा उपनिर्वाचन अन्तर्गत बिहान ७ बजे देखि मतदान जारी रहेको छ। एक लाख पाँच हजार २ सय ४८ मतदाता रहेको बारा २ मा ८२ वटा मतदान स्थललाई एक सय ३७ मतदान केन्द्र बनाएर मतदानको व्यवस्था मिलाईएको बाराको प्रहरी प्रमुख होबिन्द्र बोगटीले बताएका छन् ।
तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत आज बिहान ७ बजेदेखि मतदान सुरु भएको छ।सो क्षेत्र अन्तर्गतका एक सय ५२ मतदान केन्द्र छन्।
प्रतिनिधिसभा सदस्यका लागि आइतबार विभिन्न तीन जिल्लाका तीनवटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ। बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म हुने मतदानका लागि आवश्यक सबै तयारी मिलाइएको निर्वाचन आयोगले जनाएको छ।
वैशाख १० गते हुने प्रतिनिधिसभा चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनको तयारी पुरा भएको छ। निर्वाचनका लागि आवश्यक पर्ने सामाग्री सहित मतदान केन्द्र तयार भइसकेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ।
बैशाख १० गते आइतबार बारा–२ मा हुने उपनिर्वाचनको लागि तीन हजार सुरक्षाकर्मीहरू परिचालन गरिएको छ।
यही वैशाख १० गते हुने उपनिर्वाचन सहज, स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त रुपमा सम्पन्न गर्न सम्बद्ध राजनीतिक दल, उम्मेदवार र उम्मेदवारका प्रतिनिधिलाई निर्वाचन आयोगले आग्रह गरेको छ।
चितवन क्षेत्र नम्बर २ मा आइतबार हुने उपनिर्वाचनको तयारी अन्तिम चरणमा पुर्याइएको छ। तयारीस्वरुप यस क्षेत्रमा रहेका मतदानस्थलमा कर्मचारी र सुरक्षाकर्मी पुगिसकेका छन्।
चितवन प्रहरीले वैशाख १० गते चितवन २ को उपनिर्वाचनका लागि सुरक्षा व्यवस्था कडा बनाएको छ। निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षाकर्मी उल्लेख्य मात्रामा परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख तथा प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।